+977 9854027065 | akulpdsah@gmail.com

बेलाकुटीको त्रिचालिसवटा कित्ता जग्गा अतिक्रमण भएको वडाध्यक्ष साह को ठहर बेलाकुटीको जमिन लोप गराउनमा गुठीका हाकिमहरु नै दोषी

16 दिन पहिले प्रकाशित

Akul Prasad Sah

318 Views

कमल साह
जनकपुरधाम,वैशाख १ गते । रामजानकी दुलहा भगवान बेलाकुटीको ४३ कित्ता जमिन अतिक्रमण भएको तथ्याँक चैत्र २८ गते सार्वजनिक भएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जनकपुरधाम आउनु भएको क्रममा जनकपुरधाम उपमहानगर पालिका वडा नं.२३ का वडा अध्यक्ष राघवेन्द्र साहले सार्वजनिक,एलानी,पर्ति र गुठीका जग्गाहरु संरक्षण गर्नुपर्ने आवश्यकता रहेको जानकारी गारउनु भयो । वडा अध्यक्ष साहले सो क्रममा बताउनु भयो,‘ जिप्रका धनुषामा मिति २०८०÷११÷२२ गते दर्ता गराइएको जग्गाहरु मध्यो ४३ वाट कित्ता वेला कुट्टीको जग्गा अतिक्रमण भएको छ । ’
उपप्रधान एवं गृहमंत्री लामेछाने लाई वडा अध्यक्ष राघवेन्द्र साह ले बेलाकुटीको जग्गा अतिक्रमकारीहरुद्वारा वडा कार्यालय र वडाध्यक्षमाथि उच्च अदालमा दर्ता गराएका मद्दाको कागजातहरु हस्तान्तरण गर्दै भन्नुभयो, सार्वजनिक जग्गाहरु संरक्षण गर्नको लागि वडा भित्र रहेका विचौलियाहरुमाथि कार्यवाही चलाउन समेत आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने यथासिघ्र पहल गर्ने वताउनु भयो । उहाँ प्रदेश स्तरीय सुरक्षा गोष्ठी मा सहभागी हुनको लागि आईपुग्नु भएको थियो । सो कार्यक्रम मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा आयोजना भएको थियो ।
पहिला नीजिरुपमा संचालित बेला कुटी को उत्तराधिकारी धनेश्वर दास बैष्णवको मृत्यु पश्चात् गुठी संस्थान जनकपुर शाखाले हात हाल्न पुगेको छ ।
तर, गुठी संस्थान ले बेला कुटीको जमिनलाई दिनानुदिन लोप गर्न लगाएको स्थानियहरुले आरोप लगाउँदै छन ।
नेपाली काँग्रेस जनकपुरधाम उपमहानगर पालिका – २३ वडा कमिटीका पूर्व अध्यक्ष केवल शर्मा भन्छन, ‘गुठी संस्थानका केही भ्रष्ट कर्मचारीहरु ले नै बेला कुटीको श्रीसम्पति बिनास भएको छ ।’
वार्षिक झण्डै एक करोड रुपियाँ रामजानकी दुलहा वस पार्क वापत मनखप गुठी कोषमा जम्मा हुँदै आएको उहाँले बताउनु भयो । तर, मन्दिरको विकासमा गुठी कर्यालयको कुनै देन नभएको उहाँले थप्नुभयो ।
साबिक बिन्धी गाउँ पालिका वार्ड नं. २ अन्तर्गत रहेको बेला कुटी हाल जनकपुरधाम उप महानगरपालिका २३ अन्तर्गत रहेको छ ।
जनकपुरधाम उपमहानगर पालिका वार्ड नं. २३ का वडा अध्यक्ष राघवेन्द्र साह ले बताउनु भयो,‘हाम्रा बाबा बाजेको श्रीसम्पति जफ्त गरेर बेलाकुटी लाई व्यवस्थित गरिएको इतिहास मकवानी राजा संग जोडिएको रहेछ ।’ त्यसलाई संरक्षित गर्न गाउवासी समेत सक्रिय भई अगाडी बढदा गुठी ले सहयोग नगरोको आरोप उहाँ लगाउनु हुन्छ ।
उहाँले मठ मन्दिर जमिन संरक्षण गर्ने दायित्व बोकेको गुठी का हाकिमहरुको मिलिभगतकै कारण मठहरु भुमिहिन भएको तर्क पनि आएको छ । बेला कुटीको लगभग सात विगहा जमिन लोप गराउन गुठीले पाईला अगाडी बढाएको देखिन्छ ।
वि.सं. १९८२ सालमा बेला गाउँका बासिन्दाहरुको जग्गा जफ्तगरेर बेलाकुटीमा १५ विगहा जमिन प्रदान गरिएको थियो तत्कालिन सरकारले । तर, गुठी कार्यालयले बेलाकुटी को नाउमा रहेको जमिनमा बसेको अबैध धनेश्वर टोलबासिहरुलाई बोलाएर बैठक गरियो । गुठीका तत्कालिन हाकिमले उनिहरुलाई लालपूर्जा बनाउनमा सहजता को लागि २०७१ असोज २४ मा बैठक गरेको थियो ।
त्यसको केहिदिन अघि बोलकुटीमा आयोजित बैठकमा धनुषा जिल्ला का एस.पी शेखर खनाल, नेपाल गुठी संस्थान शाखा कार्यालय जनकपुरधामका निमित कार्यालय प्रमुख रबिन्द्र चौधरी, जनकपुरअञ्चल बस व्यवसायसंघका अध्यक्ष मनोज कुमार चौधरी को उपस्थिति रहेको थियो । करिब ४० जना स्थानीय सहभागितामा भएको बैठकमा बेला गाउँवासीलाई बोलाइएको थिएन । तर, बेलागाउँबासीले बेलाकुटी अतिक्रमण मुक्त हेर्न चाहन्छन , सायद त्यसै कारण उनिहरुलाई बैठकमा गुठीले बोलाएनन् ।
त्यहाँका बसिन्दाको भावना विपरित बेलागाउवासी रहेको ले उनिहरुलाई बैठकमा बोलाएको थिएन ।
गुठी कार्यालयले गाउँबासीलाई नसोधिकन आयोजित बैठकबाट सात सदस्यी बेला कुटी संरक्षण समिति गठन भएको थियो । सो संरक्षण समिति मुरली मनोह मिश्र को अध्यक्षतामा गठन भएको थियो । जो मन्दिरका जमिन अतिक्रमण मुक्त गराउनमा सहायक हुनसकेनन् । तत्कालिन महंथ रामएकवाल दास वैष्णव वरु दिनानुदिन मौखिक रुपमा जमिन बेचबिखन गर्नथालेको थियो स्थानियबासी बताउँछन ।
त्यस बैठकमा के के निर्णय भयो
बैठकले गरेको निर्णय अनुसार आ–आफ्नो कानुनी हैसियत भएको कागजात १५ दिनभित्र मुरली मनोहर मिश्र समेतका गठित सात सदस्यीय संरक्षण एव अनुगमन समिति मार्फत स्थानीय अधिकारीलाई बुझाउने निर्णय भएको छ ।
क) बेलाकुटी अधिनस्त जग्गाको गैरकानुनी रुपमा खरिद–बिक्री नगरेको वा बसोबास नगरेको वा बिचौलिया नरहेको वा अपराधी नरहेको ।ं
२. यदि बिनाकुनै कानुनी आधारित भौतिक सरचना निर्माण गरेको भए श्री रामजानकी दुलहा भगवान मन्दिर अर्थात बेला कुटीलाई दान उपदान स्वरुप चढाइ दिनुपर्ने ।
३. दान उपदान नगर्ने मन भए १५दिन भित्र आ–आफ्नो निर्माण गरेको सो भौतिक सरचना हटाई अतिक्रमणमुक्त गरि बेलाकुटीलाई संरक्षण–सम्बर्द्धन–एवं–प्रबर्धन) कार्यमा सहयोग गरिदिने ।
४. उपरोक्त उल्लेखित एंव निर्देशित कुरा बिपरित कानुनलाई अटेर गर्ने उपर कानुन बमोजिमको कारवाही स्वरुप अतिक्रमण हटाउदा लाग्ने डिजल खर्च समेत अन्य जरिवाना सहित कानुनी कामकारबाही गरिने उल्लेख गरिएको छ ।
साबिक बिन्धी गाविस वडा नं. २ स्थित रहेको रामजानकी दुलहा भगवान बेला कुटी जग्गा गोलमाल गर्नमा गुठी र उनपाका कर्मचारीहरुको मिलिभगतमा अमानतका जग्गाहरु व्यक्तिको नाउमा चढाईने कार्यहरु गर्न थालेको बिरुद्धमा अख्तियारदुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासमा पनि पठाएको थियो ।
जउनपाका वडा नं.२३ मा रहेको बेला कुटीको अति बहुमुल्य जग्गालाई गोलमाल गर्नमा गुठी कार्यालय जनकपुरले गरेको पहिला सूचनाले सघाएको तर्क गाउँवासी राख्नु हुन्छ । गुठीले त्यस सूचनामा २०४६ सालसम्म गुठीको जग्गामा बसोबास गरेको प्रमाण ल्याएमा निजको नाउमा स्वामित्य कायम गर्ने भनि विज्ञापन गरेर अनैतिक काम गर्नेलाई सघाएको छ । गुठी को रक्षक नै रुपियाँको लोभमा भक्षक भयो भने अन्य कसैले गुठीको सम्पति जोगाउन सकिन्छर ?
गुठी कार्यालय प्रमुखमा राजबाबु पाण्डे करारका गुठी प्रमुख पद सम्हाले पछि गुठी अधिनका जग्गाहरुको लुटम लुट भएको छ ।
तत्कालिन गुठी प्रमुख पाण्डेले भनेका थिए,‘अमानत गुठी अन्तर्गत संचालित बेला कुटीका महंथ धनेश्वर दास वैष्णबको उत्तराधिकारी रामएकवाल दास उर्फ विषखोडा ले मठको जग्गा अन्धिकृत रुपमा विक्री गरेको छ । उनले मन्दिरको जमिन विक्री गरेको ले गुठी कार्यालयले महंथ पद खोस्न लगाईयो ।
तर, विषखोपडाले मंदिरको जग्गाहरु अन्धिकृतरुपमा बेच बिखन गरे पनि उनमाथि देवानी मुद्दा चलाउन गुठीले कुनै पहल गरेन । जस्ले गर्दा विषखोपडाले मन्दिरको महंथ हो भन्दै जग्गा विक्री गरेको थियो ।
गुठी जमिनमा बसपार्क आएदेखि बेला कुटीको जग्गा बहुमुल्य भएको देखेर जनकपुरधाममा बसोबास गर्नेहरु त्यसतर्फ आकर्षित हुँदै आएका छन । त्यो बेला प्रति धुर चार लाखको दरले विक्री हुने जमिन प्रति कठ्ठा २ लाख लिएर स्वघोषित महंथ राम एकवाल दास ले विक्री गरेको थियो । गुठी कार्यालय प्रमुख मनोज शर्मा ले उनलाई सघाएको स्थानिय बासिन्दा बताउँ छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

उद्योग बाणिज्य संघ हरिवनको निर्माण हुन लागेको भवनको शिल..

सन्जु कर्ण, सर्लाही, सर्लाही, बैशाख १६ गते । उद्योग बाणिज्य संघ हरिवनको निर्माण हुन लागेको भवनको (शुक्रबार) शिलान्..

2 दिन पहिले

होटल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत भेटिए

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख ११ गते । जनकपुरधाममा रहेको रामानन्दचोकको होटल होलिडे एण्ड गेष्ट हाउसमा..

6 दिन पहिले

मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृ..

6 दिन पहिले

कमिशनको मातमा रहेका प्रमुख महतो खुशीको जिवन बिताउनमा मस..

रंजित चौरसिया, वीरगंज ८ बैशाख । पर्सा जिल्लाको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिका भ्रष्टाचारजन्य..

9 दिन पहिले

कविता : स्वार्थ व्यवहार

       कविता स्वार्थ व्यवहार लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     सोचु सोचु बाबु भैया बरहु अ..

16 दिन पहिले