प्रहरीले खोले कवाडको लाइन, इनर्वा हुँदै निर्वाध रूपले कवाड तस्करी
रंजित चौरसिया, वीरगंज,
वीरगंज फाल्गुन ४ गते । आर्थिक राजधानीको रूपमा मानिएको बिरगंज नाकाबाट दिनानुदिन तस्करी कार्यमा तिब्रता बढेपनी नेपाल प्रहरी र सशस्त्र प्रहरी मुखदर्शक बनेको छ । बिरगंज भन्सार लगायत इनर्वा गाउँ हुँदै प्रती दिन कबाडको तस्करी तिब्र रूपले बढेपनी इमन्दार भनाउदाहरू अहिले मुखदर्शक बन्न पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले दर्जनौ प्रहरीलाइ सादा पोशाकमा परिचालन गरेपनी मात्र आर्थिक सन्कलनमा लागेको कारण निर्वाध रूपले तस्करीको कार्य सन्चालन भएको स्थानीयहरूले बताएका छन । इनर्वा गाउँ हुँदै रातीको समयमा करीब २ सय भन्दा बढी ठेलाको माध्यमले कवाड भारत पुग्ने गरेको बताए । उहाले रातभरी निर्वाध रूपले तस्करीको कार्य हुदा हो(हल्लाका कारण सुत्न समेत नसक्ने बताउनु भयो । तस्करी समयमा प्रहरी गस्तीको नामले खटेपनी मात्र रकम उठाउन गरेको आरोप स्थानीयहरूको रहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिने क्राइम टोलिले आफ्नो वर्दीको आडमा कमाइ खाने भाडो बनाएका छन । शान्ती सुरक्षाको नाममा खटिने प्रहरीहरू हालको समयमा सीमालाई कमाइ खाने भाडो बनाएको छर्लङ्ग समेत भइसकेको छ । केही बिचौलिया र केही तस्कर संगठनका मुख्य नाइकेहरू सङ्ग मासिक करीब ३० लाख रूपैया आर्थिक संकलन गरेको प्रहरी श्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट क्राइम टोलिको नाममा खटिएका प्रहरी जवान लालबाबु साहले प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको आग्मन सङ्गै करीब ३० लाख रूपैया तस्कर संगठनहरू सङ्ग उठाएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम टोलिले प्रहरी उपरीक्षक बेल बहादुर पान्डे लगायत प्रहरी नायब उपरीक्षक र क्राइम टोलिको नाममा समेत लाखौ रूपैया सन्कलन गरेको एक जना तस्करले आफ्नो नाम नछाप्ने सर्तमा बताएका छन । उनका अनुसार प्रहरी जवान लालबाबु साहले आर्थिक संकलन गरे पश्चात् सम्बन्धीत चौकीहरूमा खबर गर्ने गरेको र त्यस पश्चात् तस्करीको लाइन सुचारू हुने गरेको आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा बताएका छन ।
पर्साको ग्रामिण भेगहरूको साथै बिरगंजको इनर्वा नाका हुँदै तस्करी सुचारू भएपनी क्राइम टोलि मौन बस्नुले आर्थिक संकलनको बिषयमा प्रष्ट भएको छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डे सङ्ग बुझन खोज्दा यस बिषयमा केही कुरै नगरी फोन काटेका थिए ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
21 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
24 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
