विवाह पंचमी महोत्सवमा ७२ क्वीन्टल अनाज निर्मित श्री सितारामको प्रतिमा प्रदर्शन हुने प्रतिमा निर्माणमा २१ लाख २३ हजारको अनाज लाग्ने

कमल साह
जनकपुरधाम, मंसिर २० गते । श्री राम जानकी विवाह पञ्चमी महोत्सवको अवसरमा अनाजबाट निर्माण भएको ११ हजार वर्गफिटको श्री सितारामको प्रतिमा प्रदर्शन हुनेछ ।
यो भन्दा पहिले अबध अर्थात अयोध्यामा ९ हजार वर्गफिटको अनाजबाट निर्मित प्रतिमा प्रदर्शन भएको थियो । जो गिनिज बुक अर्फ वल्र्डमा दर्ज भएको थियो । जुन रेकर्डलाई मिथिलामा निर्माण हुन लागेको रामजानकी प्रतिमाले तोडदै विश्वि किर्तिमान कायम गर्न लागेको छ । सो प्रतिमा निर्माण समितिका संयोजक जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठलाई बनाइएको छ । र सल्लाहकारमा जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज कुमार साह रहेका छन् ।
अनाजबाट निर्माण हुने प्रतिमाले ३ कठ्ठा जमिन ओग्टने भएको ले ऐतिहासिक स्थल बाह्रबिघ्घा रंगभुमि मैदान बनाउन लागिएको छ । सो प्रतिमा रंगभुमि मैदानको उत्तरी पुर्वी कुणामा बनाईदै छ । प्रतिमा बनाईने स्थलमा आज छ ईन्च माटो भरेर समतल बनाई को छ । त्यस जमिनमा कार्पेट ओछयाएर प्रतिमा बनाइने छ । उक्त प्रतिमा भारत मध्य प्रदेशका कलाकार सतिश गुर्जर जनकपुरधाम आइपुगेको बताइएको छ ।
कुल ७२ क्वीन्टल अनाजबाट २१ लाख २३ हजारको लगानीमा बन्न लागेको प्रतिमा गिनिज बुक अफ वल्र्ड रेर्कडमा दर्ज हुने जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष एवं प्रतिमा निर्माण समितिका संयोजक जितेन्द्र महासेठ ले बताउनु भयो । यसअघि कलाकार गुजरले नै ले भारत उत्तर प्रदेशको अयोध्यामा ९ हजार वर्गफिटको प्रतिमा अनाजबाट बनाएर रेकर्ड बनाएको थियो । उहाँले आफै बनाएको रेर्कडलाई पहिलेको मिथिलांचल राज्यका राजधानी जनकपुरधाममा प्रतिमा बनाएर अर्को रेकर्ड बनाउन लागेका छन ।
संयोजक महासेठले कलाकारहरुले मेहनत खर्च नलिने र निःशुल्क प्रतिमा बनाउन लागेको जानकारी गराउनु भयो । उहाँले अनाजमा आवयश्क पर्ने २५ क्वीन्टल चामल जानकी मन्दिर, १८ क्वीन्टल कालो उरिदको दाल जनकपुर चिकित्सक एशोसिएसन, निजि अस्पताल सञ्चालक संघ धनुषाका अध्यक्ष डा. एसके सिंह सहितका संघ संस्था र व्यक्तिहरुले व्यवस्थापनको जिम्मा लिएको बताउनु भयो ।
जनकपुरधाम उद्योग बाणिज्य संघमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बिश्व हिन्दु परिषदका धनुषा अध्यक्ष सन्तोष कुमार साह र संयोजक महासेठको नाममा संयुक्त खाता खोलेर आर्थिक संकलन भईरहेको छ । र कार्यक्रम सम्पन्न भएपछि यस्तै प्रकारबाट खर्च विवरण सार्वजानिक हुने व्यवस्थापन मिलाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले बताउनु भयो ।
अगामी पुस १ गते विवाह पञ्चमी परेको छ । जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी कार्यक्रम अन्य वर्ष झै मनाइनेछ । रंगभूमि मैदानमा अन्नबाट ११ हजार वर्गफिटको राम–जानकीको प्रतिमा बनाउने निर्णयप्रति सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो ।
मेयर साह भन्नुहुन्छ,‘ देशमा भोकमरी रहेको अवस्था मूर्ति बनाउने नाममा खेर फाल्नु कार्य गलत रहेको भनी व्यापक विरोध हुदै आएकोमा हो । त्यसमा ९० प्रतिशत अनाज पुनः काम लाग्ने र १० प्रतिशतलाई पिसाएर गौशालामा गाईबस्तुलाई खुवाइने छ ।’
कमेन्ट गर्नुहोस्

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..
रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..
18 दिन पहिले
पत्रकार रजकको हत्या विरोधमा रैली
कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..
21 दिन पहिले
हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी
कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..
21 दिन पहिले
सेतो अण्डा ९६ क्यारेट नष्ट
मिथिला जागरण समाचारदाताजनकपुरधाम, चैत्र १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्र..
23 दिन पहिले
कानु समाज नेपालको जनकपुर नगर कमिटी र युवा मंच गठन
कमल साहजनकपुरधाम,चैत्र १५ गते । कानु समाज नेपाल धनुषा जिल्ला कार्यसमितिको सक्रियतामा जनकपुरधाम उपमहानगर पालिका..
23 दिन पहिले
संवाददाता
संवाददाता

