वीरगंज–१९ बर्वागोगमा युवा जागरण कमिटी गठन
रंजित चौरसिया, वीरगंज,
वीरगंज फाल्गुन २ गते । युवा जनशक्ति समाज नेपाल पर्साद्धारा सञ्चालित युवा जागरण अभियान अन्तर्गत आईतवार वीरगंज महानगरपालिका वडा नं. १९ बर्वागोगमा वडा स्तरिया युवा जागरण कमिटी गठन भएको छ ।
बर्वागोग स्थित श्री ने.रा.आधारभुत विद्यालयको प्राङ्गणमा भएको युवाहरुको भेलाले २५ सदस्यीय युवा जागरण कमिटी गठन भएको छ । स्थानिय युवा राजिव प्रसाद चौरसियाको संयोजकत्वमा जागरण कमिटी गठन भएको हो । जस्को सह–संयोजकमा अजय साह कानु र बब्लु प्रसाद यादव, सदस्यहरुमा रामाशंकर प्रसाद चौरसिया, अकलेश प्रसाद यादव, जय कुमार यादव, ललन प्रसाद यादव, मधुसुदन चौरसिया, सागर साह तेली, निरंजन साह कानु, हरिशंकर चौरसिया, दिनेश चौरसिया, बलिराम ठाकुर, जितेन्द्र कुशवाहा, रामेश्वर चौरसिया, नजिर मियाँ लगायत रहनु भएको छ ।
स्थानिय युवा मुन्ना ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि युवा जनशक्ति समाज नेपाल पर्साका अध्यक्ष बिनेश प्रसाद कुर्मीले युवा समाज र राष्ट्रका अभिन्न अंग भएकाले सचेत भई संयमताका साथ अगाडि बढन आग्रह गर्नु भयो । युवाहरु छुटाछुटै भएर समाजको लागि काम गरिरहे पनि एकजुट भई समाजमा रहेका कुरिति, बिसंगती लगायतका कुप्रथाको विरुद्धमा लागे झनै प्रभावकारी र सफल हुने बताउनु भयो । नवनिर्मित कमिटीका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई बधाई दिदै युवाहरुको हरेक दुःख सुखमा युवा जनशक्ति समाज साथमा रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
सो अवसरमा युवा जनशक्ति समाज नेपालका उपाध्यक्ष नेहाल अहमद, सचिव जायेद हुसैन, युवा जागरण अभियानका सह–संयोजक संगित पाण्डे, अभियानका सदस्यहरु नन्दलाल ठाकुर, करण पटेल, विक्रम पटेल, रंजित चौरसिया लगायतको सहभागीता रहेको थियो । सो कार्यक्रमको सहजीकरण सदस्य अजय कुमार चौरसियाले गर्नु भएको थियो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
21 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
24 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
