+977 9854027065 | akulpdsah@gmail.com

प्रदेश सरकारको आँखाबाट ओझलमा जानकी वृद्धाश्रम

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1266 Views

कमल साह
जनकपुरधाम,चैत्र ३ गते । केन्द्रिय सरकारले जानकी वृद्धाश्रमलाई हरेक वर्ष दिईदै आएको अनुदानलाई प्रदेश २ सरकारले निरंतर्ता दिनसकेनन् ।
मुलुक संघीयतामा गएपछि जेष्ट नागरिक तथा महिला वालवालिका मंत्रालयले अब उपरान्त अनुदान लिनको लागि प्रदेश २ सरकार संग सम्पर्क राख्न भनेको थियो । तर, प्रदेश २ सरकारले कुनै चासो नदेखाएपछि जानकी वृद्धाश्रमको अवस्था दैनिय बन्न गएको छ ।
यस क्षेत्रका नागरिकलाई जीवनको अन्तिम क्षण अर्थात बुढेसकालको जीवन बाटोमा काट्न नपरोस उद्ेश्यबाट २०५३ सालमा स्थापना भएको जानकी वृद्धाश्रम हो । नेपाली कांग्रेसका नेता लिला कोइराला समाजिक कल्याण मंत्री हुँदा उहाँले जानकी वृद्धाश्रम संचालन हुनुपर्ने इच्छा जाहेर गर्र्दा यहाँ वृद्धाश्रमको स्थापना भएको हो ।
वृद्धा आमालाई सहियार सुसार गर्नेहरुको तलब खुवाउनमा मद्यत मिल्ने गरेको थियो । केन्द्रिय सरकारले हरेक वर्ष प्रदान गर्दै आएको १०–११ लाख रकम र स्थानिय समाजिक संघ संस्थाहरुले वेलावखतमा चावल, च्युरा,पिठो,तेल लगायतका समाग्री प्रदान गर्दै आएको आश्रम संचालन गर्न सहजता मिल्दै आएको जानकी वृद्धाश्रमका व्यवस्थापक सीता अधिकारी बताउँछिन ।
उहाँ खाना पकाउने,भाडा वर्तन माज्ने र आमाहरुलाई सेवा सुसार गर्नेसमेत ५ जना कर्मचारी वृद्धाश्रम स्थापनाकालदेखि रहंदै आएका हुन भन्छिन ।
जानकी वृद्धाश्रमका उपाध्यक्ष पवन ठाकुर भन्नुहुन्छ,‘ मुलुक संघीय संरचनामा गएपछि हामी प्रदेश २ को सामाजिक कल्याण मंत्रालयमा अनुदान रकम उपलब्ध गराईदिनको लागि भनेका छौं । उनिहरुले यसपाली हुन सकेनन् । अगामी वर्षमा सम्पर्क गर्नको लागि भनेका हुन ।
प्रदेश २ सरकारले जानकी वृद्धाश्रमको अधुरो माथिलो तल्लालाई पूर्ण पार्नको लागि यसपाली २० लाख रकम बिनियोजन गरिदिएको उहाँ बताउनु हुन्छ ।
जानकी वृद्धाश्रममा कार्यरत कर्मचारीलाई एक वर्षदेखि तलब खुवाउन नसकिको प्रति उनि चिंता व्यक्त गर्नुहुन्छ । उहाँले जानकी वृद्धाश्रमबाट हाल १७ जना आमाहरु सेवा पाउँदै आएको बताउनुहुन्छ । उनिहरुको सेवा सुसारमा नै हाल २५ हजार आश्रममाथि ऋण आईपुगेको जानकारी समेत उहाँल गराउनु भयो ।
उपाध्यक्ष ठाकुर भन्नुहुन्छ,‘ वृद्धालाई सेवा गर्न चाहना राख्नेहरुले लुगा फाटा भन्दा बढी खाना पकाउने ग्यासको कमीलाई र हरियो तरकारी तर्फ पनि ध्यान पुर्याई दिएमा राह हुने उहाँ बताउनु हुन्छ ।
जानकी वृद्धा आश्रमका कोषाध्यक्ष ललित कुमार बजाजको सहयोगमा हामी कति पल्ट ग्यास,दुध तथा हरियो तरकारी आपुर्ति गर्दै आएको उहाँ बताउनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

21 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

24 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

1 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

3 महीना पहिले