+977 9854027065 | akulpdsah@gmail.com

सर्लाहीमा फेरि मूर्ति विसर्जनमा विवाद, प्रहरीको गाडी र गाउँपालिका कार्यालयमा तोडफोड

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

769 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, आश्विन ३ गते । सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा विश्वकर्माको मुर्ति सेलाउने विषयमा विवाद उत्पन्न भएको छ । त्यस क्रममा केही व्यक्तिले ब्रम्हपुरी गाउँपालिका कार्यालयमा तोडफोड गर्नुको साथै सशस्त्र प्रहरीको गाडीमा ढुंगामुढा समेत गरेका छन् ।
ढुंगामुढा प्रहारबाट गाउँपालिका कार्यालय र प्रहरीको गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए । विश्वकर्माको मुर्ति सेलाउने जाने रुटको विषयमा विवाद हुँदा केही अराजक समूहले अवस्था विगार्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
‘केही व्यक्तिले विश्वकर्माको मूर्ति सेलाउन जाने रुट नजिकैको मुस्लिम बस्तीलाई बनाउन खोजेका थिए,’ डीएसपी पञ्जियारले भने, ‘प्रहरीले त्यसलाई रोक्न खोजेपछि उनीहरुले प्रहरीको गाडी र गाउँपालिका कार्यालयमा ढुंगामुढा गरेका हुन् ।’
उनले ढुंगामुढा प्रहारबाट कोही घाइते नभएको र गाउँपालिका कार्यालयमा पनि झ्यालका सिसाहरु फुट्नु बाहेक ठूलो क्षति नभएको बताए । घटनामा संलग्न कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जनाएको छ ।
दुई साताअघि सर्लाही सदरमुकाम मलंगवामा कृष्ण जन्माष्टमीको मुर्ति सेलाउने क्रममा केही उच्छृंखल समूहले हिन्दु मुस्लिम बीचको साम्प्रदायिक सद्भाव विथोल्ने प्रयास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

4 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

24 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले