मधेशी दलिकको विकासका लागि कार्यन्वयन पक्ष कमजोर
कमल साह
जनकपुरधाम, श्रावण ३१ गते । मधेशी दलितको विकासका लागि ऐन निर्माण भएपनि त्यसको कार्यन्वयन पक्ष कमजोर रहेको छ । नेपाल मधेश फाउण्डेशनले रिसर्च ले गरेको रिर्सचलाई बुधबार सार्वजनिक भएको बाट स्पष्ट हुन्छ ।
मधेशवादी दलहरुको सक्रियताले नेपालमा संघियता आएको हो । र मधेशीलाई नै संघीयता आवश्यकता हो । तर, संघियता स्थापना भएको झण्डै आठ वर्षमा मधेशका १८ प्रतिशत दलित, १२ प्रतिशत मुस्लिम र झण्डै ५२ प्रतिशत महिलाको हुनुपर्ने विकास हुन नसकेको प्रति नीति कहाँ अडकिएको हो बारेमा प्रश्न खोज्ने कार्यसमेत सो कार्यक्रममा भएको छ ।
मधेश फाउण्डेशनका अध्यक्ष ई. तुलानारायण साह द्वारा सार्वजनिक भएको अन्तरक्रियाको मुख्य लक्ष्य लोकतन्त्रको सुदृढीकरणलाई गहिरियो े बनाई संघियता स्थायित्व गर्नु हो । संघियताको सुगन्धलाई चारै तर्फ महमह बनाउन मधेश सरकारको कानून,नीति तथा कार्याक्रम र बजेट निर्माण प्रक्रियामा कहाँ के कति त्रुटिहरु भईरहेका छन बारेमा समेत फाउण्डेशनका अध्यक्ष साह ले प्रस्तुत गर्नुभयो ।
संघियत आएकोे झण्डै ८ वर्ष भएपनि सिमान्तकृत जातिलाई मुलधारमा ल्याउन नसक्नु प्रदेश सरकार चुकेको कुरा साह ले सार्वजनिक गर्नुभएको तथ्याँकगत कुराहरुबाट समेत प्रष्ट भईरहेको छ । उहाँका अनुसार मधेश प्रदेशका दलितको उत्थानका लागि २०७६ सालमा नै ऐन निर्माण भएको छ । तर, मधेशका ८ जिल्लाका १३६ पालिका मध्ये हालसम्म ३६ वटा पालिकामा दलित कमिटी गठन गर्न सकेको छ ।
उहाँले बजेट निर्माण गर्दा दलित,महिला,मुस्लिम लगायतका सिमान्तकृत वर्गको उत्थानका लागि छुट्टै रकम बिनियोजन नभएको चंखेहरुले रकम चलाई दिने गरेको बताउनु भयो ।
मधेश सरकारले बिनियोजन गरेको बजेटलाई अन्य क्षेत्रहरुमा खर्च गर्न चंखेहरु सक्रिय रहेको बताउँदै उहाँले बजेटिया नेता,बिचौलिया लगायतको बिगबिगी हुने गरेको समेत बताउनु भयो ।
प्रदेश सांसद रामअशिष यादव ले मधेश सरकारले ७ वटा नीति तथा कार्यक्रम ल्याईसकेको हो बताउँदै एक वर्षपछि अर्को बर्षमा सुधार हुनुपर्ने त्यो नभएको बताउनु भयो । उहाँले मधेशमा शिक्षा स्वास्थ्याको तर्फ बजेट बिनियोजन गर्नुपर्ने थियो । तर, त्यो नभएर भौतिक निर्माण तर्फ बिनियोजन गरेर मधेशलाई कंक्रिटको प्रदेश बनाउन खोजेको बताउनु भयो ।
त्यस्तै नीति आयोगका पूर्व अध्यक्ष डा. भोगेन्द्र झा ले लोकतन्त्रको सफल कार्यान्वयनको लागि अनुशासन आवश्यकता रहेको बताउनु भयो । उहाँले सिमांतकृत वर्गको पहिलो अवस्थामा सुधार आएको हो । तर, जति हुनुपर्ने थियो । त्यो नहुनुको प्रमुख कारण व्यक्तिको गलति ले हो बताउनु भयो ।
उहाँले प्रणाली त बनाउने हो तर त्यसलाई संचालन गर्नेहरुमा हुने कमिकमजोरीले त्यस्तो हुने गरेका हुन्छन थप्नुभयो ।
सो कार्यक्रममा प्रदेश सांसदहरु सहिदा खातुन,अर्चना कुमारी, रुपा यादव,नीति आयोगका सदस्य प्रा. रामचन्द्र यादव, संजय साह,मुनि कुमारी दास लगायत ले समेत आफ्ना बिचार राख्नु भयो ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
7 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
18 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
