+977 9854027065 | akulpdsah@gmail.com

जसपाको महाअधिवेशन चौथो दिनमा पनि अधुरै कार्यसमिति अब चयन गर्ने सम्पूर्ण अधिकार अध्यक्ष उपेन्द्र यादव मै

4 महीना पहिले प्रकाशित

Akul Prasad Sah

459 Views

कमल साह
जनकपुरधाम,जेष्ठ ३२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको तीन दिने एकता महाअधिवेशन चौथो दिनसम्ममा अधुरै अवस्थामा सम्पन्न भएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव सो महाधिवेशनबाट आफु निर्विरोध निर्वाचित भए लगतै सबै उम्मेदवारबाट मनोनयन पत्र फिर्ता गराउन लगाएका छन । साथै कार्यसमिति चयन गर्र्ने अधिकार अफुमैं कायम गर्न लगाएका छन ।
जनता समाजवादी पाटी (जसपा) नेपालको महाधिवेशन जनकपुरधाम को एतिहासिक स्थल तिरहुतियागाछीमा जेठ २८, २९ र ३० गतेका लागि महाधिवेशनको मिति तोकेको थियो।
पहिलो दिन उदघाटन, दोस्रो दिन बन्दसत्र र तेस्रो दिन नयाँ कार्यसमिति चयन गर्न चुनावको मिति तोकिएको थियो। कार्यक्रम अनुसार तेश्रो दिन बुधबार मनोनयन दर्ता, उम्मेदवारहरूको सूची प्रकाशनलगयातका निर्वाचनसम्बन्धी सबै कार्यक्रम सकेको थियो । निर्वाचन प्रक्रियामा ढिला संचालन भएको ले महाधिवेशनमा एक दिन थप गरि विहिवार मतदान गर्ने तयारी गरिएको थियो ।
बिहीबार मध्याह्न १२ बजेदेखि मतदानको समय समेत निर्धारण निर्वाचन समितिले गरेको थियो । निर्वाचनमा होमिएका उम्मेदवारहरुले गर्मीको बेवास्ता गर्दै प्रचारप्रसारमा जुटेका थिए ।
तर,अध्यक्ष यादव ले सहभागी उम्मेदवारहरुबार्ट मतदान नगराइ सम्पूर्ण कार्यसमिति चयन गर्ने सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिने प्रस्ताव पास गर्न लगाउनु भयो । उनीहरुबाट दिएका उम्मेदवारीसमेत उहाँले फिर्ता लिएको घोषणा लगाउनु भयोे ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति गठन गर्ने सर्वाधिकार लिएपछि पार्टी विभाजन गरी जनता समाजवादी पार्टीको सहअध्यक्ष बनेकी रेणु यादवले ‘सामाजिक सञ्जालमा कडा आलोचना गरेकी छन् ।’
उनी सामाजिक सञ्जालमा लेखेकी छन,‘ये तो होना हीं था । मैं जो करता हुँ वही लोकतन्त्र है, मै जो बोलता हुँ वही लोकतन्त्र है । मैं जो सुनाता हुँ वही लोकतन्त्र है । क्यों कि मै हीं प्रनेता हुँ,नेता हुँ ।’
वर्तमान केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले अध्यक्षका लागि दाबी गर्नुभए पनि उनी सहअध्यक्षमा मनोनयन दर्ता गरेका थिए ।
त्यस्तै २० जना पदाधिकारीका लागि ७३ जनाको उम्मेदवारी दर्ता भएपछि पार्टीको आन्तरिक राजनीतिमा उथलपुथल आउन सक्ने सम्भावना उहाँले देख्नु भएको एक जना जनकार कार्यकता बताउनु हुन्छ ।
जसपा नेपालको विधानमा एक जना अध्यक्ष हुने व्यवस्था छ । यो पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भइसकेका छन । एक जना सहअध्यक्षका लागि तीन जनाको उम्मेदवारी दर्ता भएका थिए । पार्टीको सहअध्यक्षका लागि मधेसका पूर्वमुख्यमन्त्री लालबाबु राउत, कार्यकारिणी सदस्यहरू राजकिशोर यादव र रकम चेम्जोङ उम्मेदवारी दिनुभएको थिए ।
तीनमध्ये एक जनामात्र सहअध्यक्षमा निर्वाचित हुने रसहअध्यक्षमा पराजित हुने दुई जना पार्टीभित्र साधारण सदस्यको हैसियतमा मात्रै रहने भएको ले नै कार्यसमिति चयन गर्ने अधिकार उहाँले आफुमै लिनुभएको उनको भनाई हो ।
त्यस्तै महिला र पुरुष गरी पाँच जना उपाध्यक्षका लागि २३ जनाको उम्मेदवारी दर्ता गराउनु भएको थिए । तीन जना पुरुष उपाध्यक्षका लागि १७ र दुई महिला उपाध्यक्षका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
पार्टी उपाध्यक्षका लागि निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादव, राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमारसिंह यादव, आङदेन्डी शेर्पा, अर्जुन थापा, गोविन्द चौधरी, प्रकाश अधिकारी, अमरेशनारायण झा, रेखा यादव, लिलादेवी सिटौला, शोभा डिसी, मुन्नी लामा, सबिता यादवलगायतका उम्मेदवार उम्मेदवारी दिनुभएको थिए ।
त्यस्तै उपाध्यक्ष पदमा पाँच जना निर्वाचित हुने भए पनि पार्टीमा बाँकी १७ जनाले उम्मेदवारी दिनुभएको थिए ।
दुई जना महासचिवका लागि ८ जनाले उम्मेदवारी दर्ता गरेका थिए । महासचिव पदमा उम्मेदवारी दिएकाहरू जसपा नेपालका लोकप्रिय र चर्चित अनुहारहरू हुन्। पार्टी महासचिवमा दुई जनामात्र निर्वाचित हुने भएकाले बाँकी ६ जनाको पार्टी हैसियत साधारण हुने भएको थिए ।
यस पदमा हाल पार्टी प्रवक्ता एवं मधेश प्रदेससभा सदस्य मनिषकुमार सुमन, प्रतिनिधिसभा सदस्य दीपक कार्की, मधेशका पूर्वअर्थमन्त्री विजयकुमार यादवका साथै हालै माओवादी परित्याग गरी जसपा नेपाल प्रवेश गरेका रामकुमार शर्मा, अशोककुमार यादव र बोमबहादुर दरलामी मगरले प्रतिस्पर्धा गरिने अवस्थामा रहेको थिए ।
जसपा नेपालको विधानले तीन जना उपमहासचिव हुने व्यवस्था गरेको छ । तीन उपमहासचिवका लागि कडा प्रतिस्पर्धा देखिएको थिए ।
यस पदमा मधेसका पूर्वमन्त्रीदेखि पार्टीका पदाधिकारी रहिसकेकाहरू चुनावी मैदानमा उत्रिएका थिए । उपमहासचिवमा खुलातर्फ डा.सुरेन्द्र यादव, रामबाबुप्रसाद यादव, रामकिशोरप्रसाद यादव, राजकुमार राई, योगेन्द्रराय यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल, डा.जयप्रकाश राय यादव र जयराम यादव ले उम्मेदवारी दिनुभएको थिए ।
उपमहासचिवका लागि प्रतिस्पर्धा गरिरहेका डा.सुरेन्द्र यादव पूर्वस्वास्थ्य राज्यमन्त्री, शैलेन्द्रप्रसाद साह मधेशका पूर्वअर्थमन्त्री, योगेन्द्रराय यादव र सुरेशकुमार मण्डल मधेशका पूर्वराज्यमन्त्री थिए ।
त्यस्तै महिलातर्फ सिताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादव उपमहासचिवका लागि उम्मेदवारी दिनुभएको थिए ।
पदाधिकारीहरूमध्ये सबैभन्दा बढी सचिवका लागि प्रतिस्पर्धी देखिएको थिए । खुला र समावेशी गरी ७ जना सचिव पदका लागि २८ जनाको उम्मेदवारी दिनुभएको थिए ।
७ जना सचिव निर्वाचित हुने भए पनि बाँकी २१ जना उम्मेदवारको पार्टीभित्रको हैसियत अन्योलमा देखाएको थिए ।
त्यस्तै एक जना कोषाध्यक्षका लागि तीन जनाको उम्मेदवारी दर्ता उम्मेदवारी दिनुभएको थिए । कोषाध्यक्ष पदका लागि यसअघि मधेस प्रदेसका अर्थमन्त्री रहेका सञ्जयकुमार यादव, निर्माण व्यवसायी बलराम महतो र रेणुकुमारी यादवले उम्मेदवारी दर्ता गराएका थिए ।
यसबाहेक १० जना कार्यकारिणी समिति सदस्य अध्यक्षले मनोनित गर्ने जसपा नेपालको विधानमा व्यवस्था गरेको छ ।
केन्द्रीय सदस्यमा निर्वाचित भएकाहरुमध्येबाट कार्यकारिणी समितिमा मनोनित गर्ने व्यवस्था भएकाले पदाधिकारीमा पराजित हुने उम्मेदवारका लागि त्यहाँसम्म पुग्ने बाटो बन्द भएको एक जना उम्मेदवारको भनाइ छ।
उपमहासचिवमा उम्मेदवारी दिनुभएका मधेसका पूर्वराज्यमन्त्री योगेन्द्रराय यादव विधानमा भएको व्यवस्थाका कारण पदाधिकारीमा पराजित हुने उम्मेदवारको भविष्य अनिश्चित देखिएको थिए ।
कार्यसमितिको कुल संख्याको १० प्रतिशत केन्द्रीय सदस्यमा मनोनित हुने व्यवस्था विधानले गरेको छ । जसपा नेपालको केन्द्रीय कार्यसमिति २०१ सदस्यीय हुने विधानमा उल्लेख छ ।
यस हिसाबले करिब २० जना केन्द्रीय सदस्यमा मनोनित हुने व्यवस्था विधामा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मैथिली विकास कोषको निर्माणाधीन भवनका अवलोकन गर्दै ः मुख..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, कार्तिक १ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मैथिली विकास कोष..

20 घन्टा पहिले

नेसपाको महाधिवेशन जनपुरधाममा मंसिर १ गते गर्ने – अध्यक्..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असोज ३० गते । नेपाल सद्भावना पार्टीको अध्यक्ष राम कुमार महतोले पार्टी कार्या..

2 दिन पहिले

स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन सम्मानित

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असोज २६ गते । प्रकृति तथा संस्कृति संरक्षणका लागि स्वतन्त्र राष्ट्रसेवक कर्म..

6 दिन पहिले

पत्रकार गुप्तामाथि दुर्व्यवहार गर्नेलाई कडा कारवाहीको ..

प्रिंन्स मिश्रा, कपिलवस्तुबाँके , असोज २४ गते । पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रका..

8 दिन पहिले

वडादशैंमा राजदेवीमाताको प्रत्यक्ष दर्शनबाट नारीहरु बं..

कमल साहजनकपुरधाम,असोज २२ गते । असुर अर्थात राक्षसलाई मार्नको लागि ब्रम्हा, विष्णु, महादेव लगायतका देवताहरुले आ&ndash..

8 दिन पहिले