+977 9854027065 | akulpdsah@gmail.com

छिमेकी चराको गणना मोबाइलबाट

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

704 Views

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, जेष्ठ १८ गते ।छिमेकी चराको गणना सुरु भएको छ । जेठ १८ गतेदेखि ञछिमेकी चरा’ एप्लीकेशनको मार्फतबाट जो सुकैले पनि आफ्नो घर टोलमा देखिएका चराको गणना गर्न सकिने छ ।

नेपाल पन्छी संरक्षण संघका फिल्ड बायोलोजिस्ट दिलीप चन्दले गणना गर्ने ‘छिमेकी चरा’ को एप्लिकेशनको प्रयोग गरी जो सुकैले गणनामा सहभागी हुन सक्ने बताए । उनका अनुसार एप डाउनलोड गर्नुपर्ने हुन्छ । जसमा नेपालमा पाइने चराहरूको चित्र र विशेषता उल्लेख गरिएको छ ।

घर वरपर देखिएका चराको चित्र हेरी पहिचान गर्न सकिने छ । गणना गरेको चराको विवरण एपको माध्यमबाट पठाउनुपर्ने छ । चरा गणना गर्दा मोबाइलको लोकेशन अन गरी जिल्ला छान्नुपर्ने बताइएको छ । छिमेकी चराको गणना यहि जेठ २५ गतेसम्म संघको आयोजनामा सञ्चालन हुने जनाइएको छ । मानव बस्ती आसपासमा आउने दूरबिन बिना पहिचान गर्न सकिने एक सय बढी प्रजातिसहित अन्य चराको गणना गरिने फिल्ड बायोलोजिस्ट चन्दले बताए ।

“चरा अवलोकनमा चासो दिने देशभरमा सानो समुदाय रहेको छ । यसलाई बिस्तार गर्न जरुरी छ ।“ छिमेकी चरा कार्यक्रमका अधिकृत आरती नेपालीले भनिन् । उनका अनुसार नागरिकहरू छिमेकी चरा गणनामा सहभागी हुँदा चरा प्रतिको प्रेम बढ्दै जाने छ । चराको रहनसहन समेत थाहा हुने छ । समुदायमा रहेका चराको अवस्था समेत थाहा हुने छ ।’ सन २०२२ देखि छिमेकी चराको गणना गर्न सुरु भएको संघका कार्यक्रम अधिकृत भूपाल नेपालीले बताए ।

जाडो याम र गर्मी याममा वर्षमा दुई पटक गणना हुने उनले जनाए । स्थानीय जनताको सहभागिता गराउन हरेक जिल्लामा स्वमसेवकको व्यवस्था गरिएको भूपालको भनाइ छ । ती स्वयंसेवकले समुदायमा पुगेर चराको विषयमा जानकारी दिने, पहिचान गर्न र एप्लीकेशनबाट गणना गर्न सिकाउने जनाइएको छ । आफ्नो घर, छत, सडक, पार्क लगायतका स्थानमा देखिएका चराको गणना हुने छ । गणना गर्ने स्थानमा कम्तीमा १५ देखि ३० मिनेटमा देखिने चराको रेकर्ड राखी सहयोग गर्न संघले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

6 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

7 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

7 दिन पहिले

होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..

नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..

8 दिन पहिले

संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..

प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..

13 दिन पहिले