+977 9854027065 | akulpdsah@gmail.com

सीतारामको विवाहोत्सव हजारौं हजार नरनारीको बीचमा आज मनाईयो

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1100 Views

कमल साह
जनकपुरधाम,मंसिर १२ गते । त्रेता युगमा भगवान राम र सीता बीच भएको वैदिक विवाहको यादास्तगर्दै आज रविवार यहाँ हजारौ हजार श्रद्धालु भक्तजनको बीचामा विवाहोत्सव मनाईयो ।
आज विवाह पँचमी तिथीमा राम मंदिरका महंथ राम गिरिको नेतृत्वमा निस्केको जैन्ती जनक चौक,शिव चौक, कदम चौक,सिडीयो कार्यालय धनुषा हुँदै भैरव चौक,महावीर चौक, राम जानकी पेठीया,जानकी नगर,महाराज सर हुँदै दशरथ मंदिरमा पुगेको छ । त्यहाँ दशरथ महराजलाई पूजा आरती गरेपछि रंगभूमि मैदानमा गएको छ । त्यहाँ जानकी मन्दिरबाट आएका सराती मध्येबाट एक जनाले श्री रामजी लाई मालालगाएर स्वंरको रसम पुरा गरिएको छ ।


जानकी मन्दिरबाट मिथिला नरेश जनकको भूमिकामा जानकी मन्दिरका महंथ महामण्डलेश्वर राम तपेश्वर दास वैष्णवको नेतृत्वमा दुल्ही जानकीको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमि मैदानमा पु¥याइएको थिए ।
दुल्हा भगवान श्रीरामको स्वर्णिम डोलालाई दुल्ही जानकीको विशेष सुसज्जित डोलाले पांच पटक परिक्रमा गरेपछि स्वयम्वर कार्यक्रम सम्पन्न हुने धार्मिक परम्परा रहि आएको छ । जानकी मंदिरबाट आएको श्री जानकी जी डोलीले राम जी को डोलालाई पाँच पल्ट चारैैतिर घुमेपछि माला हेरफेर गरि स्वयंवरको रसम पुरा भएकोे छ । सो अवसरमा सैनिक हेलीकप्टरबाट पुष्पवर्षा गरिएको छ ।
त्यसपछि जन्ती नगरपरिक्रमा गरिदै जानकी मंदिर पुगेको थियो । राती राम मंदिर र जानकी मंदिर लगायत यहाँका विभिन्न राम जानकी मंदिरमा सनातन धर्म अनुसार वैवाहिक कार्यक्रम सम्पन्न भएको छ ।
स्वयम्बर समारोह सकेर दुल्हा दुल्हीको डोला एवं झांकी सहितको हजारौंको संख्यामा रहेको जन्तीले नगर परिक्रमागरी वैदिक विवाहस्थल जानकी मन्दिर पुगेर पछि विवाह संस्कार कार्यक्रम सम्पन्न भयो ।


गोस्वामी तुलसी दासकृत रामायणमा वर्णित भएनुसार राजर्षि जनकद्वारा गरिएको प्रतीज्ञालाई अयोध्याका राजकुमार रामले धनुष भंग गरेर पुरा गरेकोले जगत जननी जानकीको विवाह उहांसंग भएको थियो । भौगोलिक दृष्टीकोणबाट दुई मुलुकमा रहेको अबध र मिथिला बीच आजका दिनमा पनि धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेका छ । यसै सम्बन्धका आनुसार अयोध्याबाट वरातीको रुपमा केही सन्त महंथहरु यहाँ आउनु भएका छन ।
विवाह पंचमीको अवसरमा यहाँ आउने श्रद्धालु भक्तजनहरुले एका विहानैदेखि गंगासागर, धनुष सागर दुधमति नदी लगायतमा मंसिर १२ गते स्नान गरेर भगवान श्री राम जानकीको दर्शन पूजन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

9 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

2 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

2 महीना पहिले