+977 9854027065 | akulpdsah@gmail.com

मधेश स्वाभिमान कार्यक्रममै विरोध प्रदर्शन

3 महीना पहिले प्रकाशित

Akul Prasad Sah

117 Views

कमल साह
जनकपुरधाम,माघ ७ गते । मधेश सरकारद्वारा आयोजित ‘मधेश स्वाभिमान दिवस कार्यक्रममै जनमत पार्टीका नेता कार्यकर्ताहरुले विरोध जनाएका छन् ।
मधेश सरकारले यहांका महेन्द्र नारायण निधी मिथिला संस्कृति भवन सभाकक्षमा आयोजित कार्यक्रममा जनमत पार्टीका नेता कार्यकर्ताहरुले भ्रष्टाचार काण्डहरुको छानविन गर भन्दै विरोध प्रदर्शन गरेका छन् ।
२०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले प्रदेश सरकार स्वाभिमान दिवस मनाउन थालेको थियो ।
जनमत पार्टीका नेता कार्यकर्ताले मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल खरिद, मुख्यमन्त्री स्वच्छता अभियान, जानकी मन्दिरको सौन्दर्यीकरण लगायतका भ्रष्टाचार काण्डहरुको छानविन हुनुपर्ने माग गरेका छन् । विरोध प्रदर्शनकारीहरु प्रदेश सरकार मुर्दाबाद, भ्रष्ट मुख्यमन्त्री मुर्दाबाद लगायतका नारा लगाएका छन् ।
मुख्यमन्त्री सरोज यादवले सम्बोधन गर्दै भन्नुभयो,‘जनमत पार्टीले सरकार भ्रष्टाचार गरिरहेको आरोप लगाइरहेको छ । यदि त्यस्तो हो भने किन जनमत सरकारमा छ । सरकार छाडे भयो नी ।’
उहाँले मधेश प्रदेश सरकारले विगतदेखि गर्दै आएको कामको सही मूल्यांकन हुनु जरुरी रहेको बताउनु भयो । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम स्थापना गर्नकालागि आफ्नो भूमिकाको सवैले प्रशंसा गर्नुभएको बताउँदै उहाँले आफु मुख्यमन्त्री भएको एक बर्षमा कुन कुन कमीकमजोरी भएको हो त्यसलाई औल्यादिए आफूले करेक्सन गर्न पाउने बताउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेसका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णकुमार यादवले मधेश प्रदेशमा भौतिक संरचनामा व्यापक फड्को मारेको बिचार व्यक्त गर्नुभयो । उहाँले विगतका सरकारले एक संसदीय क्षेत्रमा ३५ किलोमिटर पक्की सडक बनाउने योजनाका लागि बजेट विनियोजन गरेको बताउँदै त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याउन लागेको बताउनु भयो ।
गृह तथा सञ्चार मन्त्रालयबाट आयोजित स्वभिमान समारोहमा मन्त्री मोहम्मद समिमले मधेश प्रदेश सरकार गठन भएको एक बर्षमै जनताले गरेको विश्वासलाई हामी पूरा गर्न तर्फ अग्रसर भएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

एकीकृत सरकारी कर्मचारी संगठन मधेश प्रदेश द्धारा भितेँप..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख १७ गते । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेश कार्यसमिति, जनक..

18 घन्टा पहिले

कविता : नदेऊ धोखा

       कविता     नदेऊ धोखा लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा जो गर्छ चोरी बैमानी ।त्यसले गर्छ क..

2 दिन पहिले

उद्योग बाणिज्य संघ हरिवनको निर्माण हुन लागेको भवनको शिल..

सन्जु कर्ण, सर्लाही, सर्लाही, बैशाख १६ गते । उद्योग बाणिज्य संघ हरिवनको निर्माण हुन लागेको भवनको (शुक्रबार) शिलान्..

4 दिन पहिले

होटल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत भेटिए

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख ११ गते । जनकपुरधाममा रहेको रामानन्दचोकको होटल होलिडे एण्ड गेष्ट हाउसमा..

8 दिन पहिले

मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृ..

8 दिन पहिले