+977 9854027065 | akulpdsah@gmail.com

जानकी जन्मोत्सव नौ दिवसिय मनाईदै

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1086 Views

कमल साह
जनकपुरधाम,वैशाख ३० गते । श्री जानकी नवमी महोत्सव यहाँका श्री जानकी मन्दिरलगायतका मठ मन्दिरहरुमा नौ दिवसिय कार्यक्रम विहिवारदेखि आरम्भ भएका छन ।
जानकी मन्दिरले विहिवारदेखि विशेष कार्यक्रम आरम्भ गरेको छ । जानकी मन्दिरका महंथ राम तपेश्वर दास वैष्णव ले बताउनु भए अनुसार यस महोत्सवमा प्रत्येक दिन सांझामा सीतारामको झाँकी, प्रत्येक साँझको सन्धा आरती पश्चात् मंगलगीत तथा बधाई गान,नवाह पारायण तथा अखण्ड रामायण पाठ नित्य आयोजना हुन्छ ।
त्यस्तै विहान बेलुकामा भण्डारा, व्यास नहरीनाथ महाराजद्वारा प्रत्येक दिन अपराह्न ४ बजेदेखि ७ बजेसम्म, विहान रमालीला तथा रात्री रासलीला आयोजना हुने महंथ दास ले बताउनु भयो ।
उहांले जेष्ठ ४ गते विहान ६ बजे सोभा यात्रासंगै दुग्धमती गंगा स्नान र साँझमा महा गंगा आरती दर्शन दीपोत्सव तथा प्रसाद वितरण कार्यक्रम आयोजना हुने बताउनु भयो ।
आदर्श नारीको प्रतीक मिथिलाको धरोहर श्री जानकीको अवतरण (जन्म) धरतीबाट वैशाख शुक्ल पक्ष नवमी तिथीमा भएको थियो ।
तस्र्थ मिथिलावासीका लागि जानकी नवमी एक विशेष तिथि हो । त्रेता युगमा मिथिलामा अनिकाल परेपछि मिथिला नरेश राजर्षि जनकले हलेष्टि यज्ञ गरेर हलो जोत्दा श्री सीता जी को जन्म भएको धार्मिक मान्यता रहेको छ ।
जानकी नवमीमा पूरै मिथिलाञ्चलमा विशेष हर्षोल्लासका साथ मनाईने गरिन्छ । यस अवसरमा सम्पूर्ण मिथिलावासीलाई बेलुका दिपावली मनाउन आग्रह धार्मिक संघ संगठनहरुले गरेका छन् ।
जानकी नवमीको अवसरमा आयोजित समारोहलाई सफल पार्नका लागि नवमीको दिन जनकपुरधाममा नगर दर्शन, शोभायात्रालगायतको कार्यक्रम गरिने छ ।
जानकी नवमीका दिन दुधमती नदीमा स्नान गर्ने र ब्रत गर्ने परम्परा रहेको छ । जानकी नवमी व्रत गर्नाले पुत्रलाभको ईच्छा पुरा हुने विश्वास गरिन्छ । श्री जानकी महारानी लक्ष्मीको अवतार मानिन्छ । श्री कीशोरी जी को ब्रत गर्नाले घर–घरमा सुख, समृद्धि र धनको बृद्धि हुने विश्वास गरिन्छ ।
त्रेता युगमा मिथिलामा वर्षोसम्म अनिकाल परेपछि राजा जनकले हलेष्ठि यज्ञ गरेर स्वयं हलो जोत्नु भयो । राजर्षि जनकले अढाई मोर हलो चलाउँदा भूमिबाट श्री सीता जी प्रकट हुनुभएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको पाईन्छ । श्री जानकीको नाम सीता राख्नु पछाडीको कारण यसैसंग जोडिएको छ । हलोको डोब(सिराउर) लाई संस्कृतमा सीत भनिन्छ । त्यसैले राजा जनकले उनको नाम सीता राख्नु भएको मान्यता रहेछ ।
राजा जनकले हलो जोत्दा सीतामडईमा सीता प्रकट भएकी थिइन् । जानकी नवमीको अवसरमा यहाँ जानकी मन्दिरमा विशेष पूजा आर्चा विहिवारबाट आरम्भ भएको छ ।
विक्रम सवंत १४१७ मा जनकपुर भ्रमणमा भारतको राजस्थानबाट महन्थ सुरकिशोर दास आउनु भयो । उहाँले रामजानकीको प्रतिमा मन्दिर भएको ठाउँमा नै फेला पार्नु भएको थिए । वि. सं. १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बिघा जमिन दान दिएको लिखत् प्रमाण अझैछ ।
त्यसपछि भारतको टिकमगढकी महारानी बृषभानु कुमारीले जनकपुरमा भव्य मन्दिर बनाउनु भएका थिए । मिथिला, राजपुत, मुगल र हिन्दुकलाशैलीको समिश्रण रहेको जानकी मन्दिर वि.सं.१९५५ (सन १८९९) मा शिलान्यास भई वि.संं. १९६७ (सन १९११ ) मा निमार्ण सम्पन्न भएको थियो । धैर्य, संयम र विवेककी प्रतिमूर्ति सीताको आदर्श कथा संसारभरि प्रसिद्ध रहेको छ । पुराणको सन्दर्भलाई हेर्ने हो भने उनका बराबरकी आदर्श नारी कोही देखिदैँन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

2 महीना पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

2 महीना पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

2 महीना पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

2 महीना पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

2 महीना पहिले