कालिकामाई गाउँपालिकाद्वारा महासंगमा निर्वाचित पार्टीगत पत्रकारलाई सम्मान
रंजित चौरसिया, वीरगंज,
वीरगंज चैत्र २९ गते । पर्साको कालिकामाई गाउँपालिकाले शुक्रबार दिउसो नेपाल पत्रकार महासंघ पर्सा शाखाका नव निर्वाचित पार्टीगत पदाधिकारीहरुलाई सम्मान गरेको छ । महासंघ पर्सा शाखाको १८ जन नव निर्वाचित जिल्ला कार्य समितिका पदाधिकारीहरुमध्ये नेकपा एमाले निकट प्रेस चौतारीबाट निर्वाचित १५ जनालाई मात्रै सम्मान गरिएको छ ।
नेपाली कांग्रेस निकट प्रेस युनियन, प्रचण्ड र माधव नेपाल निकट प्रेस संगठन, जसपा निकट प्रेस मञ्च र मधेशी पत्रकार समाजको गठबन्धनबाट निर्वाचित ३ जना कार्य समितिका सदस्यलाई सम्मान कार्यक्रमबारे जानकारी समेत गराइएको छैन् । नेकपा एमाले निकट प्रेस चौतारीबाट निर्वाचित महासंघको पदाधिकारी तथा सदस्यहरुलाई मात्र सम्मान गर्नुले गाउँपालिकाले पनि भेदभाव गरेको पुष्टि हुन्छ । संयुक्त गठबन्धनबाट महासंघको सदस्यमा निर्वाचित अजय चौरसियाले आफूलाई सम्मान कार्यक्रमबारे कुनै जानकारी नभएको बताए । यस्तै गठबन्धनबाटै सदस्यमा निर्वाचित नरेश सर्राफ र अमित अग्रवालले पनि गाउँपालिकाले वीरगन्जस्थित होटल पुजनमा आयोजना गरेको सम्मान कार्यक्रमबारे जानकारी नभएको बताए ।
सम्मान कार्यक्रमको तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएको देख्दा सम्मान कार्यक्रमबारे थाहा भएको उनीहरुको भनाई छ । यसैगरि सम्मान कार्यक्रममा केन्द्रिय पार्षद र प्रदेश पार्षदमा निर्वाचित भएका पदाधिकारीहरुमाथि पनि गाउँपालिकाले भेदभाव गरेको छ । केन्द्रिय परिषद् सदस्य एवं प्रदेश परिषद् सदस्यमा निर्वाचित पदाधिकारीहरु मध्ये प्रेस चौतारीबाट निर्वाचित मात्रै पदाधिकारीहरुलाई सम्मान गरिएको छ । गठबन्धनबाट निर्वाचित प्रदेश परिषद् सदस्यलाई कार्यक्रम बारे जानकारी समेत गराइएको छैन । पार्टीका कार्यकर्ताहरुलाई नै सम्मान गर्नुपर्ने थियो भने नेपाल पत्रकार महासंघको नाम जोडेर सम्मान गर्नुले पत्रकारिता क्षेत्र पनि स्वतन्त्र नरहेको पुष्टि भएको छ । पर्सामा रहेको केही सञ्चारकर्मीहरुको योजनामा संचालित सञ्चारकर्मीहरुको गठबन्धनहरु नभई पार्टीको कार्यकर्ता भर्ती केन्द्र बनाएका छन् । आफूले गरेको भ्रष्टाचारी ढाकछोप गर्नका निम्ति गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो निकट पार्टी नेतृत्वका सञ्चारकर्मीहरुलाई सम्मान गरेको देखिन्छ । बेला बखत कालिकामाई गाउँपालिकामा भएको भ्रष्टाचारीबारे सार्वजनिक भइरहेको अवस्थामा त्यसलाई ढाकछोप गर्नका निम्ति आप्mनो पार्टी निकट पत्रकारहरुलाई सम्मान गरेको टिका टिप्पणी हुन थालेको छ ।
सम्मान कार्यक्रममा गाउँपालिकाका केही जनप्रतिनिधि मात्रै उपस्थित हुनु र अरु अनुपस्थित नहुनुले नै गाउँपालिका भित्र पनि असन्तुष्टि रहेको बुझिन्छ । पत्रकार सम्मान कार्यक्रम बारे आफुलाई थाहा नभएको गाउँपालिकाका उपाध्यक्ष राजेश चौरसियाले वताए । वीरगंजस्थित पुजन होटलमा कार्यक्रम चलिरहदाँ आफु गाउँपालिका कार्यालमा रहेको वताउँदै आफुलाई सम्मान कार्यक्रम बारे जानकारी नरहेको वताए । यस्तै सम्मान कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि उपस्थित नहुनु पनि पार्टीगत कार्यक्रम भएको पुष्टि गरेको छ । गाउँपालिकामा बोलाएर सबै पत्रकारलाई सम्मान गर्नु पर्नेमा वीरगंजस्थित तीन तारे होटलमा सम्मान गर्नु जनताको रकम दुरुपयोग गर्नु काम भएको गाउँबासीको प्रतिक्रिया छ । केही समय पहिला मात्र कालिकामाई गाउँपालिकाका जनप्रतिनिधिले विपद व्यवस्थापनको रकमबाट भत्ताको नाममा एक÷एक लाख रुपया भाग बंडा लगाएका थिए ।
यता शुक्रबार नै वीरगंजमा आयोजित राष्ट्रिय जनगणनाको जिल्लास्तरिय कार्यक्रममा सहभागि नभएका गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा पार्टीगत पत्रकार सम्मान कार्यक्रममा सहभागि भएको देखिएका छन् ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
21 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
24 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
