+977 9854027065 | akulpdsah@gmail.com

लोहरपट्टीका अवकाश प्राप्त कर्मचारीहरु सम्मानित

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

595 Views

कैलास दास, जनकपुरधाम
जनकपुरधाम, कार्तिक १९ गते । महोत्तरीको लोहरपट्टी नगरपालिकाका अवकाश प्राप्त कर्मचारीहरुलाई एक समारोहबीच सम्मानित गरेको छ ।
कार्यरत कर्मचारीहरुको संगठनले हालसम्म सो पालिकाबाट अवकाश प्राप्त भएका कर्मचारीहरुलाई फुलमाला, दोसल्ला तथा सम्मान पत्रबाट सम्मानित गरेको जनाइएको छ । सम्मानित हुनेमा २७ जना अवकाश प्राप्त कर्मचारी हुनुहुन्छ ।
लोहारट्टी नगरपालिकाका सातौ तहका कर्मचारी ब्रजेश यादवको अध्यक्षतामा भएको शुभकामना तथा सम्मान कार्यक्रममा उपेन्द्र साह, नविन साह, विजय यादव, फुलगेन यादव, दिगम्बर झा, रामसोगारथ यादव

लगायत २७ जना सम्मानित भएका छन् ।
शुभकामना तथा सम्मान कार्यक्रमा सहभागी वक्ताहरुले अवकाश प्राप्त कर्मचारीहरुबाट धेरै कुराहरु सिख्नुपर्ने भएकोले अगामी दिनमा उहाँहरुसँग सरसल्लाह गरी अगाडि बढ्न सबैमा आग्रह गरेका छन् । अवकाश प्राप्त कर्मचारीहरु धेरै अनुभवी हुनुहुन्छ, राष्ट्र सेवामा उहाँहरुको उदाहरणीय योगदान छ । उहाँहरु हामीहरुको प्रेरणाको रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा निरंजन साह, नरेश साह, सुनिल यादव, कमलेश साह लगायतका वक्ताहरुले आफ्ना विचार राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

2 महीना पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

4 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

4 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले