नेपाल भारत क्रिकेटको उपाधी कोटिया टिमलाई

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, माघ ५ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगंजमा संचालन भएको युवा अमन सामाजिक विकास केन्द्र द्वारा संचालित नेपाल भारत मैत्री कप क्रिकेट टूर्नामेंट उपाधी कोटिहको टिमले जितेको छ ।
बहादुरगंजको खेल मैदानमा भएको फाइनल खेलमा बहादुगंज टिमलाई ७८ रनका विरुद्ध ३ विकेटले कोटिहवा टिमले जित हासिल गरेको हो । विजेता टिमलाई बधाइ दिदै कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले खेलले व्यक्तिलाई सदैब स्वास्थ राख्दै अनुशासनमा कटिबद्ध गराउने बताउनु भयो । खेलकुद प्रतियोगिताले खेलाडी विच अनुशासित र मित्रवत व्यवहारमा समेत परिर्वतन गर्ने नगर प्रमुख शाहले बताउनु भयो ।
आफु पनि खेलाडी भएकोले खेल र खेलाडीको महत्व बोध भएको बताउदै बहादुरगंजको खेल मैदानलाई व्यवस्थित गरी खेल मैदान बनाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने उहाँले बताउनु भयो । क्लबले मैदानलाई व्यवस्थापन गरे नगरपालिकाबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता मेयर शाहले गर्नु भयो ।
बहादुरगंज खेल मैदानमा भएको नेपाल भारत मैत्री पूर्ण खेलको समापन सत्रमा नेपाल समाजवादी पार्टिका कपिलवस्तु जिल्ला अध्यक्ष राम निवास पुरी , युवा नेता निर्भय सिंह , राष्ट्रीय युवा संघ नेपालका पूर्व केंद्रीय सदस्य नवाब शाह , लोसपा नेपालका जिला अध्यक्ष शिव कुमर गुप्ता, समाजसेवी शिव प्रशाद जैस्वाल, इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरिक्षक धन बहादुर केसी , कृष्णनगर नगरपालिका योजना शाखा प्रमुख शाकिर खान, सेंट जुडस एकडमी स्कूलका प्रधानाध्यापक तफसीर खान, एकीकृत समाजवादी पार्टी नेपालका नगर अध्यक्ष इंतेखाब खान लगायतको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
2 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
2 महीना पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
3 महीना पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
3 महीना पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
3 महीना पहिले
संवाददाता
संवाददाता

