सशस्त्र प्रहरीका डिआइजी गौतमले आफ्नै नातेदारलाई बिओपी पठाए, निर्दोष सशस्त्र प्रहरी निरीक्षकलाई तानिए
रंजित चौरसिया, वीरगंज,
वीरगंज चैत्र ७ गते । सशस्त्र प्रहरी संगठन भित्र बदनाम प्रहरीको रूपमा रहेका सशस्त्र प्रहरी सहायक हवलदार राजाराम पटेल अहिलेको परिवेशमा डिआइजी चन्द्रप्रकाश गौतमको छत्रछाया पाए पश्चात् संगठनकै नीति निर्देशनलाइ धज्जी उडाउदै रकम असुलीमा लागेका छन । प्रदेश नम्बर २ को बाहिनीपति चन्द्रप्रकाश गौतमलाई कारवाहीको निम्ति संगठनका प्रमुख आइजिपी शैलेन्द्र खनाल तानेपनी गृह मन्त्रालयको पावर लगाइ पुनः २ नम्बर बाहिनीमा फर्केपछी बदनाम प्रहरीहरूलाइ जिम्मा दिने गरेको यस घटनाले उजागर पारेको हो ।
प्रदेश नम्बर २ मा जानसाथ डिआईजी गौतमले आफ्नो नजिकको सशस्त्र प्रहरी निरीक्षक लगायत घुमुवाहरूलाइ खटाउनको निम्ति इमान्दारिता पूर्वक कार्य गर्ने गरेको सशस्त्र प्रहरी निरीक्षकलाई कारवाहीको नाममा तानी आफ्नो नजिकको मान्छेलाइ पठाउने गरेको रहस्य खुलेको छ । पर्साको बोर्डर आउट पोस्ट श्रीसिया मातहातमा रहेको स्थानमा डिआइजी चन्द्रप्रकाश गौतमले खटाएको सादा पोशाकको घुमुवाले एक जना महिलाको घरमा प्रवेश गर्दा स्थानीयले घुमुवा टोलिलाइ कुटपिट गरेका थिए । घुमुवा टोलिले गरेको गल्ती लूकाउन बोर्डर आउट पोस्ट श्रीसियाबाट सशस्त्र प्रहरी निरीक्षक दिनेश बानियालाइ तानी आफनै भान्जा सशस्त्र प्रहरी निरीक्षक अपार प्याकुरेललाई पठाएको बिषय चर्चाको बिषय बनेको छ ।
स्कवाड टोलिको नाममा चान्दा आतन्क मचाउने सशस्त्र प्रहरी सहायक हवलदार राजाराम पटेल लागयत डिआइजी चन्द्रप्रकाश गौतमको बिषयमा समाचार उजागर भएको थियो । समाचार उजागर हुनासाथ ९८५१२५८१८१ नम्बरबाट फोन गरि समाचार उजागर गर्ने पत्रकारलाइ धम्की समेत आएको प्रकाशमा आएको छ । बिहिबार बिहान ११ बजेर ४० मिनेटमा फोन गरि समाचार उजागर गर्ने पत्रकारलाइ आफ्नो बारेमा जे लेखेपनी फरक नपर्ने, अबदेखि समाचार आयो भने ठिक नहुने भन्दै धमकाएका थिए ।
यस बिषयमा माथिल्लो निकायको ध्यान जानुको साटो झन तस्करीको लाइनको रकम खानुमै ब्यस्त रहेको बारे दुइमत छैन । यस्तो क्रियाकलाप माथी सशस्त्र प्रहरी बल संगठन र गृह मन्त्रालय सचिवालय शाखाको ध्यान जान अति अवाश्यक देखिन्छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
3 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
23 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
