छिमेकी चराको गणना मोबाइलबाट
प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, जेष्ठ १८ गते ।छिमेकी चराको गणना सुरु भएको छ । जेठ १८ गतेदेखि ञछिमेकी चरा’ एप्लीकेशनको मार्फतबाट जो सुकैले पनि आफ्नो घर टोलमा देखिएका चराको गणना गर्न सकिने छ ।
नेपाल पन्छी संरक्षण संघका फिल्ड बायोलोजिस्ट दिलीप चन्दले गणना गर्ने ‘छिमेकी चरा’ को एप्लिकेशनको प्रयोग गरी जो सुकैले गणनामा सहभागी हुन सक्ने बताए । उनका अनुसार एप डाउनलोड गर्नुपर्ने हुन्छ । जसमा नेपालमा पाइने चराहरूको चित्र र विशेषता उल्लेख गरिएको छ ।
घर वरपर देखिएका चराको चित्र हेरी पहिचान गर्न सकिने छ । गणना गरेको चराको विवरण एपको माध्यमबाट पठाउनुपर्ने छ । चरा गणना गर्दा मोबाइलको लोकेशन अन गरी जिल्ला छान्नुपर्ने बताइएको छ । छिमेकी चराको गणना यहि जेठ २५ गतेसम्म संघको आयोजनामा सञ्चालन हुने जनाइएको छ । मानव बस्ती आसपासमा आउने दूरबिन बिना पहिचान गर्न सकिने एक सय बढी प्रजातिसहित अन्य चराको गणना गरिने फिल्ड बायोलोजिस्ट चन्दले बताए ।
“चरा अवलोकनमा चासो दिने देशभरमा सानो समुदाय रहेको छ । यसलाई बिस्तार गर्न जरुरी छ ।“ छिमेकी चरा कार्यक्रमका अधिकृत आरती नेपालीले भनिन् । उनका अनुसार नागरिकहरू छिमेकी चरा गणनामा सहभागी हुँदा चरा प्रतिको प्रेम बढ्दै जाने छ । चराको रहनसहन समेत थाहा हुने छ । समुदायमा रहेका चराको अवस्था समेत थाहा हुने छ ।’ सन २०२२ देखि छिमेकी चराको गणना गर्न सुरु भएको संघका कार्यक्रम अधिकृत भूपाल नेपालीले बताए ।
जाडो याम र गर्मी याममा वर्षमा दुई पटक गणना हुने उनले जनाए । स्थानीय जनताको सहभागिता गराउन हरेक जिल्लामा स्वमसेवकको व्यवस्था गरिएको भूपालको भनाइ छ । ती स्वयंसेवकले समुदायमा पुगेर चराको विषयमा जानकारी दिने, पहिचान गर्न र एप्लीकेशनबाट गणना गर्न सिकाउने जनाइएको छ । आफ्नो घर, छत, सडक, पार्क लगायतका स्थानमा देखिएका चराको गणना हुने छ । गणना गर्ने स्थानमा कम्तीमा १५ देखि ३० मिनेटमा देखिने चराको रेकर्ड राखी सहयोग गर्न संघले अनुरोध गरेको छ ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
10 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
21 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
