+977 9854027065 | akulpdsah@gmail.com

रामनवमा आउनुभएका योगीहरुलाई मालपुवासंगै विदाई

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1003 Views

कमल साह
जनकपुरधाम, चैत्र २१ गते । रामनवमीको अवसर पारेर देश विदेशबाट यहाँ आउनुभएका सन्यासी योगीहरु चैत्र १७ गते राती मालपुवाको भोज संर्गै विदाई भएका छन ।
मार्यादा पुरुषोत्तम भगवान श्री रामको जन्मोत्सव अवसरमा राममन्दिरमा विशेष धार्मिक कार्यक्रम आयोजना गरिएको थियो । सो जन्मोत्सवमा सहभागी हुन देश र विदेशबाट चार सय ६८ सन्यासी योगी यहाँ आएको गुठी कार्यालयले जनाएको छ । राममन्दिरमा आउनु भएका योगीहरुलाई चैत्र ८ गते बिहानैदेखि गुठी संस्थान जनकपुर शाखाले भोजन र विशेष पूजाको व्यवस्था गरेको थियो भने अन्तिम दिन शुक्रबार मालपुवाको भोज खुई दक्षिणा दिंदै विदाई गरेका छन ।
राम मंदिरका महंथ राम गिरी र गुठी कार्यालय प्रमुख आनन्द प्रसाद कर्माचार्य को उपस्थितिमा योगीहरुका कारोवारी महंथ जयप्रसाद गिरी ले योगीहरुलाई विदाई दक्षिणा प्रदान गर्न लगाएको थिए । गुठी प्रमुख आनन्द प्रसाद कर्माचार्यले रामनवमी मेलाको अवसरमा यहाँ पाल्नु भएका योगीहरुमा लालमोहरीया सबभन्दा बढी रहेको जनाउनु भयो । रामनवमीमा यसपाली श्री महंथ ३० जना,लालमोहरिया १५० जना, फुटकर महंथ ५० जना,नागाबाबा २० जना, महापुरुष ४० जना, अखाडाको भाट ४० जना,राममन्दिर को ८८ जना र बाहिरिया साधु ५० जना समेत ४ सय ८६ जना योगीहरु सहभागी भएको उहाँले बताउनु भयो ।
राम मंदिरका महंथ राम गिरी ले लालमहोरीया योगी बढी आएको ले गुठीमा माथि व्यय भार थप्ने कार्य भएको बताउनु भयो ।
त्यस्तै गुठी कार्यालय जनकपुरधामका लेखा प्रमुख रामनारायण साह ले रामनवमी अवसरमा आउने साधु सन्तहरुलाई दाउरा समेत उपलब्ध गराउने कार्य उहिल्ये देखि हुँदै आएको बताउँदै ति हरहिसाब दुई चार दिन भित्रमा आउने जानकारी गराउनु भयो ।
रामनवीको अवसरमा यहाँ आउने श्रद्धालु भक्तजनहरु एका विहानैदेखि गंगासागर, धनुषसागर दुधमति नदी लगायतमा स्नान गरेर भगवान श्री रामको दर्शन पूजन गर्नुभएको थियो । रामनवमीको अवसरमा भजन,कीर्तन, शोभा यात्रा लगायतका धार्मिक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । रामनवमी अवसरमा देशभरका राममन्दिरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना गर्ने भक्तजनको भीड लागेको थियो ।
त्रेतायुगमा चैत्र नवमीको दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथै व्रतबसी रामगीता पाठ, अध्यात्म, बाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायणवाचन गर्ने र भगवान रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । भगवान रामको जन्मदिन व्रतबसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ बास हुने कुरा ‘व्रतार्क नामक धर्मग्रन्थमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

16 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले