नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालद्वारा हेल्पडेस्क सञ्चालन
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, फाल्गुन १५ गते । नेपाल – नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राखी १५ दिने परिक्रमामा आज देखि हेल्पडेस्क सञ्चालन गरिएको छ।हेल्प डेस्क नेपाल तर्फ पर्ने ११ बासामा संचालन गर्ने क्लोथ बैंक को कार्यालय सचिव कृष्ण कुमार साहले बताउनु भयो
आजको कार्यक्रम हेल्प डेस्कका सहसंयोजक रुबी झा को संयोजकत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका कार्यालय सचिव कृष्ण कुमार साह, क्लोथ बैंक नेपालका सचिव मनिष श्रीओम, बाल अभियानी आदित्य झा, तथा धनेश्वर ठाकुर को विशेष उपस्थिति रहेको थियो। सिअहेब दिलीप मिश्र सहित अन्य सदस्यहरूले यात्रुहरूलाई स्वागत गर्दै स्वास्थ्य जाँच तथा आवश्यक सामग्रीहरू वितरण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डॉ. राजीव झा ले मिथिला मध्यमा परिक्रमा को उद्देश्य तथा यसको सांस्कृतिक एवं धार्मिक महत्वबारे प्रकाश पार्नु भएको थियो।
संस्थाद्वारा प्रत्येक बर्ष परिक्रमा यात्रुहरूलाई आवश्यक स्वास्थ्य सहयोग,पानी,गुमसुदाहरुको खोजतलास तथा अन्य सुबिधाहरु उपलब्ध गराईदै यात्रालाई सहज बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आइ रहेको छ संस्थाको प्रबक्ता संचारकर्मी प्रमोद कुमार साहले बताउनु भएको छ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
2 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
22 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
