+977 9854027065 | akulpdsah@gmail.com

बागमती नदीमा मधेश प्रदेश स्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

744 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ २४ गते । वर्षायाम सुरु हुने समय आएको र त्यसबेला के(कसरी उद्धारको काम गर्न सकिन्छ भनी सेना, प्रहरी र सशस्त्र भएर संयुक्त रुपमा उद्धार अभ्यास प्रदर्शन गरिएको छ ।

बागमती नदीस्थित नुनथरमा आज (बुधबार ) बिहान मधेश प्रदेश स्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास गरेर देखाइएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यतामा उद्धार अभ्यास गरिएको मधेश प्रदेशको विपद् व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा उद्धार अभ्यास गरेका हुन् ।

कार्यक्रमलामा मुख्यमन्त्री यादवले बाढी तथा डुबानको उच्च जोखिममा रहेको यस प्रदेशभित्र उद्धारका सामग्रीको अभाव हुन नदिन प्रदेश सरकारले व्यवस्था गर्ने र केन्द्र सरकारसँग समेत माग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा मधेश प्रदेशको गृह, सञ्चार, तथा कानून मन्त्रालयका सचिव उमेशकुमार ढकाल, नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिवासका उपरथी प्रेमध्वज अधिकारी, प्रदेश प्रहरी प्रमुख (डीआइजी) जनक भट्टराई, सशस्त्र प्रहरी प्रदेश प्रमुख (डीआइजी) दीपेन्द्रकुमार साह, सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र लगाएत, अन्य सुरक्षा निकायका जिल्ला स्थित जिल्ला प्रमुख, विपद्को क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि, संचारकर्मी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

21 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

1 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

2 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले