+977 9854027065 | akulpdsah@gmail.com

मन्त्री श्रेष्ठले गरे पुलको शिलान्यस

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

690 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ ९ गते । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताका अभिलाषा र लक्ष्य भनेकै विकाश सम्वृद्धि रहेको बताएका छन् ।
लालबन्दी नगरपालिका अन्तर्गत वडानम्बर ११ हिरापुर र वडानम्बर १२ जियाजोर डाप्कालीटोल जोड्ने लखन्देही खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै बिकास निर्माणको काममा सबैले सहयोग गरे नेपाली जनताले चाहेको बिकास र सम्बृद्धि चाँडै पुरा हुने बताएका हुन् ।
उनले पुल निर्माणको काम हामी सबैको कार्यभार रहेकोले यस क्षेत्रका जनताले सहयोग गर्नु पर्ने बताए । हरेक विकास निर्माणको काममा जनताको खवरदारी सहित सहयोग गर्न समेत अपिल गरेका छन् ।


अर्को प्रसंगमा उनले ३० लाख नेपाली यूवा अध्यक्ष कामदारको रुपमा विदेशी भुमीमा पसिना बगाइरहेका छन् । आमा बुवा छोराछोरी आफन्त संगै बस्ने वातावरण बनाउन सरकारले निति ल्याउने तयारी गरिरहेको समेत बताए ।
साढे तीन बर्षमा निर्माण सम्पन्न गर्ने गरी चार ४ सय ८५ मिटर लम्बाइ रहेको उक्त पुल ७७ करोड अठतर लाखको लागतमा निर्माण हुन लागको लालबन्दी नगरपालिकाले जनाएको छ ।
पुल निर्माण भएपछि बर्षेनी बाढीका कारण खोला आरपार गर्न नसकी धेरै सर्वसाधारणले ज्यान गुमाउनु परेको लालबन्दी १२ का वडाध्यक्ष दुर्गाबहादुर आलेले बताएका छन् ।


पुल बने पछि आउजाउ गर्न सहजहुने बताए । कार्यक्रममा खानेपानी मन्त्री महेन्द्र रायको समेत उपस्थिती रहेको थियो । मन्त्री श्रेष्ठले सर्लाही सदरमुकामा निर्माण भएको सर्लाही कारागारको उद्घाटन र हरिवनमा सञ्चालन भएर्को दोस्रो डेरी कृषि अनुसन्धान उत्पादन तथा कृषि औजार प्रदर्शनी’ मेलाको समेत अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

9 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

20 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले