जनक छात्रावासमा पारिवार मिलन सम्पन्न
कमल साह
जनकपुरधाम,मंसिर २८ गते । भगवन रासविहारीद्वारा संचालित तथा जनजाति कल्याण आश्रम नेपालद्वारा संयोजित जनक आश्रममा आज परिवार मिलन समारोह आयोजना गरिएको छ ।
भारतमा संचालित अखिल भारतीय वनवासी कल्याण आश्रमका अखिल भारतीय संगठन मंत्री अतुल जोगको प्रमुख आतिथ्यमा र जनक छात्रावासका अध्यक्ष कृष्णकुमार दिक्षीतको अध्यक्षतामा सो परिवार मिलन कार्यक्रम सम्पन्न भयो ।
भगवना रासबिहारी मंदिरमा संचालित जनजाति कल्याण आश्रम नेपालको जनक छात्रावास विगत २० वर्षदेखि यहाँ संचालन भईरहेको छ । तर परिवार मिलन कार्यक्रम यो पहिलो पल्ट आयोजना गरिएको छ ।
प्रमुख अतिथी अखिल भारतीय वनवासी कल्याण आश्रमका संगठन मंत्री अतुल जोग ले समाजलाई इसाई मेशनरीहरुले तोडने काम गर्दै आएको बताउँदै उहाँले थप्नुभयो, तर कल्याण आश्रमले समाजलाई जोडने काम गर्दै आएको हो ।
उहाँले इसाई मिशनरी मुस्लिम राष्ट्र इण्डोनेशियालाई विभाजन गरेको साक्षात प्रमाण रहेको थप्नुभयो ।
उहाँले मानवलाई शिक्षा मात्र होइन कि संस्कारर संस्कृतिले नै सभ्यता र पहिचान जोग्ने बताउँनुभयो । उहाँले थप्नुभयो,यो दान होईन दायित्व हाम्रो हो ।
सो कार्यक्रमका विशिष्ट अतिथी नवनिर्वाचित प्रदेश सभासद रामअशिष यादवले यहाँ पठन पाठन गर्ने विद्यार्थीहरुमा चेपांग र तमांग जातिका बच्चाहरु रहेको जानकारी गराउनुभयो ।
सो कार्यक्रम जनक छात्राबासका अध्यक्ष कृष्ण कुमार दिक्षीत को अध्यक्षता र सचिव मिलन भट्ट ले जनजाति कल्याण आश्रमको परिचय गराउनु भयो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
18 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
22 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
संवाददाता
