आमसञ्चार प्राधिकरणको बजेट कटौति गरिएको मा मधेश सरकारको आलोचना
कमल साह
जनकपुरधाम,माघ २४ गते । आमसञ्चार प्राधिकरणको बजेट कटौति मधेश सरकार गरिदिएको विरोधमा सर्वत्र आलोचना हुन थालेका छन ।
नेपाल प्रकाशक महासंघ जनकपुरधाम को प्रथम साधारण सभा उद्घाटन सत्रमा मधेश सरकारबाट स्थापित आमसंचार प्राधिकरणको बजेट कटौति गरेर मधेशका पत्रपत्रिकाको विकास रोक्ने योजना बनाएको वक्ताहरुले भन्दै सरकारको व्यापक आलोचना गरियो ।
प्रकाशक महासंघको साधारण सभामा आमसंचार प्रधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले यस आर्थिक वर्षमा प्राधिकारणका लागि २५ लाख मात्र रुपियाँ बिनियोजन भएको बताउँदै सो रकम हालसम्म निकासा हुन नसकेको जानकारी गराउनु भयो ।
उहाँले यो भन्दा अघिका वर्षहरुमा मधेश सरकारले डेढ करोडको वार्षिक बजेट प्रदान गर्दै आएकोलाई कटौति गरेर २५ लाखमा झारिएको दुःख कुरा हो थप्नुभयो ।
संचार प्राधिकरणले कर्मचारीको कमिलाई झेल्दै आएको दुःखद कुरा बताउँदै सकेसम्म मधेशका मिडीयालाई सवल र सक्षम बनाउन गर्दै अएको प्रयासमा पानी हाल्ने काम बजेट कट्टाले भएको स्पष्ट रुपमा बताउनु भयो ।
यहाँका ऐतिहासिक सरोवर चुँचवती सरोवर (नोचा पोखरी) मा आयोजित साधारण सभामा वक्ताहरुले नेपालको गणतान्त्रिक संविधानमा संघीयता लेखाउने को श्रेय मधेशी दलहरुको जान्छ भेन त्यस संघीयताको आन्दोलनलाई जनजन समक्ष पु¥याउने कार्य यहाँका स्थानीय मिडीयाहरुले गरेको हो । यो कुरा मधेश सरकारले किन विर्सि रहेको हो मिडीयाकर्मीहरुले उत्तेजित हुँदै बिचार राख्नुभयो ।
सो समारोहमा मिडीया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, वरिष्ठ पत्रकार विष्णुमणि खनाल, प्रेस स्वतन्त्रता सेनानी द्वय अशोक रौनियार, रामभरत साह, नेपाल पत्रकार महासंघ धनुषाका सचिव बटुकनाथ झा, प्रेस सेन्टर नेपालका अध्यक्ष किरण कर्ण,समावादी प्रेस संगठनका अध्यक्ष अकुर साह, प्रेस युनियनका अध्यक्ष राजन सिंह लगायतले शुभकामना मन्तव्य राख्नु भयो ।
प्रकाशक महासंघका अध्यक्ष शंकर साह को अध्यक्षतामा आयोजित उद्घाटन समारोहको उद्घोषण महासचिव उपेन्द्र भगत नागवंशी ले गर्नुभयो भने १० महिनाको आय व्यय कोषाध्यक्ष धर्मराज मण्डलले प्रस्तुत गर्नुभयो ।
सो साधारण सभामा नेपाल प्रकाशक महासंघको स्थापना दिवस अवसरमा ‘वरिष्ठ पत्रकार कर्मवीर राजेश्वर नेपाली पुस्कार’ एकजना पत्रकारलाई सम्मानित गर्ने घोषणा गरियो ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
9 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
20 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
