+977 9854027065 | akulpdsah@gmail.com

एकीकृत सरकारी कर्मचारी संगठन मधेश प्रदेश द्धारा भितेँपात्रो बिमोचन

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

633 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, बैशाख १७ गते । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेश कार्यसमिति, जनकपुरधाम (पेशागत महासंघ, नेपालसँग आबद्ध सरकारी कर्मचारीहरुको राष्ट्रियस्तरको ट्रेड युनियन) द्धारा प्रकाशित २०८१ सालको भित्तेपात्रो (क्यालेण्डर ) विमोचन साथै नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा मधेस प्रदेशकी नव श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली लाई एकीकृत सरकारी कर्मचारी संगठन, मधेश प्रदेश कार्यसमिति द्धारा बधाई कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेका थिए ।


एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल का केन्द्रीय कार्यबाहक अध्यक्ष शरण कुमार गुरुङ्ग ले यस संगठको बिकास ब्रद्धी र कर्मचारीहरुको हकहितको लागी सधै त्तपर रहने छु । एकीकृत सरकारी कर्मचारीहरुको लागी बिकास र संरक्षरण सधै गर्ने छु ।


कार्यक्रमका प्रमुख अतिथी नेकपा एकीकृत समाजवादी का स्थायी कमिटी सदस्य एवं प्रदेश मामिला सभापति रत्नेश्वर लाल गोईत यादवले देश गतिशील हुनमा कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको हुनाले राष्ट्र र जनताको पक्षमा आफ्ना इमान्दार दैनिक कार्यसम्पादन गर्नुपर्ने कुरामा जोड् दिदै कर्मचारीको पिर मर्का बुझेको व्यक्ती हु कर्मचारीको हकहितमा मेरो साथ र सहयोग रहने बताएका थिए । प्रमुख अतिथि यादवले हक अधिकार तथा संरक्षणमा एकतावद्ध भएर सांगठनिक रुपमा अगाडि बढ्नु पर्ने सुझाव दिएका थिए ।


मधेस प्रदेशकी श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीले छरिएर रहेका कर्मचारीलाई एकताबद्ध गर्दै संगठन विस्तार गर्नुपर्ने बताउँदै समृद्ध समाज निर्माण गर्न एकताबद्ध प्रयास हुनेपर्ने कुरामा जोड् दिइन् ।
एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेश अध्यक्ष तुलाकृष्ण गोईत यादवको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत सरकारी कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल केन्द्रिय सचिप प्रतीक तामाङ्ग, कर्णाली प्रदेश अध्यक्ष सोमलाल तिवारी,एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेशका महासचिव सुरेश कुमार रोहिता ले स्वागत तथा मन्तवय लगायतले आ–आफनो मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा ने.क.पा. एकीकृत समाजबादी पार्टीका अतिथी सहदेब मुखिया, सत्यनारायण यादब, दिवाकन झा, जयनाथ साह, सङिहेश्वर यादब र एकिकृत सरकारी कर्मचारी संगठनका मधेश प्रदेश का जित नारायण यादब , रन्जीत सिंह, चन्द्रभुषण यादब, नबनित कुमार झा, रिंकु जस्वाल,ध्रमेन्द्र कुमार झा, भविशय झा, अनिता महतो, कोसिला मण्डल, केन्द्रीय सदस्य भोज राज गिरी लगायत सो कार्यक्रममा २५० भन्दा बढी बिभिन्न जिल्लाबाट एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल बाट उपस्थिती भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

6 दिन पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

6 दिन पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

17 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

18 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

18 दिन पहिले