+977 9854027065 | akulpdsah@gmail.com

संविधानको दशौं वर्षमा पनि विरोध,मधेशमा पहिलो पल्ट बन्दकोठा भित्र कार्यक्रम

24 दिन पहिले प्रकाशित

Akul Prasad Sah

109 Views

कमल साह
जनकपुरधाम, असोज ६ गते । नेपाली जनताको बलबुतामा आएको संघीय गणतान्त्रमक शासन व्यवस्था दशौं वर्षमा प्रवेश भए पनि सबैको संविधान बन्न सकेको छैन ।
यस्लेगर्दा संविधान दिवस कै दिन मधेश प्रदेशमा कहिं संविधानको अन्त्येष्टि निकाल्यो त कहिं कालो दिवसको संज्ञा दिएको छ । यत्ता,संघीय राजधानीमा पनि संविधानको धुरधुर विरोध भएको छ ।
संविधान दिवस अवसर अवसर पारे मधेश प्रदेश सरकारको घोषित कार्यक्रम प्रथम पल्ट बन्द कोठा भित्रमा सम्पन्न भएको छ ।
यो भन्दा अघिको दुईवटा जसपा नेपाल नेतृत्वको सरकारले असोज ३ लाई कालो दिन भन्दै कुनै औपचारिक कार्यक्रम गरेर संविधान दिवस मनाएको थिएन । पुर्व र निवर्तमान मुख्यमन्त्री लालबाबु राउत तथा सरोज यादव संविधान दिवसको कार्यक्रममा सहभागिता पनि जनाएन र मौन रहेर विरोध जनाएका थिए ।
मधेश सरकार जसपाको नेतृन्वमा भएपनि जसपा ले विरोध जनाउने गरिदा सरकारी कार्यक्रम हुने गरेको थिएन । प्रदेश प्रदेश स्तरीय कार्यक्रम महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनको सभाकक्षमा गरियो । जहाँ नेपाल प्रहरी,शसस्त्र प्रहरी,नेपाल सेना,कर्मचारी र एक नीजि स्कलका विद्यार्थी मात्र सहभागि भएका छन ।
संविधान सबैको हुन नसकेको ले सर्वसाधारणको पनि चासो देखिएको थिएन । धनुषाको १८ सहित मधेशका अन्य जिल्लाका स्थानिय सरकारहरुले संविधान दिवसको अवसरमा कुनै कार्यक्रम गरेको छैनन् ।
जनमत पाटीको नेतृत्वमा गठन भएको मधेश सरकारमा अचेल माओवादीे र त्यसको समर्थित बाहेक लगभग सबै दल सहभागि छन । विश्वको सर्वोत्कृष्ट संविधान भन्दै काँग्रेस,एमाले र माओवादी पार्टीको सक्रियतामा वि.सं. २०७२ साल असोज ३ गते संविधान घोषणा भएको थियो ।
मधेश केन्द्रित दलले सोही बेलादेखि सबैको संविधान बनाउन भन्दै आएका छन् । त्यसको लागि थुप्रै नेपालीलाई वलिदानी दिनुप¥यो । तर, हालसम्म सबैको संविधान बन्नसकेको छैन ।
त्यसैले संविधान दिवसमा कोहि मौन रहियो भने कोहि असोज ३ कालो दिन भन्दै सडकमा विरोध जनाएका छन ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) सडकमा विरोध प्रदर्शन गरेका छन । राजेन्द्र महतो को राष्ट्रिय मुक्ति क्रान्ति नेपाल र जसपाले पनि संविधानको विरोध गरेका छन ।
वीरगंजमा आम जनता पार्टी (आजपा) ले संविधानको अन्त्येष्टि नै निकाले प्रदर्शन गरेको छ । जहाँ प्रदर्शनकारीहरु लाई प्रहरीले नियन्त्रमा लिएका छन । त्यस्तै जनमत पार्टी विज्ञप्ती प्रकाशन गरेर विरोध जनाएको छ ।
तमलोपाले एका विहानै जनकपुरधामको विभिन्न चौकमा विरोध प्रदर्शन गरेको छ भने वेलुका जनकचौकमा विरोधसभा आयोजना गरेको थियो ।
त्यस्तै लोसपा ले जनकचौकबाट विरोध रैली प्रदर्शन गर्दै नगर परिक्रमा गरेर पुनः जनकचौकमा आएर कोणसभा गरेको छ ।
मधेस सरकारमा समेत रहेको लोसपाका नेता कार्यकर्ताहरुले संविधान दिवसको बिरोधमा कालो पट्टी बाँधेर कालो झण्डासहित प्रदर्शन गरेका हुन् । लोसपाका नेता तथा प्रदेशसभा सदस्य जितेन्द्र सोनलको नेतृत्वमा बिरोध प्रदर्शन भएको छ । जनकपुरधामको विभिन्न चोकको परिक्रमा गर्दै उनीहरुले बिरोधमा नारावाजी समेत गरेका थिए ।
विरोधको क्रममा सहभागीहरुले यो विभेदपूर्ण संविधानले मधेशी जनताको हक अधिकार संरक्षण नगरेको तथा सरकारले मधेशी जनताको अधिकारको ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरिरहेको भन्दै अपूर्ण संविधानको विरोधमा प्रदर्शन गरेको बताउनु भयो ।
लोसमाका नेता सोनलले नेपालको संविधानमा मधेशी, आदिवासी, जनजाती, मुस्लिम, थारुलगायत सबैको अधिकार सुनिश्चित हुनुपर्ने मांग गर्नुभयो । उहाँले आफूहरु आफ्नो आवाज बुलन्द गरिरहँदा शासकके गोली बर्षाएर संविधान जारी गरेको दिन अझै हाम्रो मानसपटलमा ताजै रहेको बताउनु भयो ।
त्यस्तै लोसपाका नेता परमेश्वर साहले संविधानमा मधेशी जनताको अधिकार सुनिश्चित नगरिएकोले आफूहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाउँदै आएको बताउनु भयो ।
उहाँले संविधान संशोधन गर्नुपर्ने, झुठा मुद्दाहरु खारेजी गर्नुपर्ने, मधेशीलाई प्रताडित गर्ने काम बन्द गर्नुपर्ने लगायतका मांग आफूहरुको रहेको भन्नुभयो । उहाँले हाम्रा यी मांगहरु पूरा नभएसम्म असोज ३ लाई कालो दिनकै रुपमा प्रत्येक वर्ष मनाई रहने बताउनु भयो ।
सो विरोध सभामा विभिन्न वक्ताहरुले केन्द्रित दलका नेताहरु मधेशमा गोली चलाएर, डरत्रास र असन्तुष्टिका बिच संविधान घोषणा भएको बिचार राखेका छन । उनिहरुले संविधानमाथिको असन्तुष्टिका विषयहरु अझै थाँती रहेकाले संविधान दिवस मनाउन नसकिने बताइरहेका छन् ।
त्यस्तै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले विहिवार संविधान दिवसको विरोधमा सडक प्रदर्शन गरेको छ । ‘असोज तीन कालो दिन’ भन्दै सो पार्टीका नेता कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनपछि आयोजित सभामा अध्यक्ष महतोले संविधान पुनर्लेखनको माग गरेका छन् ।
महतोले एकल राष्ट्रिय राज्यको चरित्रलाई बदलेर नेपाललाई बहुल राष्ट्रिय राज्यको रूपमा घोषणा गर्नु आवश्यक भइसकेको बताउँदै त्यसका लागि संविधान संशोधन नभई पुनर्लेखन गर्नुपर्ने थप्नुभयो ।
२०७२ असोज ३ गते संविधान जारी हुँदा मधेशीको छातीमा गोली ठोकिएको भन्दै उहाँले अहिलेको संविधान रक्तरञ्जित संविधान रहेको दावी गर्नुहुन्छ ।
उहाँले सीमांकन हेरफेर, नागरिकताको समस्या समाधान, समान जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, राष्ट्रियसभामा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व, विभिन्न राष्ट्रिय भाषामा सरकारी कामकाज, अधिकार सम्पन्न प्रदेश लगायतका मांग आफूहरूले राखेको बताउँदै त्यसलाई बेवास्ता गरी संविधान जारी गरेको बताउनु भयो ।
स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्गनिर्देशक सिद्धान्त अहिलेको संविधानमा नसमेटिएसम्म आफूहरूले संविधानको विरोध जारी राख्ने र असोज ३ लाई कालो दिनकै रूपमा सम्झिरहने उहाँले बताउनुभयो ।
राष्ट्रिय मुक्ति क्रान्तिले माईतिघरमा प्रदर्शन गर्नेक्रममा सरकारले सडक विस्तारबारे गरेको निर्णयको पनि उनीहरुले विरोध गरेका छन् ।
संविधानसभाका सदस्य डा. विजय कुमार सिंह भन्नुहुन्छ, ‘संविधान संसोधनको मुद्दा कमजोर पार्न सत्ताशासनको पहुँचमा रहेको शक्तिले मधेश केन्द्रित दललाई विभिन्न जालझेल र लोभमा फँसाएर तोडफोड गरि कमजोर बनाएको र मधेशी दलहरु पनि मुद्दा भन्दा सत्तामा केन्द्रित भएकाले कमजोर छ ।’
उहाँ आफु पनि मधेश केन्द्रित दलमै आवद्व रहेको बताउदै थप्नुभयो, ‘मधेशी दलबाट कमजोरी भएपनि संविधान संसोधनको मुद्दा नहराएको र कसै न कसैले पुनः जोडदार रुपमा उठाउने छन ।’
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा जनकपुरधामको रामानन्द चोकबाट निष्केको प्रभात फेरि सहितको जुलुस नगर परिक्रमा गर्दै महेन्द्रनारायण निधि मिथिला संस्कृत भवनको सभाकक्षमा पुगेको थियो।
मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानमा रहेको त्रुटीलाई संशोधन गरेर प्राप्त भएको उपलब्धीहरुको रक्षा आवश्यक रहेको बताउनु भयो ।
उहाँले प्रदेशको रेभिन्युका र जनसंख्याको आधारमा बजेट तथा आप्mनै प्रहरी प्रशासन भए मात्र प्रदेश सरकार मजबुत हुने
बताउनु भयो ।
मधेसका सभामुख रामचन्द्र मण्डलले संविधान गतिशिल दस्तावेज रहेकाले संविधानको बिरोध गर्नुको तुक नरहेको बताउनु भयो ।
उहाँले संविधान त्यतीकै हतारमा होईन भन्दै १० वर्ष लगाएर दुईवटा संविधानसभाबाट मात्र ल्याउन सम्भव भएको संविधानले दिएको अधिकार संस्थागत गर्नु अहिलेको आवश्यक्ता रहेको बताउनु भयो ।
प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारमा सहभागि लोसपा बाहेकका सबै दलका मन्त्रीहरु सहभागी भएका थिए ।
एता काठमाण्डौमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान केही परिमार्जन वा संशोधनको आवश्यकता छ भन्दै दलीय सहमतिको आधारमा संशोधन गर्न सकिने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मैथिली विकास कोषको निर्माणाधीन भवनका अवलोकन गर्दै ः मुख..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, कार्तिक १ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मैथिली विकास कोष..

21 घन्टा पहिले

नेसपाको महाधिवेशन जनपुरधाममा मंसिर १ गते गर्ने – अध्यक्..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असोज ३० गते । नेपाल सद्भावना पार्टीको अध्यक्ष राम कुमार महतोले पार्टी कार्या..

2 दिन पहिले

स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन सम्मानित

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असोज २६ गते । प्रकृति तथा संस्कृति संरक्षणका लागि स्वतन्त्र राष्ट्रसेवक कर्म..

6 दिन पहिले

पत्रकार गुप्तामाथि दुर्व्यवहार गर्नेलाई कडा कारवाहीको ..

प्रिंन्स मिश्रा, कपिलवस्तुबाँके , असोज २४ गते । पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रका..

8 दिन पहिले

वडादशैंमा राजदेवीमाताको प्रत्यक्ष दर्शनबाट नारीहरु बं..

कमल साहजनकपुरधाम,असोज २२ गते । असुर अर्थात राक्षसलाई मार्नको लागि ब्रम्हा, विष्णु, महादेव लगायतका देवताहरुले आ&ndash..

8 दिन पहिले