+977 9854027065 | akulpdsah@gmail.com

कविता :- विद्यालय मन्दिर हो

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1191 Views

       कविता
विद्यालय मन्दिर हो

लेखक ः मनोज पण्डित
     बिदेह न.पा. ७,
   वेलापटटी, धनुषा

 

विद्यालय मन्दिर हो पूजा गर्ने स्थान ।
तर बनाइ दियो राजनितिकको संस्थान ।।

भन्छ विद्यालय हो न्याय दिने अदालत ।
तर यहाँ हुन्छ झुठको वकालत ।।

विद्यालयमा गर्छ पक्षपात र स्वार्थ ।
जहाँ मिल्छ आम्दानी त्यसलाई दिन्छ साथ ।।

साँचो बोल्नेको यहाँ हुदैन भलाई ।
झुठो बोल्नेको यहाँ मिल्छ सफाइ ।।

ठुला ठुला गफ हाक्ने गर्छ आफनो बखान ।
पढाइ लेखाइ शुन्य गर्छ, दिनभरि टुक्का उखान ।।

आफनो स्वार्थ नदेखि विद्यार्थीको जीवन सुधार ।
जीवन उसको राम्रो बनाइ देउ यही छ उपकार ।।

मजदुरी गरी नानीवावुलाई पठाउँछ स्कुल ।
सपना पुरा हुन्छ कि यो हो मेरो भुल ।।

विद्यालय त छदै न्यायलय बनाइ देउ ।
जीवन जिउने बाटो राम्रो देखाइ देउ ।।

हजुरसंग यही मेरो छ बिन्ति ।
बताइ दिनु ज्ञान ज्योतिको कति छ किन्ति ।।

 

लेखक ः मनोज पण्डित
   बिदेह न.पा. ७,
  वेलापटटी, धनुषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

27 दिन पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

1 महीना पहिले

रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..

भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..

1 महीना पहिले

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

5 महीना पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

5 महीना पहिले