+977 9854027065 | akulpdsah@gmail.com

सहकारी पीडितको आन्दोलनमा राजेन्द्र महतोको ऐक्यबद्धता

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

662 Views

कमल साह
जनकपुरधाम, साउन २९ गते । सहकारी पीडित राजेन्द्र स्थापितको शव लिएर आन्दोलन गरिरहेका आन्दोलनकारी तथा मृतक परिवारलाई राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले भेटघाट गरेका छन् । मृतक स्थापितको शव लिएर काठमाडौँको रत्नपार्कमा धर्नामा बसिरहेका आन्दोलनकारी तथा मृतक परिवारलाई संयोजक महतोले भेटेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।
सहकारीबाट आफ्नै बचतको पैसा फिर्ता नपाउँदा रकम अभावका कारण उपचार नपाउँदा सहकारी पीडित काठमाडौँ शंखमूल बस्ने राजेन्द्र स्थापितको मृत्यू भएको थियो ।
आन्दोलनकारी तथा परिवारजनलाई भेट्न रत्नपार्क पुगेका महतोले मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । महतोले राज्य आफैँ ठगी धन्धामा लागेको र आम सर्वसाधारणले आफ्नो पैसा समेत फिर्ता नपाएर मृत्यूवरण गर्नु दुःखद रहेको बताए । उनले राज्य बहिरो रहेकोले जनतासँग कुनै मतलब नराखी दलाल, ठग तथा माफियाहरु पाल्नमै व्यस्ता रहेको बताए ।
आफूहरुको एउटा मुद्दा सहकारी पीडितलाई न्याय दिनुपर्ने समेत रहेको स्मरण गराउदै महतोले आन्दोलनमा आफुहरुको समेत साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

7 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

18 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले