गौशालामा नवनिर्मित मगर संग्रहालयको उदघाटन
धनवीर महतो
गौशाला, फागुन ७ गते । भाषा संरक्षणका लागि नगरपालिकाले अगामी शैक्षिक सत्रमा ऐच्छिक विषयको पठनपाठन विद्यालयमा गराईने नगरप्रमुख शिवनाथ महतोले बताउनुभएको छ ।
शुक्रवार महोत्तरीको गौशालामा नवनिर्मित मगर संग्रहालय भवनको उदघाटन गर्नुहुँदै नगरप्रमुख महतोले हरेक समुदायका वोलिने भाषालाई पाठयपुस्तकको रुपमा विद्यालयमा लागु गरिने जनाउनुभएको छ । हरेक समुदायसँग सहमति र सहकार्य गर्दै नगरपालिकाको कार्यालयले विद्यालयमा ऐच्छिक विषयवस्तुको रुपमा पठनपाठन गराईने तयारी अनुरुप एक चरणको क्रियाकलाप सम्पन्न भएकोले अगामी दिनमा पुनः यस विषयवस्तुउपर छलफल गरिने नगरप्रमुख महतोले धारणा राख्नुभयो । एक अर्को प्रसंगमा नगरप्रमुख महतोले नगरपालिकाको सहयोगमा निर्मित मगर संग्रहालयमा आवश्यक सामग्री राखि प्रदेश नं. २ मै नमुना संग्रहालयको रुपमा स्थापित गर्नका लागि नेपाल मगर संघलाई आग्रह गर्नुभएको हो । नगरपालिकाले यस आर्थिक बर्षभित्रमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा नमुना कार्यको थालिनी गरिने नगरप्रमुख महतोले प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रमकाबीच नेपाल मगर संघका केन्द्रिय सदस्य एवम प्रदेश ईन्चार्ज लेखराम जर्घा मगरले जातिय गणनाको अधारमा समानुपातिक एवम समावेशीकरणको पद्धति लागु गर्नका लागि सरोकारवाल निकायसमक्ष आग्रह गर्नुभएको हो । गाँउमा जातिय नाईके नहुँदा मगर समुदायहरु एकीकृत हुन नसकेको संघका प्रदेश अध्यक्ष यम वहादुर खपांगीले धारणा राख्नुभयो । समुदायले क्रमिक रुपमा भाषा विर्सिदा मगर संस्कृति र परम्परा धराप पर्न सक्ने भएकोले यसतर्फ सचेत रहनकालागि जातियसँग सरोकार राख्ने व्यक्तिलाई अनुरोध गर्नुंभएको हो ।
गौशाला नगरपालिकाको कार्यालयले उपलब्ध गराएको १० लाख र २८ हजार ९७७ रकम बराबरको जनश्रमदानमार्फत सो भवन निर्माण भएको मगर संघका जिल्ला अध्यक्ष गणेश वहादुर आलेले जानकारी दिनुभयो । सो भवन निर्माणका लागि स्थानिय श्याममाया थापा मगरले डेढ कटठा जग्गा निःशुल्क रुपमा प्रदान गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
21 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
24 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
