+977 9854027065 | akulpdsah@gmail.com

नवरात्रामा दर्शनगर्ने जनकपुरधामका पीठहरुको मान्यता

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

666 Views

कमल साह
जनकपुरधाम,कार्तिक २ गते । ‘मिथिलाको पाईला पाईलामा देवी देवताको स्थान रहेको मान्यता पाईने गरिन्छ । तर , त्यसमा सवभन्दा ठुलो देवी माता जानकीलाई नै मान्ने गरिन्छ । उनी बाहेक शक्तिस्वरुपा देवीमाताहरु पनि छिन । जस्लाई यहाँका धर्मभिरुहरु ले श्रद्धा र आस्थाका साथ नित्य पूजापाठ गर्दै आएका छन ।’
वर्षभरी विरणाझैं रहने देवी माताहरुको दर्शनगर्न मान्छेहरु एकाविहानै देखि लाममा बस्दै आएका हुन्छन्। धार्मिक मान्यता अनुसार नवरात्रामा देवीको दर्शन पुजन गर्ने विधी विधान रहेको छ । तर, विधी विधानलाई छोडेर हामी जनकपुरधाममा रहेको देवी माताहरु बारेमा उल्लेख गर्दैछांै ।

राजदेवी माता
राजदेवी माता सात वहिनी रहनु भएको मान्यता छ । माता सातवटै वहिनीमा सबभन्दा सानी रहेको भनाईछ । यहां राजदेवी माताको सातवटै वहिनीको वारेमा चर्चा गर्दैछौं ।
राममन्दिरको अर्को आंगनमा राजदेवी माताको स्थान रहेको छ । राजा जनकको इष्ट देवी तथा भगवान रामको कुल देवी नामबाट प्रचारित राजदेवी माताको दर्शन पूजन गर्नेहरुको चाप दिनानु दिन बढ्दै छ । श्रद्धा र आस्था पुर्वक यहाँ दुर्गा पुजा मान्दै छ । माता राजदेवीमा वर्षको एक दिन महाअष्टमी तिथिमा वली प्रदान गर्ने चलन रहेको छ ।
राजदेवी मंदिरमा घटस्थापन भएपछि नवरात्रा भरी महिलालाई दर्शन गर्नबाट बंचित पारेको हुन्छ । जात्राको दिन जमरा कटाई सकेपछि महिलालाई दर्शन गर्न दिने चलन रहेको छ ।

बौद्धिमाता
बौद्धिमाता राममन्दिर देखि दक्षिणमा रहेको रामसागरको उत्तरी डिलमा अवस्थित छ । भनिन्छ– महाअष्टमी तिथिमा राजदेवी मातालाई वलि प्रदान गर्न नसेकपछि भोलीपल्ट बौद्धी मातामा वलि प्रदान गर्न सक्ने प्राबधान रहेको छ । यहाँ दुर्गापुजाको अवसरमा वेलुका दिनभरी श्रद्धालु भक्तजनको घुईचो हुन्छ ।

अन्नपुर्णा माता
रामचौक स्थित तथा रामसागरको पूर्वी उत्तरी कुणामा अन्नपुर्णा माताको मन्दिर रहेको छ । अमरखाना माता भनेर प्रचारित माता अन्नपुर्णाले सबैलाई धन्यधान बनाउने गर्छन भनि विश्वास गरिन्छ ।
माताको दर्शन पूजन गर्नेहरुको घुँईचो एका विहानैदेखि लाग्ने गरेका हुन्छन ।

फुलेश्वरी माता
राजदेवी माताको सात बहिनी मध्ये फेलेश्वरी माता पनि एक हो भनी जनविश्वास गरिन्छ । सीताराम गौशालामा विराजमान माता फुलेश्वरी पिण्ड रुपमै स्थापित रहेकी छिन । विजया दशमीको अवसरमा समेत त्यति भिडभाड यहां नहुने गरिन्छ । यहाँ वलि प्रथाको प्रावधान नरहेको बताइन्छ ।

पिररिया माता
रामस्वरुप रामसागर क्याम्पसदेखि उत्तर र विद्युत कार्यालय भन्दा पूर्वमा पिररिया माताको मन्दिर रहेको छ । राजदेवी माताको सात बहिनी मध्ये एक पिररिया माता रहेको हो । माता बसेको ठाउँमा पहिले पहिले पिराड र छहोराको रुखले भरिएको थियो ।
यहां दिनदुःखीहरु मन्दिरछेउमा गएर आफनो विन्ती सुनाउँदा माता सुन्ने गरेको बताइन्छ । भन्निछ–विद्युत कार्यालय स्थापना हुँदा माताको पूजा अर्चना नगरेको हुनाले मेसीन चल्ने गरेको थिएन । पछि विद्युत कार्यालयले विजुली बतिको व्यवस्था गर्दै आएको छ ।

वनसतो माता
जनकपुरधाम–बसहिया जानेबाटोमा वनसतो माता स्थापित रहेको छ । माता राजदेवीको सात बहिनी मध्येबाटै रहनु भएको वनसतो माता करुणामयी हुनहुन्छ । भनिन्छ– पहिला पहिला रातीमा एक्लै जाँदा माताले कुकुरको रुपधारणगरी संगै जाने गरेको हुन्थे ।
ममतामयी मातालाई लोकाचारमा सोनासती माता भन्दै आएको छ । दुर्गापुजाको अवसरमा मातालाई सजाउने कार्य स्थानीय युवाहरुले क्लबको माध्यमबाट गर्दैछन ।

सोनासती माता
माता राजदेवीको सात बहिनी मध्येबाट एक मान्दै आएको सोनासती माता दीनहिन व्यक्तिलाई मद्दत पु¥याउदै छिन । पुरानो विन्धी गा.वि.स.को लादो टोलमा रहेको सोनासती मातालाई गाउँवासीले अषाढी पुजाको वेला पूजा गर्दैछन ।
तर, वडा दशैंको अवसरमा स्थानियवासीले धुमधामका साथ पुजा आयोजन गर्दै आएका हुन्छन् ।

अन्य देवी
त्यस्तै रामानन्द चौक स्थित नेपाल अपांग संघमा मनाकामना माता हुन । माता सात्विक रहेको बताईन्छ । उनलाई जिव वलि दीने चल्न छैन ।

मनोकामना माता मन्दिर
त्यस्तै कदमचौक स्थित सोनावती माता, बंशीचौकमा बौकी माता, जानकी मन्दिर देखी उत्तर अर्थात देवी चौकमा पल्टी माता, रामजानकी पेठिया भन्दा उत्तरमा तेतरी माता, जानकी मन्दिरको गौशाला (पुरानो ठाउँ) स्थित पल्टी माता, जनपा कार्यालय भित्र श्यामा काली माता जनकपुरधाम १२ कुवा स्थित राजदेवी माता र जनकपुरधाम १६ कपिलेश्वर स्थित राजदेवी माताको मन्दिर रहेको छ ।
उसैगरी जनकपुरधाम २३ विन्धी गाउँमा धमिनिया माई र जनकपुरधाम २३ बेला गाउँमा महरानी जी विराजमान रहेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

7 दिन पहिले

रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..

भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..

9 दिन पहिले

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

4 महीना पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

4 महीना पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

5 महीना पहिले