वडा दशैंसगै राजदेवीमाताको प्रत्यक्ष दर्शनबाट नारीहरु किन बंचित हुन्छिन?

कमल साह
जनकपुरधाम,कार्तिक २ गते । असुर अर्थात राक्षसलाई मार्नको लागि ब्रम्हा, विष्णु, महादेव लगायतका देवताहरुले आ–आफ्नो तेजस्वी शक्तिबाट महादेवी, महाकाली, महागौरी, चामुण्डा लगायतका नामबाट दुर्गा माताको उत्पति भएको धर्मग्रन्थमा उल्लेखित छ ।
तर, दुर्गापूजाको अवसरमा हामी महिला नै राजदेवी माताको दर्शन गर्न पाउँदैनौ । यो कस्तो विडम्बना रहेको अधिवक्ता रेखा झा ले बताउँछिन ।
ऐतिहासिक नगर जनकपुरधामको प्रतिक राममन्दिर र जानकी मन्दिरलाई मान्दै आएको हो । त्यसमा राम मन्दिर स्थित शक्तिस्वरुपा माता राजदेवीको वास स्थल रहेको छ ।
महिमा गरिमा तथा प्रभावशाली, दयालु तथा कृपालु माता हो भनि समाजमा राम्रो मान्यता रहेको छ । राजदेवी मातालाई सँधै पूजापाठ तथा दर्शन पूजनगर्दै आएको महिलालाई दुर्गापूजाको अवसरमा प्रत्यक्ष दर्शन गर्नबाट रोकिएको छ ।
महिलालाई प्रत्यक्ष दर्शन पुजन गर्नमा रोक उहिल्येदेखि लगाएको हो । उनिहरु दर्शन पुजन गर्न पाउने ठाउँमा झ्याल समेत बन्द गरिन्छ ।
त्यसबारेमा राममन्दिरका महंथ राम गिरी भन्छन– हामीले महिलालाई दर्शन गर्नबाट रोकेको छैन । यो प्रचलन कुन वेलादेखी चलेको हो कसैलाई थाह छैन । परम्परा तोडदा केहि भयो भने जिम्मेवारी कस्ले लिने हो ।
राम मन्दिरका मंहथ गिरीले अगाडी भन्नुभयो, ‘रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको हुनसक्छ ।
उनि अगाडी थप्छन, ‘राजदेवी माताको तान्त्रिक विधिबाट पूजा हुने भएकाले महिलालाई गहवर भित्रमा प्रतिमा छोएर पूजाआजा गर्नबाट रोक लगाइएको हो ।’
माता महिला रहेकी छिन र एक महिलाले अर्को महिलालाई दर्शनगर्न नपाउनु प्रति अवश्य सामन्ति प्रवृतिको उपज हो आरोप गृहणीहरु बताउँछिन ।
धर्मग्रन्थमा महिलालाई संरक्षक सृजनाकर्ता मान्दै आएको ठाउँमा कसरी बोक्सीहुन सक्छ विचार राख्दैे समाजमा कसैबाट बदला लिनु परेको हुन्छ भने बोक्सीको आरोप लगाई कुटपीट गर्नु सजिलो उपाय रहेको छ ।
श्रद्धा भक्ति तथा आस्था पुर्वक मान्दै आएको राजदेवी मातालाई बडादशै ताका दर्शन पूजनमा रोक लगाएको राम्रो होइन । तर, केही दुष्ट प्रवृतिको महिलाले मातालाई रिझाउन सफल भएमा अनिष्टकारी सिद्धहुने श्रृतिपुराणमा उल्लेख हुँदै आएको छ ।
महंथ गिरी अगाडी थप्नुहुन्छ, २०२० सालमा नरेशानन्द गिरी नामका महन्तले यहाँको बलिप्रथा रोक्नु भएको थियो। बलि नचढाउँदा उनलाई अनिष्ट भयो र पछि क्षमापूजा गरी बलि चढाइएको पनि जनश्रृति रहेको हो उहाँ बताउनु हुन्छ ।
अधिवक्ता झा भन्छिन–पहिलाका व्यक्तिहरु अज्ञानी र अशिक्षित रहेको थिए । स्वास्थ्य सम्बन्धी समाजमा चेतना थिएन । औषधी थिएन तथा स्वास्थ्यकर्मीको अभाव रहदै आएको हुनाले मान्छेको मृत्यु निकै हुने गरेको थियो । त्यसवेला कुनै व्यक्तिको मृत्यु हुँदा फलानो ठाउँको देवी लाग्न गएको वा चिलानो महिला बोक्सी छिन ।
उनले नै मारिदिएको हो भनि आरोप लगाउँदै आएको थियो । र समाजले पनि मान्यता दिंदै आएका थिए । तर, आजकाल विज्ञानले सावित गरिदिए छ कि त्यो रोगबाट लाग्न गरेको हुन्छ । उनले हामी राजदेवी मातालाई हेर्न तथा दर्शन गर्न पाउनु पर्छ भनेर अधिकार मांग्दै छिन ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाममा अब बाह्य चक्रपथ निर्माण हुने
कमल साह जनकपुरधाम, फाल्गुन २१ गते । जनकपुरधाममा अब बाह्य चक्रपथ निर्माण हुने भएको छ । जनकपुरधाम उपमहानगरपालिका व..
6 दिन पहिले
बिन्धीका भूमिपुत्र(मुसहर) हरुलाई दुई–दुई कठ्ठा सरकारले ..
कमल साहजनकपुरधाम,फागुन २१ गते । जनकपुरधाम उपमहानगरपालिका वार्ड नं. २३ का वडाध्यक्ष राघवेन्द्र साह ले वेला बखतमा ..
6 दिन पहिले
‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’
सुरक्षा भट्टराईकाठमाण्डौ, फाल्गुन १७ गते । व्यापारिक रूपमा सफलताका साथ चलिरहेको चलचित्र ‘लाज शरणम्’ को मर्मस..
10 दिन पहिले
जनकपुरधाममा चौथो अन्तर स्कुल क्रिकेट प्रतियोगितामा खेल..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फाल्गुन १७ गते । जनकपुरधाममा शनिवार चौथो अन्तर स्कुल क्रिकेट प्रतियोगिता सुर..
10 दिन पहिले
राष्ट्रिय मुक्ति पार्टीद्वारा कोणसभा र मुकुम्लुङ आन्दो..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फाल्गुन १७ गते । राष्ट्रिय मुक्ति पार्टी, मधेस प्रदेश द्वारा मुकुम्लुङमा भइर..
10 दिन पहिले
संवाददाता

