गौर न.पा.का वडा ३ मा कुटपिट बाट नेकपा एमालेकी निर्वाचित प्रदेश समिति सदस्य घाइते

रश्मि पटेल, रौतहट
रौतहट, असोज २९ गते । रौतहट जिल्लाको गौर नगरपालिका वडा ३ मा कुटपिट बाट नेकपा एमालेकी निर्वाचित प्रदेश समिति सदस्य घाइते भएको छ । घरमा लगाइएको भेन्टिलेशन बन्द गर्न भनेको विषयमा स्थानीय मनोज वर्माकी ४५ वर्षीय श्रीमती सुविता कुमारी श्रीवास्तव घाइते भएकी छन् ।
जग्गा नछोडेर लगाएको भेन्टिलेशन बन्द गर्नुपर्ने भन्दा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा र उनका छोरा अवनीश कुमार मिलेर नेकपा एमालेका मधेश प्रदेश समिति सदस्यसमेत रहेकी श्रीवास्तवलाई कुटपिट गरी घाइते बनाएका छन् ।
अध्यक्ष झाले आफ्नो घरमा लगाएको भेन्टिलेशन बन्द गर्नुपर्ने पंचायतमा सहमति भए बमोजिम बन्द गर्न आग्रह गर्दा बाउ छोरा मिलेर बर्माको श्रीमतीलाई कुटपिट गरेको पडित परिवारीकका श्रीमान मनोज वर्माले जनाएका छन् ।
अवनीश झाले हाथमा लिएको भाटाले अनुहारमा प्रहार गर्दा नाक काटिएको बर्माले बताए । सहमति अनुसार भेन्टिलेशन बन्द गर्न सुनीताले आग्रह मात्र गरेकी थिइन् बर्माले भने, तर बाउ र छोरा मिलेर सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाएका छन् ।
कुटपिटबाट घाइते भएकी सुनितालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर ल्याउदा नाकमा गम्भीर चोट लागेका कारण थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको छ। नाक काटिएर बढी रगत बगेको वर्माले जनाएका छन् ।
सामाजिक स्तरमा स्थानीय बासिन्दाहरुबीच भएको छलफलको निर्णय स्वीकार गरे पनि अध्यक्ष झाले कार्यान्यन गर्न चाहेका छैनन् । उनले जग्गा नछाडी भेन्टिलेशन खोलेकाले बन्द गर्न सामाजिक छलफलको निर्णयलाई मान्न अस्वीकार गरेकाले उनीहरु पनि विरोधमा गएका छन् ।
एमालेकी मधेश प्रदेश अधिवेशन सकेर शनिबार मात्र घर फरेको सुनितामाथि आइतबार सांघातिक आक्रमण भएको छ । महिला नेतृमाथि सांघातिक आक्रमण भएपछि तत्काल प्रहरीमा खबर गरिए पनि मुख्य अभियुक्तलाई पक्राउ गरिएको छैन् ।
घटना सम्बन्धमा पीडक भनिएका झासित सम्पर्क गर्ने प्रयास सफल हुन सकेन् । झाको मोबाइलमा फोन सम्पर्क नभएपछि घटनाको यथार्थ कारण खुल्न सकेको छैन् ।
कुटपिटमा संलग्न रहेको आरोपमा अवनीश झालाई प्रहरीले पक्राउ गरेको छ भने पत्रकार प्रेमचन्द्र झाको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन ।
कमेन्ट गर्नुहोस्

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन�..
रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..
8 दिन पहिले
पत्रकार रजकको हत्या विरोधमा रैली
कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु�..
11 दिन पहिले
हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी
कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..
11 दिन पहिले
सेतो अण्डा ९६ क्यारेट नष्ट
मिथिला जागरण समाचारदाताजनकपुरधाम, चैत्र १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्र..
13 दिन पहिले
कानु समाज नेपालको जनकपुर नगर कमिटी र युवा मंच गठन
कमल साहजनकपुरधाम,चैत्र १५ गते । कानु समाज नेपाल धनुषा जिल्ला कार्यसमितिको सक्रियतामा जनकपुरधाम उपमहानगर पालिका..
13 दिन पहिले
संवाददाता
संवाददाता

