+977 9854027065 | akulpdsah@gmail.com

औरही नगरपालिकामा ३० दलित परिवारकालागि का लागि शिलान्यास कार्यक्रम सम्पन्न

2 महीना पहिले प्रकाशित

Akul Prasad Sah

244 Views

कमल साह
जनकपुरधाम,माघ २६ गते । औरही नगरपालिका– २ चेपकट गाउँका बिपन्न दलित परिवारका लागि ३० वटा घर निर्माण हुने भएको छ । उनिहरु अब टहराबाट पक्की घरमा प्रवेश गर्नेछन ।
औरहीका नगरप्रमुख प्रदिप कुमार खड्काले सोमबार एक समारोह बिच शिलान्यास कार्यक्रम गर्नुभयो ।
मेयर खडकाले दलित घरपरिवारको लागि दलित आवास शिलान्यास कार्यक्रममा भन्नुभयो, ‘विपन्नहरुलाई राम्रो वासस्थान नभएर दुःख भोग्नु परेको हुँदा आवास निर्माण गरिने कार्यक्रम ल्याएको बताउनु भयो । उहाँले हाल नगरपालिकाले दलित आवास कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेर आवस निर्माणको कार्य शुरूवात गरिएको बताउनुभयो । उहाँले अगाडी थप्नुभयो,अरु बाँकी रहेको लक्षित परिवारका लागि पनि नगरपालिकाले सहयोग गर्नेछ ।
नगर प्रमुख खड्काले जनताको जीवनस्तर उकास्नको लागि अगामी दिनहरुमा पनि यस प्रकारका कार्यहरु गर्ने बताउनु भयो ।
शिलान्यास कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र लाल कार्ण ले आ.ब २०८०÷२०८१ को बजेटमा बिपन्न दलित परिवारका अवासको लागि २ करोडको लगातमा ३० वटा घर निर्माण हुने बताउनु भयो ।
औरही नगरपालिका २ का वडा अध्यक्ष दरेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा औरही नगरपालिकाका ईन्जिनियर सन्तोष यादव लगायतकाले मन्तव्य राख्नु भयो ।
घर निर्माण शिलान्यस कार्यक्रममा औरही नगरपालिकाका वडा नं. २ चेपकटका सदस्यहरुले नगरपालिकाले गरिव जनताको आवास निर्माणमा सहयोग गर्न आएकोमा धन्यवाद दिएका छन् । सो कार्यक्रममा स्थानीय राजनीतिकर्मी तथा नागरिकहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

छुरा प्रहार गरि प्रीन्स महासेठको हत्या

निरंजन साह, जनकपुरधामजनकपुरधाम, चैत्र २६ गते । जनकपुरमा छुरा प्रहार गरि एक युवकको हत्या भएको छ । सोमबार दिउँसो जन..

5 दिन पहिले

धनुषा निर्माण व्यवसायी संघमा पुनःचौधरी निर्वाचित

कमल साहजनकपुरधाम, चैत २६ गते । धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः अशोक चौधरी निर्वाचित भएका छन् । जनकपु..

5 दिन पहिले

अधिकृत श्रीवास्तवको भ्रष्टाचार आगो जस्तै फैलिदै, जनप्र..

रंजित चौरसिया, वीरगंज, वीरगंज चैत्र २६ गते । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीव..

5 दिन पहिले

नेसेन्ट एजुकेशनका सञ्चालक रंजित पडितको ठगी धन्दाले विद..

रंजित चौरसिया, वीरगंज, वीरगंज चैत्र २६ गते । वीरगंज महानगरपालिका घण्टाघरको लिंकरोडमा अवस्थित नेसेन्ट एजुकेशन फा..

5 दिन पहिले

महावीर युवा कमिटी ले चैती दशैं व्यवस्थित पर्न दिपक गुप्त..

कमल साहजनकपुरधाम, चैत २० गते । महावीर युवा कमिटी ले चैती दशैं व्यवस्थित रुपमा बनाउन कमिटीका का.का.सदस्य दिपक गुप्त..

10 दिन पहिले