+977 9854027065 | akulpdsah@gmail.com

राष्ट्रिय मुक्ति पार्टीद्वारा कोणसभा र मुकुम्लुङ आन्दोलनको समर्थनमा

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

761 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, फाल्गुन १७ गते । राष्ट्रिय मुक्ति पार्टी, मधेस प्रदेश द्वारा मुकुम्लुङमा भइरहेको नो केवलकार आन्दोलन को समर्थनमा जनकपुरधामको जनकचौकमा कोणसभा गरिएको छ ।
कोणसभामा राष्ट्रिय मुक्ति पार्टीका नेता राजीव झा ले पाथीभरा माताले केवलकार निर्माणको अनुमति नदिएको दाबी गर्दै यसअघि प्रयास गर्नेहरूमध्ये केही हेलिकप्टर दुर्घटनामा परेको स्मरण गराए। साथै, २०७५ सालअघि संरक्षित क्षेत्र रहेको पाथीभरा पहाडलाई केपी ओली नेतृत्वको सरकारले विकास क्षेत्रमा परिणत गरी आफ्ना कार्यकर्ताहरूलाई सस्तोमा जग्गा किन्न लगाएको र केवलकार निर्माण कम्पनीलाई महँगो मूल्यमा बिक्री गरेको आरोप लगाए ।
उनले फेरी वर्तमान केपी ओली नेतृत्वको सरकार आए पछी स्थानीयवासीमाथि दमन गर्दै केवलकार निर्माण थाल्न लागेको भन्दै यसको सशक्त रूपमा सम्पूर्ण नेपाली जनताले विरोध गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा पार्टीका नेता संजय चौधरी, दीपक यादव, विद्यार्थी नेता तनबिर रेजा लगायतका वक्ताहरूले मुकुम्लुङ आन्दोलनको समर्थनमा जोरदार आवाज उठाएका थिए। करिब ५०–६० जना अगुवा कार्यकर्ता उपस्थित रहेको कोणसभामा नेता संजय सिंह, दीपक झा, विनोद ठाकुर, कृष्ण कुमार साह, भरत साह, मो. समीर, अरबाज दरजी तथा स्वतन्त्र विद्यार्थी युनियनको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सुमन झा समेतको सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

7 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

17 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले