गोविन्द पूजनोत्सवको भव्य तयारी

कमल साह
जनकपुरधाम, भाद्र १९ गते । यहाँ बेला गाउँ स्थित दुधमति नदीको तटमा अवस्थित श्री गणिनाथ महाराजको अवतरण दिवस र श्री गोविन्द भगवानको प्रकाट्य दिवस भव्य रुपमा मनाउने तयारी भईरहेको छ ।
श्री कृष्ण जन्माष्टमी पछिको पहिलो शनिवारका दिन शिव शंकर भोले कैलाशवासी महादेव जी को दुत श्री गणिनाथ महाराज अवतरण हुनुभएको थियो ।
त्यस्तै दिव्य महापुरुष एवं महर्षि श्री गणिनाथ जी महाराजको पुत्ररत्न रुपमा श्री कृष्ण भगवानको अर्को रुप श्री गोविन्द भगवान सोही दिन प्रकाट्य हुनुभएको ईतिहास वेत्ताहरु बताउने गरेका हुन ।
सो अवसरमा श्री गोविन्द सेवा समिति बेला ले अन्य वर्ष झैं यसवर्ष पनि पुजनोत्सव मनाउने तयारी गरिरहेको जनाएको छ ।
गोविन्द सेवा समितिका रमेश साह का अनुसर भाद्र २२ गते अष्ठयाम,२३ गते बिहान कलश यात्रा र त्यसपछि पुजनोत्सव कार्यक्रम हुनेछ ।
पुजनोत्सवलाई सफता पुर्वक सम्पन्न गराउनको लागि गोविन्द पूजा मुल समारोह समिति गठन गरिएको छ । त्यस अन्तर्गत प्रचार प्रसार समिति, कलश यात्रा समिति,भोजन व्यवस्थापन लगायतका समितिहरु गठन गरिएको जनाएको छ ।
कलश यात्रा बेलादेखि जनकपुरधाम स्थितको ऐतिहासिक सरोवर गंगासागरबाट जल ल्याउने कार्यक्रम रहेको छ । गोविन्द मन्दिरबाट निस्कने कल यात्रा बेला गाउँको परिक्रमा गर्दै रामजानकी दुल्हा बस पार्क,जिरोमाईल,बष्ठि चौक,बजरंग चौक,रामनन्द चौक, रंगभुमि हुँदै जानकी चौक,जनक चौक,शिव चौक हुँदै गंगासागरबाट जल भर्ने जनाएको छ ।
त्यसपछि जनकपुरधाम स्थितको गोविन्द मन्दिर हुँदै रामचौक,महावीर चौक,तप्सी चौक,जिरोमाईल भएर पुनः गोविन्द मन्दिर पुग्ने कार्यक्रम रहेको छ ।
कमेन्ट गर्नुहोस्

कैन्सर रोग विशेषज्ञ डा. साह सम्मानित
कमल साह जनकपुरधाम, असोज ६ गते । कैन्सर रोग विशेषज्ञ होमियोपैथी चिकित्सक डा.उपेन्द्र साह सम्मानित हुनु भएको छ । जटि..
17 दिन पहिले
हरिवन ८ को वडा कार्यालय आफ्नै भवनमा, संघीय सांसदले गरे उद..
सन्जु कर्ण, सर्लाही, सर्लाही, आश्विन ३ गते । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ८ ले आफ्नै भवनबाट कार्यालय सञ्चाल..
17 दिन पहिले
सर्लाहीमा फेरि मूर्ति विसर्जनमा विवाद, प्रहरीको गाडी र ग..
सन्जु कर्ण, सर्लाही, सर्लाही, आश्विन ३ गते । सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा विश्वकर्माको मुर्ति सेलाउने विषय..
17 दिन पहिले
धनुषाको सबैला नगरपालिकामा झोले डाक्टरहरुको ब्रहमलुट
धिरेश दत्तजनकपुरधाम, असोज २ गते मंगलबार । जनकपुररधामः मधेश प्रदेशको राजधानी जनकपुरधाम आसपासका ग्रामिण भेगहरुमा..
17 दिन पहिले
मिथिलाञ्चलमा धुमधामका साथ आज चौरचन पर्व मनाइँदै
धिरेश दत्तजनकपुरधाम, असोज १ गते सोमबार । जनकपुरधामः मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व आज मनाइ..
17 दिन पहिले
_1686738701.jpeg)
