सीतारामको विवाहोत्सव हजारौं हजार नरनारीको बीचमा आज मनाईयो
कमल साह
जनकपुरधाम,मंसिर १२ गते । त्रेता युगमा भगवान राम र सीता बीच भएको वैदिक विवाहको यादास्तगर्दै आज रविवार यहाँ हजारौ हजार श्रद्धालु भक्तजनको बीचामा विवाहोत्सव मनाईयो ।
आज विवाह पँचमी तिथीमा राम मंदिरका महंथ राम गिरिको नेतृत्वमा निस्केको जैन्ती जनक चौक,शिव चौक, कदम चौक,सिडीयो कार्यालय धनुषा हुँदै भैरव चौक,महावीर चौक, राम जानकी पेठीया,जानकी नगर,महाराज सर हुँदै दशरथ मंदिरमा पुगेको छ । त्यहाँ दशरथ महराजलाई पूजा आरती गरेपछि रंगभूमि मैदानमा गएको छ । त्यहाँ जानकी मन्दिरबाट आएका सराती मध्येबाट एक जनाले श्री रामजी लाई मालालगाएर स्वंरको रसम पुरा गरिएको छ ।
जानकी मन्दिरबाट मिथिला नरेश जनकको भूमिकामा जानकी मन्दिरका महंथ महामण्डलेश्वर राम तपेश्वर दास वैष्णवको नेतृत्वमा दुल्ही जानकीको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमि मैदानमा पु¥याइएको थिए ।
दुल्हा भगवान श्रीरामको स्वर्णिम डोलालाई दुल्ही जानकीको विशेष सुसज्जित डोलाले पांच पटक परिक्रमा गरेपछि स्वयम्वर कार्यक्रम सम्पन्न हुने धार्मिक परम्परा रहि आएको छ । जानकी मंदिरबाट आएको श्री जानकी जी डोलीले राम जी को डोलालाई पाँच पल्ट चारैैतिर घुमेपछि माला हेरफेर गरि स्वयंवरको रसम पुरा भएकोे छ । सो अवसरमा सैनिक हेलीकप्टरबाट पुष्पवर्षा गरिएको छ ।
त्यसपछि जन्ती नगरपरिक्रमा गरिदै जानकी मंदिर पुगेको थियो । राती राम मंदिर र जानकी मंदिर लगायत यहाँका विभिन्न राम जानकी मंदिरमा सनातन धर्म अनुसार वैवाहिक कार्यक्रम सम्पन्न भएको छ ।
स्वयम्बर समारोह सकेर दुल्हा दुल्हीको डोला एवं झांकी सहितको हजारौंको संख्यामा रहेको जन्तीले नगर परिक्रमागरी वैदिक विवाहस्थल जानकी मन्दिर पुगेर पछि विवाह संस्कार कार्यक्रम सम्पन्न भयो ।
गोस्वामी तुलसी दासकृत रामायणमा वर्णित भएनुसार राजर्षि जनकद्वारा गरिएको प्रतीज्ञालाई अयोध्याका राजकुमार रामले धनुष भंग गरेर पुरा गरेकोले जगत जननी जानकीको विवाह उहांसंग भएको थियो । भौगोलिक दृष्टीकोणबाट दुई मुलुकमा रहेको अबध र मिथिला बीच आजका दिनमा पनि धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेका छ । यसै सम्बन्धका आनुसार अयोध्याबाट वरातीको रुपमा केही सन्त महंथहरु यहाँ आउनु भएका छन ।
विवाह पंचमीको अवसरमा यहाँ आउने श्रद्धालु भक्तजनहरुले एका विहानैदेखि गंगासागर, धनुष सागर दुधमति नदी लगायतमा मंसिर १२ गते स्नान गरेर भगवान श्री राम जानकीको दर्शन पूजन गर्नुभयो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
3 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
6 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
20 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
संवाददाता
संवाददाता
