+977 9854027065 | akulpdsah@gmail.com

हरिवन नगरस्तरीय हाजिरी जवाफ प्रतियोगतिा सम्पन्न, महादेव जनता मावि पहिलो

8 महीना पहिले प्रकाशित

Akul Prasad Sah

639 Views

सन्जु कर्ण, सर्लाही,
हरिवन, मंसिर १६ गते । हरिवनस्थित महादेव जनता नमूना माध्यमिक विद्यालय नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा पहिलो भएको छ ।
सोही विद्यालयमा भएको अन्तर माध्यमिक विद्यालय नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा अन्य ९ ओटा विद्यालयलाई उछिन्दै हरिवन ८ पुरानो बजारमा रहेको महादेव जनता नमुना मावि प्रथम भएको हो ।
प्रतियोगितामा हरिवनकै एम्बिसन एकेडेमी दोस्रो, सनराइज आवासीय माध्यमिक विद्यालय तेस्रो र अर्किड माध्यमिक विद्यालय चौथो भएको शिक्षा शाखा हरिवनले जनाएको छ ।
विजेता विद्यालयहरुले शिल्ड र सहभागी विद्यार्थीहरुले विभिन्न पुरस्कारसहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा सहभागी हुने विद्यालय र विद्यार्थीलाई पनि प्रमाण पत्र वितरण गरिएको आयोजक शिक्षा शाखा हरिवनले जानकारी दिएको छ ।


हाजिरी जवाफ प्रतियोगितामा कक्षा १० सम्मका सबै विषयहरुबाट र समसायिक विषयहरु समेत समेटेर प्रश्न तयार गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रुस स्टालिन चौलागाईंले बताए ।
प्रतियोगिता ९ ओटा राउण्डमा सम्पन्न गरिएको थियो । प्रतियोगितामा ९० ओटा प्रश्न सोधिएको शिक्षा शाखा प्रमुख चौलागाईंले बताए । जसको अंक भार १÷१ कायम गरिएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा वडा नम्बर ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाले विद्यालयहरुमा गरिने हाजिरी जवाफ लगायतका कार्यक्रमहरूबाट विद्यार्थीहरूले आफू भित्र रहेको प्रतिभालाई पहिचान गर्न सक्ने बताए ।
उनले प्रतियोगिताले विद्यार्थीलाई निजामती क्षेत्रमा प्रवेश गर्न सहज बनाउने बताए । उनले हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभाको पहिचान गर्ने र उनीहरुको प्रतिभालाई उजागर गर्ने समेत बताए ।
हाजिरी जवाफ प्रतियोगितामा हरिवन नगरभित्रका सामुदायिक तथा नीजि गरी १० ओटा माध्यमिक विद्यालयहरुले सहभागीता रहेको थियो ।
नगर शिक्षा अधिकृत रुस स्टालिन चौलागाईंको अध्यक्षतामा तथा सामाजिक विकास समितीका हरिवन नगरका संयोजक प्रज्वल ढुंगानाको आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सहायक प्रधानाध्यापक गिरिराज रानाले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मधेश प्रदेशको राजधानी जनकपुरधाममा पासोलागी एक महिलाको ..

धिरेश दत्त, जनकपुरधाम, साउन ९ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक महिलाको मृत्यु भएको छ ।जनकपुरधामको वार्..

3 दिन पहिले

गीतकार अशोक दत्तलाई कर्मयोगी लखनराम सेवा सम्मान

कमल साह जनकपुरधाम,श्रावण ९ गते । साहित्यकार एवं पत्रकार अशोक दत्तलाई कर्मयोगी लखनराम सेवा सम्मान पुरस्कार पाउने ..

3 दिन पहिले

बाल कविता ः अनमोल ज्ञान

लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा नगर भुल बाबु नगएर स्कुल ।पाउदैनौ ज्ञान तिमी कहिले बिल्कुल ।।अन्य क..

30 दिन पहिले

कपिलवस्तुमा चट्याङ लागेर २ जनाको मृत्यु

प्रिंन्स मिश्रा, कपिलवस्तुकपिलवस्तु, असार १२ गते ।कपिलवस्तुमा आज बिहान चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। खेतमा..

1 महीना पहिले

जसपाको महाअधिवेशन चौथो दिनमा पनि अधुरै कार्यसमिति अब चय..

कमल साहजनकपुरधाम,जेष्ठ ३२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको तीन दिने एकता महाअधिवेशन चौथो दिनसम्ममा अधुर..

1 महीना पहिले