जनकपुरधाममा अन्नकुट पर्वमय
कमल साह
जनकपुरधाम, कार्तिक १५ गते । कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि शनिबार का दिन जनकपुरधाम स्थित का मठ मन्दिरमा भव्यता पूर्वक अन्नकुट(छपन्न भोग) पर्व मनाईएको छ । यसपाली सिंगो जनकपुरधाम अन्नकुटमय भएको छ ।
भगवान् श्रीराम लङ्कामा विजय हाँसिल गरेर श्री सीता महारानी सहित अयोध्या फर्किनु भएको खुशीयाली अवसरमा यहाँका मठ मन्दिरहरूमा अन्नकुट पर्व मनाईएको छ ।
यसमा भगवानलाई अर्पण गर्नका लागि ५६ प्रकारका बेन्जनहरु तयार पार्ने चलन रहेको छ । यसमा तयार पारेका बेन्जनहरु भगवानलाई अर्पण गरिसकेपछि प्रसादको रुपमा खुवाउने चलन पनि रहेको छ ।
अन्नकुटमा प्रयोग हुने अधिकांश सामाग्रीहरू कृषि कर्मबाट उत्पादित रहने गरेको छ । नयाँ खाद्यान्नहरू यसमा बढी प्रयोग गर्ने चलन रहेको छ ।
देवनगरी जनकपुरधामको जानकी दरबार, राम जी को दरबार,नेपाल को राज पलवैया भनेर चिन्ने तथा जानिने श्री गोविन्द दरवार ( गोविन्द मन्दिर बेला),जनक मन्दिर, विहारकुण्ड, अग्निकुण्ड, रत्नसागर,ब्याहुत कलबार ८४ सेबा समिति, रामजानकी सुडी कुटी,दक्षिण मुख हनुमान (महावीर चौक) सहितको मठ मन्दिरहरूमा भव्य रुपमा मनाईएको छ ।
.jpg)
श्री राम दरबार अर्थात ् स्वर्ण मण्डप राम मंदिर मा दुई पल्ट अन्नकुट मनाईयो।दिउँसो राम जी लाई र राति माता राजदेवी को भोजराज गरेर मनाईयो ।
जनकपुरधाममा हुने अन्नकुटको प्रसाद ग्रहण गर्नका लागि ठूल ठूला व्यक्तिहरू आफै मन्दिर पुग्ने गरेका छन् ।
जनकपुरधामको राजदेवी माता मन्दिर, जनकपुरधाम –२३ बेला गाउ स्थित श्री गोविन्द मन्दिर, प्रख्यात सीताकुण्डमा हजारौँ भक्तजनहरूले प्रसाद ग्रहण गरेका हुन।
सीता कुण्डका महन्थ एवं श्रीरामानन्दीय वैष्णव संघका वरिष्ठ उपाध्यक्ष रामनरेश दासले भन्नुहुन्छ, एकपटक निम्तो र हकार दिएपछि भक्तहरू अर्को वर्ष देखि आफै वर्षै पिच्छे प्रसाद ग्रहणका लागि आउने गरेका हुन्छन ।
अन्नकुट राम मन्दिरमा मंगलवार दिउँसो र अन्य मन्दिरमा साँझ पछि अन्नकुटको भोग तथा प्रसाद वितरण हुने गरेको थियो।
राम युवा कमिटीका अध्यक्ष सरोज साह ,महावीर युवा कमिटी का अध्यक्ष अजय गुप्ता , गोविन्द सेवा समिति का अध्यक्ष राघवेन्द्र साह लगायतले अन्नकुट मनाएर जनकपुरधाम लाई छपन्न भोगमय भएको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
16 घन्टा पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
21 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
