+977 9854027065 | akulpdsah@gmail.com

सीताराम विवाह महोत्सव आरम्भ सीता स्वयंवर हेर्न उतराखण्डको पर्यटन मंत्री आउने

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

850 Views

कमल साह
जनकपुरधाम,मंसिर ३ गते । भगवान राम र सीता विवाहको सम्झाना गरि मनाईने विवाह पंचमी महोत्सव आज शुक्रवारदेखि आरम्भ भएको छ । त्यस महोत्सवको दर्शन पुजन गर्न भारत उतराखण्ड राज्यको पर्यटन मंत्री रामपाल सिंह आउँदै हुनुहुन्छ ।
यहाँका प्रशिद्ध मन्दिरहरु मध्येका दुई राम मन्दिर (रामदरबार) र जानकी मंन्दिर (जानकी दरबार) मा आज शुक्रबार हल्दी कुटेर राम जानकी विवाह महोत्सव शुभारम्भ भएको छ । मिथिलानीहरुले गीतनाद गाउँदै हल्दी कुट्ने कार्य भएको छ ।
यसपालि सीताराम विवाह महोत्सवको प्रमुख अतिथी भारत उतराखण्ड राज्यका पर्यटन मंत्री सतपाल सिंह रावत ‘सतपाल महाराज’ रहने छन । विवाह महोत्सवको प्रमुख आतिथ्य गर्ने वहाँ तेश्रो भारतीय शिखर व्याक्तित्व हुन ।
यसभन्दा अघिको दुई विवाहपंचमी महोत्सवमा दुई भारतीय शिखर व्यक्तित्व प्रमुख आतिथ्य गरिसकेका छन । भारतीय प्रधान मंत्री नरेन्द्र मोदी पछि भारत उत्तरप्रदेशका मुख्यमंत्री योगी आदित्यनाथ रामजानकी विवाह पंचमी महोत्सवको प्रमुख आतिथ्य गरिसकेका हुन ।
भारतीय जनतापार्टीका केन्द्रिय सदस्य समेत रहनु भएको सन्त सतपाल महाराज मंसिर १२ गते आयोजना हुने विवाह महोत्सवको मुख्य समारोहमा सहभागी हुने वृहत्तर जनकपुर विकास क्षेत्र परिषका अध्यक्ष शितल साह ले जनाएको छ ।
जानकी मन्दिरले मूल समारोह समिति गठन गरी विवाहपञ्चमीको तयारी भईरहेको जनाएको छ ।
जानकी मन्दिरले घोषणा गरेको सप्ताहव्यापी कार्यक्रम अनुसार ७ मंसिरमा जनकपुरधाम नगर दर्शन, ८ गते फुलबारी लीला, ९ गते धनुष यज्ञ, १० गते तिलकोत्सव,११ गते मटकोर,१२ गते स्वयंवर तथा विवाह र १३ गते रामकलेवा े कार्यक्रम हुनेछ ।
विश्व हिन्दुपरिषका महासचिव संतोष साहले परम्परालाई कायम राख्नको लागि विवाह पंचमीको दिन मंसिर १२ गते हरेक पसल अगाडी कलश राख्न,सांझमा दिपोत्सव मनाउन तथा आ–आफ्नो घर एवं पसलका सडक सफा राख्नको लागि हार्दिक अनुरोध गर्नुहुन्छ ।
विवाहपञ्चमीकै अवसर पाररे भारतको अयोध्या र उत्रराखण्डबाट केहि साधुसंतहरु जनकपुरधाम आउन लागेको जानकी मन्दिरका महंथ रामतपेश्वर दास वैष्णव महामण्डेलेश्वर ले जानकारी गराउनु भयो । उहाँले उनिहरु यहाँ अन्न क्षेत्र पनि संचालन गर्ने कुरा भईरहेको जनाउनु भयो ।
विवाह पंचमी महोत्सवमा शान्ति सुरक्षा कायम राख्न कुनै किसिमबाट कसर नराख्ने जिल्ला प्रहरी कार्यालय धनुषा ले जानकारी गराएको छ ।
विवाहपंचमीमा चोरी तथा पाकेटमार नियन्त्रण गर्नको लागि जनपथ र नेपाल सेना सादा पोषाकमा परिचालन हुने,संकास्पद व्यक्ति प्रवेश निषेध पार्नको लागि मेटल रिडेक्टर, कुकर र स्वयंसेवक परिचालनको लागि जिल्ला प्रहरी कार्यालय तयारी गर्दैछ ।
साथै जनकपुरधामको पहिचान कायम राख्नकोलागि विवाहपंचमीको दुईदिन अगाडी पछाडीगरी ४ दिनसम्म माछा,मासु तथा रक्सी व्यापार पूर्णतः बन्देज लगाउने योजना बनाउँदैछ ।
त्रेतायुगमा तत्कालीन मिथिलाका राजा जनकले सीता स्वयंवरको आयोजना गर्दा देशविदेशबाट राजा, राजकुमार र हजारौँ जनता सामेल भएको पौराणिक मान्यताले विवाहपञ्चमी मनाइन्छ । मिथिला परम्पराअनुसार सात दिनसम्म विभिन्न विधि सम्पन्न गरी वैवाहिक कार्यक्रमको आयोजना हुने सातै दिनलाई रोचक बनाउने तयारी भइरहेको छ ।
जानकी मन्दिरद्वारा सफाई
विवाह पञ्चमी महोत्सवको मूल कार्यक्रम हुने स्थल जानकी मन्दिर, रंगभूमि मैदानलाई केन्द्रित गरेर बृहत् सरसफाइ कार्यक्रम आयोजना हुनेछ ।
जानकी मन्दिरका रामरोशन दासको अगुवाइमा आयोजित हुने बृहत् सरसफाईमा मेयर मनोज साह, वृहत्तर जनकपुर क्षेत्र विकास समितिका अध्यक्ष शितल साह,सुरक्षा निकायका प्रदेश प्रमुखहरू, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोला लगायतका सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..

रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..

19 दिन पहिले

पत्रकार रजकको हत्या विरोधमा रैली

कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..

22 दिन पहिले

हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी

कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..

22 दिन पहिले

सेतो अण्डा ९६ क्यारेट नष्ट

मिथिला जागरण समाचारदाताजनकपुरधाम, चैत्र १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्र..

24 दिन पहिले

कानु समाज नेपालको जनकपुर नगर कमिटी र युवा मंच गठन

कमल साहजनकपुरधाम,चैत्र १५ गते । कानु समाज नेपाल धनुषा जिल्ला कार्यसमितिको सक्रियतामा जनकपुरधाम उपमहानगर पालिका..

24 दिन पहिले