गणतान्त्रिक संविधानका संशोधन गर्न संचारकर्मीहरु सुझाब दिउन : नेता निधि
कमल साह
जनकपुरधाम,पुस २० गते । मुलुकमा आएको लोकतन्त्र,गणतन्त्र तथा संघीयताका लागि संचारकर्मी र राजनीतिकर्मी संगै लडेको पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले आज स्मरणगदै भन्नुभयो अब राष्ट्रमा आर्थिक,राजनीतिक सामाजिक र सांस्कृतिक विकासका लागि लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीयतालाई मजबुत बनाउने आवश्यकता रहेको छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखा र नेपाल पत्रकार महासंघ मधेश प्रदेशको सम्पन्न निर्वाचनबाट विजयी भएका संचारकर्मीहरुको सम्मानमा उहाँद्वारा शुक्रवार आयोजना गरिएको दिवा भोज समारोहमा नेता निधिले उक्त कुरा राख्नुभयो ।
उहाँले संविधान संशोधन हुनुपर्ने आवश्यकताहरुबारे संचारकर्मीहरुले संचारमाध्यमबाट बिचार उल्लेख गरि सुझाब दिन अह्वान गर्नुभयो ।
जनकपुरधाममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले सङ्घीयतालाई मजबुत बनाउन प्रदेशमा निजामती कर्मचारी तथा प्रहरी चाँडो समायोजन हुनुपर्ने र त्यसका लागि पनि संविधान संशोधन हुनुपर्ने बताउनुभयो ।
संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका साथै गणतन्त्रलाई बलियो बनाउन नव निर्वाचित पत्रकार महासङ्घको नेतृत्वले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सो समारोहमा नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहले प्रदेश भरिबाट नेपाल पत्रकार महासङ्घको निर्वाचनमा निर्वाचित नेपाल पत्रकार महासङ्घका सबै तहका पदाधिकारीहरूलाई स्वागत गर्नुभयो ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादव, पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता रामकृष्ण यादव, मधेश प्रदेशका पूर्व मन्त्री एव प्रदेश सभाका सदस्य रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह र उप प्रमुख किशोरी साह, नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार,उपसभापति गणेश झा लगायतका नेताहरू को उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
16 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
19 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
