शितलहरले मधेशको जनजीवन कस्टकर बन्दै
कमल साह
जनकपुरधाम,माघ ८ गते । पश्चिमा चिसो हावा आएको शितलहरले मधेश तराईवासीको जनजीवन कष्टकर मन्दै गएको छ ।
शितलहरको कारण बिहान र बेलुका अत्यधिक जाडो हुने गदर्छ । चिसोबाट जोगिन आगो ताप्न सबैको बुताको कुरा रहेको छैन । दिनभरिको बनिबुता गरेर बिहान बेलुका छाक टार्नेहरूका लागि यो जाडो जीवनको अप्ठ्यारो पहाड झैँ बनेको छ । किनकि उनीहरूले न त दाउरा नै पाउँछन् । नत खरिद गर्न पाईरहेका छन ।
शितलहर र बाक्लो हुस्सुका कारण ज्याला मजदुरीका लागि घरबाहिर जानुपर्नेलाई झनै सताउने गरेको छ । शितलहरसँगै बढेको चिसोले खास गरी गरिब, विपन्न, असहाय, बालबालिका र वृद्धवृद्धालाई बढी समस्या हुने गरेको छ । स्वस्थ्य र सामान्य व्यक्तिलाई पनि मधेस तराईको शितलहर र चिसोले प्रभावित बनाएको छ ।
शितलहरबाट बाँच्नको लागि बृद्धबृद्धालाई न्यानो कपडा तथा पौष्टिक खानेकुरा आवश्यक पर्छ । तर पौष्टिक खानाको अभावमा उनीहरूलाई झनै समस्या भएको छ ।
चिसोबाट जोगिन आगो ताप्नुपर्दा ध्यान पु¥याउनु पर्ने आवश्यकता हुन्छ । किनकि धुवाँले स्वास्थ्यमा पनि असर गर्ने डाक्टरहरू बताउँछन् । सरकारले ठाउँ ठाउँमा आगो बाल्न दाउरा उपलब्ध गराइदिनुपर्ने आवश्यकता रहेको छ ।
चिसोबाट प्रभावित नागरिकलाई राहत प्रदान गर्नुपर्ने विपन्न समुदायका नागरिकको गुनासो छ ।
मुलुकमा तीन तहको सरकार बनेको छ । विपद्मा परेकालाई सबैभन्दा पहिले नजिकको स्थानीय सरकारले चासो लिनुपर्ने हो । स्थानीय सरकार गठन भएपछि कमजोर आर्थिक अवस्था भएका नागरिकलाई स्थानीय सरकारले केही सहयोग नगरेको बरु धनीले नै सुविधा लिने गरेको नागरिकको गुनासो स्थानीय स्तरमा उठदै आएको छ ।
शितलहर मधेसको बर्सौँदेखिको समस्या भए पनि यसबाट जोगिने उपाय खोज्न स्थानीय सरकारले वडास्तरबाट नै योजनामा ल्याउनु पर्ने आवश्यकता रहेको भनिन्छ ।
विपद् व्यवस्थापनका लागि स्थानीय तहको सरकारले विपद् व्यवस्थापन समिति गठन गर्ने व्यवस्था रहेको छ । तर, शितलहर सुरु भएपछि कुनै कुनै पालिकाले घुर बाल्नका लागि दाउरा दिने, एक दुई दर्जन कम्बल बाँड्ने र विद्यालय विदा गर्ने परम्परा मात्रै कायम रहेको एक सचेत नागरिक बताउँछन ।
कमेन्ट गर्नुहोस्
हिमाली इंग्लिस बोर्डिङ स्कूलद्वारा ३२ औं स्थापना दिवसम..
कमल साहजनकपुरधाम,पुस २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा संचालित हिमाली इंग्लिस बोर्डिङ स्कूलले दुईदिने..
2 दिन पहिले
मंसिर २८ गते सम्पन्न निर्वाचनमा पुर्ण रूपमा धाधली भएको भ..
रश्मि पटेल, रौतहटरौतहट, पुस २१ गते । उच्च अदालत जनकपुरधाम, अस्थाई बिरगंज अदालतले केन्द्र, प्रदेश र जिल्ला शाखाको न..
2 दिन पहिले
जनकपुरधामको नगर परिक्रमा सडकभित्र मांसमदिरा रोक्न मुख्..
कमल साहजनकपुरधाम, पुस १९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसम..
5 दिन पहिले
गणतान्त्रिक संविधानका संशोधन गर्न संचारकर्मीहरु सुझाब ..
कमल साह जनकपुरधाम,पुस २० गते । मुलुकमा आएको लोकतन्त्र,गणतन्त्र तथा संघीयताका लागि संचारकर्मी र राजनीतिकर्मी स..
5 दिन पहिले
संयुक्त र्टेड युनियनको बैठकद्धारा प्रस्ताबित अध्याधेश ..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, पुस १७ गते । संयुक्त र्टेड युनियनको बैठकद्धारा प्रस्ताबित अध्याधेश दुई दिनभि..
8 दिन पहिले