एमाले सर्लाहीको अध्यक्षमा साह निर्वाचित, अन्य पदाधिकारीमा पनि साह प्यानलकै बिजयी

संजु कर्ण, जेठ ४ गते । नेकपा एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह निर्वाचित भएको छ । निकटतम प्रतिस्पर्धी गणेशप्रसाद प्रसाईलाई १२ मतको झिनो अन्तरले पराजित गर्दै साह अध्यक्षमा चुनिएको हो ।
साह २८० मतसहित अध्यक्षमा निर्वाचित हुँदा प्रसाईले २६८ मत प्राप्त गरेको छ । अध्यक्षका अर्का उम्मेदवार जयप्रकाश यादवले भने २० मत प्राप्त गरेको छ । नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएपछि तत्कालिन जिल्ला अध्यक्ष रेवती पन्त त्यसबेला समाजवादीतर्फ लागेपछि साह एमालेको जिल्ला अध्यक्षमा मनोनित भएको थियो । अहिले नवौंऔँ जिल्ला अधिवेशनबाट साह नै अध्यक्षमा निर्वाचित भएको छ । त्यस्तै उपाध्यक्ष, सचिव र दुई जना उपसचिवमा पनि साह प्यानलकै नेता बिजयी भएका छन् ।
उपाध्यक्षमा २६२ मत प्राप्त गरी विदुरकुमार प्याकुरेल निर्वाचित भएको छ । प्याकुरेलका प्रतिस्पर्धी पार्वती विश्वकर्माले १७१ र प्रकाश थापाले १२१ मत प्राप्त गरेको छ । सचिवमा १७७ मतसहित डिल्लीप्रसाद अधिकारी निर्वाचित हुँदा उनका प्रतिस्पर्धीहरु बलराम पोखरेलले १३९, सुनील श्रेष्ठले १३१ र चूडामणि वाग्लेले ८६ मत प्राप्त गरेको छ । उपसचिव खुल्लामा बलराम यस्माली मगर २१७ मत प्राप्त गरी निर्वाचित भएको छ । यस्मालीका प्रतिस्पर्धीहरु मोहन भण्डारीले १०२, अजयकुमार सिंहले १०१, सन्तोष आचार्यले ७१, लक्ष्मण साह कलवारले १८ र सन्जीव कुमार सिंहले १७ मत प्राप्त गरेको छ । उपसचिव महिलातर्फ पाँच मतको अन्तरले विभा नेपाल निर्वाचित भएकी छन् । नेपाल २६३ मतका साथ महिला उपसचिवमा निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी एकावतीदेवी चौधरीले २५८ मत प्राप्त गरेकी छन् ।
कमेन्ट गर्नुहोस्

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..
रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..
20 दिन पहिले
पत्रकार रजकको हत्या विरोधमा रैली
कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..
24 दिन पहिले
हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी
कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..
24 दिन पहिले
सेतो अण्डा ९६ क्यारेट नष्ट
मिथिला जागरण समाचारदाताजनकपुरधाम, चैत्र १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्र..
26 दिन पहिले
कानु समाज नेपालको जनकपुर नगर कमिटी र युवा मंच गठन
कमल साहजनकपुरधाम,चैत्र १५ गते । कानु समाज नेपाल धनुषा जिल्ला कार्यसमितिको सक्रियतामा जनकपुरधाम उपमहानगर पालिका..
26 दिन पहिले
संवाददाता
संवाददाता

