+977 9854027065 | akulpdsah@gmail.com

नेपाल परिवार नियोजनको घुम्ती शिविर सिरहामा संचालन

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1820 Views

कमल साह
जनकपुरधाम, फागुन ४ गते । नेपाल परिवार नियोजन संघ धनुषा ले स्थायी बन्ध्याकरण शिविर यसपाली सिरहा जिल्लामा संचालन गर्दैछ ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाले स्थायी बन्ध्याकरण संचालन गरिदिनको लागि अनुरोध गर्दा सिरहामा शिविर संचालन भईरहेको छ ।
नेपाल परिवार नियोजन संघ ले जिल्ला बहिर शिविर संचालन गरेको यो पहिलो अवसर रहेको छ । स्वास्थ्य कार्यालय धनुषाले स्थायी बन्ध्याकरण क्याम्प चलाउनको लागि सहयोग नगरेको हुनाले बाहिर जिल्लामा सेवा दिन गएको छ ।
परिवार नियोजन संघ धनुषाले सिरहामा माघ ८ गतेदेखि घुम्ती शिविर संचालन गर्दै आएको छ । सो शिविरमा फागुन २ गतेसम्म ५ सय ७८ जनाले सेवा लिईसकेको शाखा प्रमुख मुरारी प्रसाद उपाध्यायले जानकारी गराउनु भयो ।
उहाँले माघ ८ गतेदेखि आरम्भ भएको स्थायी बन्ध्याकराण शिविर फागुन १० गतेसम्म चल्नेछ । शिविर सिरहा नगर पालिकाको भलुवाहीबाट आरम्भ भएको थियो । र समापन लहान नगरपालिकाको लहान अस्पतालबाट हुने परिवार नियोजन संघ का कार्यलय प्रमुख उपाध्यायले बताउनु भयो ।
उहाँले जानकारी गराएको रोचक पक्ष के छ भने फागुन २ गतेसम्म संचालन भएको स्थायी बन्ध्याकरण शिविरमा एकजना पनि पुरुष पुगेका छैनन् । बध्याकरण गराउने सबै महिलाहरु नै रहेकी छन ।
परिवार नियोजन संघ ले संचालन गरेको घुम्ती शिविरमा महिला र पुरुष दुबै वर्गले स्थायी बन्ध्याकरण गराउन सकिने व्यवस्था गराएको छ ।
स्थायी बन्ध्याकरण शिविर टोलीको नेतृत्व डा.दिपेन्द्र कुमार गोहिवार ले गरिरहनु भएको छ । उहाँको नेतृत्वमा ५ जना कर्मचारी खटिएका छन ।
सन्तानको रहर पुगेका महिलाहरु घुम्ती शिविरमा स्थायी बन्ध्याकरण गराउदा प्रत्येकलाई ३ सय र शिविरमा लग्नेलाई एक सय रुपियाँको दरले प्रदान गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

3 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

23 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले