+977 9854027065 | akulpdsah@gmail.com

मधेशका मुख्यमन्त्री सिँहको साक्षर प्रदेश बनाउन सिर्जनात्मक प्रयासमा

9 महीना पहिले प्रकाशित

Akul Prasad Sah

493 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, साउन २१ गते । मधेश प्रदेश सरकारले प्रदेशमा साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने भएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिँहले मधेशमा शिक्षाको वञ्चितिकरण र निरक्षरताको सँख्या गम्भीर समस्या बनेकाले गरीबी र पछ्यौटेपनबाट प्रदेशवासीलाई मुक्ति दिलाउन साक्षरताको स्थितिमा तीव्र सुधार ल्याउने अपेक्षाअनुसार विश्वविद्यालयहरूसँग साक्षरतासम्बन्धी कार्यक्रमका लागि साझेदारी गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।
मुख्यमन्त्री सिँहले प्रदेशका अपठित जनतालाई साक्षर तुल्याउन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवक परिचालन गर्ने सम्भावना र स्वरूपका बारेमा विश्वविद्यालय पदाधिकारीहरूसँग प्रारम्भिक छलफल आरम्भ गरेको सुनाए । उनले भने, ‘छिटोभन्दा छिटो प्रतिफल लिेगरी साक्षरता अभियानलाई तीव्र तथा सघन बनाउन ठूलो जनशक्तिको आवश्यकता हुन्छ । सरकारी तथा गैरसरकारी क्षेत्रसँग उपलब्ध जनशक्ति त्यसका लागि पर्याप्त हुँदैनन् । त्यसैले विश्वविद्यालयका छात्रछात्रालाई प्रशिक्षित तुल्याएर यसलाई सम्भव बनाउन सकिन्छ भन्ने कोणबाट कुराकानी भइरहेको छ ।’
मुख्यमन्त्री सिँहले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका उपकुलपति अमर यादवलगायतका विश्विविद्यालयका अन्य पदाधिकारीसँग सो विषयमा कुराकानी समेत गरेका छन् । कुराकानीमा प्रदेशका आठवटै जिल्लामा विश्वविद्यालयका कलेज विस्तार गर्ने विषयसँगै साक्षरता अभियानमा विद्यार्थी स्वयंसेवक परिचालनबारे चर्चा भएको छ ।
विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादवले साक्षरता अभियानमा विश्विद्यालयका विद्यार्थीलाई दसैँ बिदा वा पुसमाघको जाडो बिदामा उपयोग गर्न सकिने विषयमा छलफल भएको बताए । उपकुलपति यादवले सबै तहका विद्यार्थीबाट साक्षर प्रदेश बनाउने अभियानमा योगदान लिन सकिने उल्लेख गरे । पाठ्यक्रममै राखेर वा शिक्षासम्बद्ध अन्य संस्थासँग समन्वय गरी प्रमाणपत्र समेत दिनेगरी विश्विद्यालयका विद्यार्थीको योगदान साक्षरतालगायत शैक्षिक अभियानका लागि सुनिश्चित गर्न सकिने पनि उनले बताए ।
उपकुलपति यादवले साक्षरता अभियानमा सहभागिताले समुदायसँग विद्यार्थीको निकटता र अनुभव बढाउने टिप्पणी गरे ।
मुख्यमन्त्री सिँहले साक्षरता अभियानमा सजिलोगरी अक्षर र अर्थ चिन्नेबुझ्ने समझ विकसित गर्ने सफ्टवेयर प्रयोग गरिने पनि उल्लेख गरे । विश्वविद्यालयका स्वयंसेवक विद्यार्थीहरूले अपठितहरूलाई साक्षर बनाउन प्रयोग गर्ने सफ्टवेयर लाभग्राहीसमेतलाई उपलब्ध गराउनेगरी कार्ययोजना बनाइने पनि उल्लेख गरे ।
पछिल्लोे जनगणनाअनुसार मधेश प्रदेशमा सातै प्रदेशमध्ये सबैभन्दा कम साक्षरता दर ६३ दशमलव ५ प्रतिशत छ । तथ्याङ्कअनसार देशमैै सबैभन्दा कम साक्षरता भएका मधेश प्रदेशकै चारवटा जिल्लाहरू रौतहट, महोत्तरी, सर्लाही र बारा छन् ।
नेपालमा पाँच वर्षमाथिका निरक्षर जनताको सँख्या ६३ दशमलव पाँच प्रतिशत छ । जसमा महिलाको हिस्सा ठूलो छ । मधेश प्रदेशका पाँच वर्षमाथिका महिलातर्फ ५ वर्षमाथिका २३ लाख ५९ हजार ७३१ जनसंख्या मध्ये १७ लाख ३७ हजार ४६९ निरक्षर छन भने पाँच वर्षमाथिका २२ लाख १८ हजार ७०९ पुरुषको जनसंख्या मध्ये ३ लाख ३ हजार ६४ निरक्षर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..

रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..

20 दिन पहिले

पत्रकार रजकको हत्या विरोधमा रैली

कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..

24 दिन पहिले

हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी

कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..

24 दिन पहिले

सेतो अण्डा ९६ क्यारेट नष्ट

मिथिला जागरण समाचारदाताजनकपुरधाम, चैत्र १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्र..

26 दिन पहिले

कानु समाज नेपालको जनकपुर नगर कमिटी र युवा मंच गठन

कमल साहजनकपुरधाम,चैत्र १५ गते । कानु समाज नेपाल धनुषा जिल्ला कार्यसमितिको सक्रियतामा जनकपुरधाम उपमहानगर पालिका..

26 दिन पहिले