+977 9854027065 | akulpdsah@gmail.com

गणतान्त्रिक संविधानका संशोधन गर्न संचारकर्मीहरु सुझाब दिउन : नेता निधि

1 वर्ष पहिले प्रकाशित

Mithila Jagaran

624 Views

कमल साह

जनकपुरधाम,पुस २०  गते । मुलुकमा आएको लोकतन्त्र,गणतन्त्र तथा संघीयताका लागि संचारकर्मी र राजनीतिकर्मी संगै लडेको पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले आज स्मरणगदै भन्नुभयो अब राष्ट्रमा आर्थिक,राजनीतिक सामाजिक र सांस्कृतिक विकासका लागि लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीयतालाई मजबुत बनाउने आवश्यकता रहेको छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखा र नेपाल पत्रकार महासंघ मधेश प्रदेशको सम्पन्न निर्वाचनबाट विजयी भएका संचारकर्मीहरुको सम्मानमा उहाँद्वारा शुक्रवार आयोजना गरिएको दिवा भोज समारोहमा नेता निधिले उक्त कुरा राख्नुभयो ।
उहाँले संविधान संशोधन हुनुपर्ने आवश्यकताहरुबारे संचारकर्मीहरुले संचारमाध्यमबाट बिचार उल्लेख गरि सुझाब दिन अह्वान गर्नुभयो ।
जनकपुरधाममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले सङ्घीयतालाई मजबुत बनाउन प्रदेशमा निजामती कर्मचारी तथा प्रहरी चाँडो समायोजन हुनुपर्ने र त्यसका लागि पनि संविधान संशोधन हुनुपर्ने बताउनुभयो ।
संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका साथै गणतन्त्रलाई बलियो बनाउन नव निर्वाचित पत्रकार महासङ्घको नेतृत्वले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सो समारोहमा नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहले प्रदेश भरिबाट नेपाल पत्रकार महासङ्घको निर्वाचनमा निर्वाचित नेपाल पत्रकार महासङ्घका सबै तहका पदाधिकारीहरूलाई स्वागत गर्नुभयो ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादव, पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता रामकृष्ण यादव, मधेश प्रदेशका पूर्व मन्त्री एव प्रदेश सभाका सदस्य रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह र उप प्रमुख किशोरी साह, नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार,उपसभापति गणेश झा लगायतका नेताहरू को उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

18 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 महीना पहिले