अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन जनकपुरमा हुँदै,

कमल साह
जनकपुरधाम,कार्तिक १५ गते । देवभूमि जनकपुरधाममा यही कार्तिक २२ गतेदेखि तीन दिने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने लागेको छ ।
जानकी मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा सो अन्तारष्ट्रिय सम्मेलनमा विश्वका २५ राष्ट्रबाट झण्डै ७ सय आयुर्वेद विज्ञ तथा चिकित्सकहरूको सहभागिता हुने आयोजक संस्थाका संयोजक डा.राकेश सिंह ले जानकारी गराउनु भयो ।
जनकपुरधामको ऐतिहासिक स्थल तिरहुतियागाछी स्थित महेन्द्रनारायण निधि मिथिला संस्कृतिक केन्द्रमा आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने संयोजक डा. राकेश कुमार सिंहले अगाडी भन्नुभयो ।
ब्रह्म भूमि रिसर्च सेन्टर नेपाल, नेपाल आरोग्य सङ्गठन र ब्रह्म भूमि आयुर्विज्ञान अनुसन्धान संस्थानको आयोजनामा हुने सम्मेलनमा अमेरिका, रुस, जापान, रसिया, युक्रेन, इजरायल, भारत, भूटान, बङ्गलादेश, श्रीलङ्का, अस्ट्रेलिया, जर्मनी सहितका अधिकांश यूरोपेली राष्ट्रहरूको सहभागिता रहने आयोजक एवं सम्मेलनका संयोजक डा. सिंहले जानकारी गराउनुभयो ।
कार्यक्रममा आयुर्वेदको वर्तमान अवस्था, भावी रणनीति, नेपालको जडीबुटी, वन, खनिज तथा वन्यजन्तु सहितका विषयमा छलफलका साथै सम्भाव्यताका विषयमा बृहत् छलफल र परामर्श हुने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताउनुभयो । त्यस अवसरमा नेपालमा आयुर्वेदको क्षेत्रमा लगानीबारे पनि छलफल हुनेछ ।
सम्मेलनले जनकपुरधामको धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा ठूलो मद्दत पुग्ने विश्वास रहेको दासले बताउनुभयो ।
मनराशिस्वा नगरपालिकाका मेयर मोहन पाण्डेय ले जनकपुरधाम उपमहानगरपालिकामा डा. राकेश कुमार सिंह को सक्रियता हुन लागेको अन्तर्राष्ट्रि आयुर्वेद सम्मेदनमा एक से एक आयुर्वेदाचार्यहरुको जमघट हुनलागेको हाम्रो लागि सौभाग्य हो बताउँदै यस सम्मेलनले आयुर्वेद के हो,अष्टांग आयुर्वेद,विश्वका लागि चालेन्ज बन्दै गएका मधुमेह,थाईराईड,क्यान्सर बारेमा चर्चा हुने र त्यस रोगको निदानको बारेमा समेत बहस हुने जनाउनु भयो ।
अन्तराष्ट्रिय आयुर्वेद सम्मेलनका संयोजक डा. सिंहका अनुसार सो सम्मेलनमा महिलामा हुने बाँझपन, वाललगायतका रोगहरुको बारेमा बहस हुने जनाउनु भयो ।
कमेन्ट गर्नुहोस्

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..
रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..
19 दिन पहिले
पत्रकार रजकको हत्या विरोधमा रैली
कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..
22 दिन पहिले
हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी
कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..
22 दिन पहिले
सेतो अण्डा ९६ क्यारेट नष्ट
मिथिला जागरण समाचारदाताजनकपुरधाम, चैत्र १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्र..
24 दिन पहिले
कानु समाज नेपालको जनकपुर नगर कमिटी र युवा मंच गठन
कमल साहजनकपुरधाम,चैत्र १५ गते । कानु समाज नेपाल धनुषा जिल्ला कार्यसमितिको सक्रियतामा जनकपुरधाम उपमहानगर पालिका..
24 दिन पहिले
संवाददाता
संवाददाता

