हरिवन नगरस्तरीय हाजिरी जवाफ प्रतियोगतिा सम्पन्न, महादेव जनता मावि पहिलो
सन्जु कर्ण, सर्लाही,
हरिवन, मंसिर १६ गते । हरिवनस्थित महादेव जनता नमूना माध्यमिक विद्यालय नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा पहिलो भएको छ ।
सोही विद्यालयमा भएको अन्तर माध्यमिक विद्यालय नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा अन्य ९ ओटा विद्यालयलाई उछिन्दै हरिवन ८ पुरानो बजारमा रहेको महादेव जनता नमुना मावि प्रथम भएको हो ।
प्रतियोगितामा हरिवनकै एम्बिसन एकेडेमी दोस्रो, सनराइज आवासीय माध्यमिक विद्यालय तेस्रो र अर्किड माध्यमिक विद्यालय चौथो भएको शिक्षा शाखा हरिवनले जनाएको छ ।
विजेता विद्यालयहरुले शिल्ड र सहभागी विद्यार्थीहरुले विभिन्न पुरस्कारसहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा सहभागी हुने विद्यालय र विद्यार्थीलाई पनि प्रमाण पत्र वितरण गरिएको आयोजक शिक्षा शाखा हरिवनले जानकारी दिएको छ ।

हाजिरी जवाफ प्रतियोगितामा कक्षा १० सम्मका सबै विषयहरुबाट र समसायिक विषयहरु समेत समेटेर प्रश्न तयार गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रुस स्टालिन चौलागाईंले बताए ।
प्रतियोगिता ९ ओटा राउण्डमा सम्पन्न गरिएको थियो । प्रतियोगितामा ९० ओटा प्रश्न सोधिएको शिक्षा शाखा प्रमुख चौलागाईंले बताए । जसको अंक भार १÷१ कायम गरिएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा वडा नम्बर ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाले विद्यालयहरुमा गरिने हाजिरी जवाफ लगायतका कार्यक्रमहरूबाट विद्यार्थीहरूले आफू भित्र रहेको प्रतिभालाई पहिचान गर्न सक्ने बताए ।
उनले प्रतियोगिताले विद्यार्थीलाई निजामती क्षेत्रमा प्रवेश गर्न सहज बनाउने बताए । उनले हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभाको पहिचान गर्ने र उनीहरुको प्रतिभालाई उजागर गर्ने समेत बताए ।
हाजिरी जवाफ प्रतियोगितामा हरिवन नगरभित्रका सामुदायिक तथा नीजि गरी १० ओटा माध्यमिक विद्यालयहरुले सहभागीता रहेको थियो ।
नगर शिक्षा अधिकृत रुस स्टालिन चौलागाईंको अध्यक्षतामा तथा सामाजिक विकास समितीका हरिवन नगरका संयोजक प्रज्वल ढुंगानाको आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सहायक प्रधानाध्यापक गिरिराज रानाले सञ्चालन गरेका थिए ।
कमेन्ट गर्नुहोस्
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
1 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
14 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
16 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
2 महीना पहिले
संवाददाता
