जनकपुरमा चैते छठ लगायत तीन पर्वको चहलपहल आरम्भ
कमल साह
जनकपुरधाम,चैत्र ११ गते । प्राचिन मिथिलाको राजधानी तथा मधेश प्रदेशको राजधानी जनकपुरधाममा अचेल चैते छठ लगायत तीनवटा पर्वको चहलपहल आरम्भ भएको छ ।
चैत्र महिनाको शुक्लपक्षमै यहाँ नवरात्रा, छठ र श्री राम जन्मोत्सव मनाइने गरिएको ले वाहिरबाट आउने पर्यटकहरु एक साथ तीन वटा धार्मिक पर्वको नजारा लिने अवसर प्राप्त गर्दछन।
यहाँ प्रतिपदा तिथी अर्थात गत बुधबारबाट चैते नवरात्रा आरम्भ भएको छ । त्यस्तै चैत्र १६ गते आयोजना हुने श्री राम जन्मोत्सवको तयारी पनि विहिवारबाट आरम्भ भईसकेको छ । उसैगरी शनिवार आरम्भ हुने चैते छठको चहलपल बजारमा आरम्भ भईसकेको छ ।
चैते छठको लागि चतुर्थी तिथि अर्थात शनिवारबाट नहा खा शुरु हुँदैछ । त्यसको भोलि पल्ट पञ्चमी तिथिका दिन खरना विधि हुनेछ ।
खरनामा दिनभरि व्रतीले उपवास बसेर सांझ तीर आफैँले पकाएको सख्खरको खीर, पुरी ,केरा,लडु,फुल पानबाट सूर्यलाई निम्तो गर्नेछन । सो नुनरहित को प्रसाद व्रतिले खाने चलन रहेको छ ।
कार्तिक महिनामा मनाइने शरद ऋतुको छठ जस्तै विधि विधान अनुसार गृष्म ऋतुमा मनाइने छठ पर्व अन्तर्गत षष्ठी तिथिका अस्ताउँदो तथा सप्तमी तिथिका उदाउँदो सूर्यलाई अर्घ दिई समापन गरिन्छ ।
चैते छठ कार्तिक महिनामा मनाइने छठ भन्दा अझै कठोर मानिन्छ ।
छठ पर्व गर्ने व्रतीहरू बिहान घर नजिक भएको नदी, तलाउ एवं सरोवरमा स्नान गरेर नयाँ तथा चोखो वस्त्र धारण गरी साकाहार भोज्य पदार्थहरुमा पनि लहसुन,प्याज,कोदो,भद्री धानको चामल, उसिना चामल बाहेकका खाने कुरा खाने गर्दछन् । त्यसलाई ‘नहा खा’ भनिन्छ ।
यसमा पनि कार्तिक महिनामा मनाइने छठ जस्तै प्रसादको रुपमा ठेकुवा, भूसवा, केला, उखु, नारियल, अदुवा, मूला, फलफूल सहितका सामाग्रीहरूलाई टपरी, डगरी, सुपली, कुनिया, ढकना लगायतको भाडामा प्रसाद राखेर जलासय नजिक लगिन्छ र सूर्य देवतालाई अर्पण गर्ने चलन छ ।
सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि चैते छठको समापन गरिन्छ । पर्वको समापन भएपछि व्रतीले ४८ घण्टापछि परना अर्थात् खाना खाने चलन रहेको छ ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
17 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
27 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
