बाल दिवसको अवसरमा सडक नाटक तथा प्रभातफेरी कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही,
सर्लाही, भदौ २९ गते । महादेव जनता मावि हरिवनले (आज) शुक्रबार लागुपदार्थ दुर्ब्यसन तथा सामाजिक संजालको दुरुपयोग बिरुद्ध सचेतना मुलक नाटक साथै हरिवन नगर प्रभातफेरी र म्युजिकल चेयर रेस प्रतियोगिता गरी बाल दिवस मनाएको छ ।
महादेव बाल क्लब तथा महादेव जनता माविको संयुक्त आयोजना साथैं महादेव जनता मावी नर्स शाखाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी“ नाराका साथ बालबालिका माथि हुने बाल हिंसा तथा दुर्ब्यवहारको अन्त्यको लागि यस कार्यक्रम गरिएका बालक्लवका स्रोत शिक्षक डिसन कार्कीले जानकारी दिए । शिक्षक डिल्लीरमण भट्टराईले निर्देशन गरेको सडक नाटकलाई विद्यालयको विद्यार्थी भाइबहिनीहरुले सगुन सहकारीको भवन अगाडी प्रस्तुत गरेका थिए ।

बाल दिवसको अवसरमा भएको कार्यक्रममा महादेव बाल क्लबको अध्यक्ष सरस्वती साहको सभाध्यक्षता रहेको र विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष मोहन कार्की र समिती सदस्य कुल बहादुर थपलियाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा हरिवन नगरपालिका वडा नम्बर ८ को वडाध्यक्ष प्रज्वल ढुंगाना र हरिवन नगर स्वास्थ्य प्रमुख राम बाबू चौधरी, बगमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, स्वास्थ्यकर्मी श्याम कुशवाहा लगाएत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

उक्त अवसरमा बालक्लबका अध्यक्ष सरस्वती साहले कुनैपनि बालबालिका शोषण र पढाइबाट बन्चित हुनु नपरोस् भन्ने कुरा बताएका थिए । उनले उक्त कार्यक्रममा सामाजिक संजालको दुरुपयोग गर्नाले समाजमा नकरात्मक असर पर्ने बताएका छन् ।
कार्यक्रममा हरिवन माविमा संचालित एनसीसी टूुप्स र स्काउट टूुप्सले सहभागिता जनाउनुका साथै प्रभातफेरि र सडक नाटकको लागि सहजीकरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक गिरिराज रानाले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
10 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
21 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
