जनकपुरधाममा अन्नकुट पर्वमय

कमल साह
जनकपुरधाम, कार्तिक १५ गते । कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि शनिबार का दिन जनकपुरधाम स्थित का मठ मन्दिरमा भव्यता पूर्वक अन्नकुट(छपन्न भोग) पर्व मनाईएको छ । यसपाली सिंगो जनकपुरधाम अन्नकुटमय भएको छ ।
भगवान् श्रीराम लङ्कामा विजय हाँसिल गरेर श्री सीता महारानी सहित अयोध्या फर्किनु भएको खुशीयाली अवसरमा यहाँका मठ मन्दिरहरूमा अन्नकुट पर्व मनाईएको छ ।
यसमा भगवानलाई अर्पण गर्नका लागि ५६ प्रकारका बेन्जनहरु तयार पार्ने चलन रहेको छ । यसमा तयार पारेका बेन्जनहरु भगवानलाई अर्पण गरिसकेपछि प्रसादको रुपमा खुवाउने चलन पनि रहेको छ ।
अन्नकुटमा प्रयोग हुने अधिकांश सामाग्रीहरू कृषि कर्मबाट उत्पादित रहने गरेको छ । नयाँ खाद्यान्नहरू यसमा बढी प्रयोग गर्ने चलन रहेको छ ।
देवनगरी जनकपुरधामको जानकी दरबार, राम जी को दरबार,नेपाल को राज पलवैया भनेर चिन्ने तथा जानिने श्री गोविन्द दरवार ( गोविन्द मन्दिर बेला),जनक मन्दिर, विहारकुण्ड, अग्निकुण्ड, रत्नसागर,ब्याहुत कलबार ८४ सेबा समिति, रामजानकी सुडी कुटी,दक्षिण मुख हनुमान (महावीर चौक) सहितको मठ मन्दिरहरूमा भव्य रुपमा मनाईएको छ ।
श्री राम दरबार अर्थात ् स्वर्ण मण्डप राम मंदिर मा दुई पल्ट अन्नकुट मनाईयो।दिउँसो राम जी लाई र राति माता राजदेवी को भोजराज गरेर मनाईयो ।
जनकपुरधाममा हुने अन्नकुटको प्रसाद ग्रहण गर्नका लागि ठूल ठूला व्यक्तिहरू आफै मन्दिर पुग्ने गरेका छन् ।
जनकपुरधामको राजदेवी माता मन्दिर, जनकपुरधाम –२३ बेला गाउ स्थित श्री गोविन्द मन्दिर, प्रख्यात सीताकुण्डमा हजारौँ भक्तजनहरूले प्रसाद ग्रहण गरेका हुन।
सीता कुण्डका महन्थ एवं श्रीरामानन्दीय वैष्णव संघका वरिष्ठ उपाध्यक्ष रामनरेश दासले भन्नुहुन्छ, एकपटक निम्तो र हकार दिएपछि भक्तहरू अर्को वर्ष देखि आफै वर्षै पिच्छे प्रसाद ग्रहणका लागि आउने गरेका हुन्छन ।
अन्नकुट राम मन्दिरमा मंगलवार दिउँसो र अन्य मन्दिरमा साँझ पछि अन्नकुटको भोग तथा प्रसाद वितरण हुने गरेको थियो।
राम युवा कमिटीका अध्यक्ष सरोज साह ,महावीर युवा कमिटी का अध्यक्ष अजय गुप्ता , गोविन्द सेवा समिति का अध्यक्ष राघवेन्द्र साह लगायतले अन्नकुट मनाएर जनकपुरधाम लाई छपन्न भोगमय भएको छ ।
कमेन्ट गर्नुहोस्

संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..
प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..
2 दिन पहिले
अपांग संघ धनुषा को सभापतिमा पुनः महासेठ निर्विरोध निर्व..
कमल साह जनकपुरधाम, असार ३ गते । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र धनुषा शाखाको सभापतिमा पदमा पुनः नन्दकिशो..
2 दिन पहिले
नेपालको विकासमा छिमेकी राष्ट्रहरूको महत्वपूर्ण योगदान ..
कमल साह,जेठ २२ गते । जनकपुरधाम । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको विकासमा हाम्रा दुई छ..
15 दिन पहिले
हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु
मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..
2 महीना पहिले
खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..
धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..
2 महीना पहिले
संवाददाता

