+977 9854027065 | akulpdsah@gmail.com

बरिस्ठ पत्रकार राजेश्वर नेपालीको स्मृतिमा आयोजित चौथ दिनको क्रिकेट खेलमा बेला टिम बिजय

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

984 Views

कमल साह
जनकपुरधाम, मंसिर २३ गते । नेपाली पत्रकारिताका भीष्म पितामह प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्मृतिमा जनकपुरधाम उप महानगरपालिका वडा नंं २३ बेलामा महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताको चौथो दिनको खेलमा धनुषाको बेला क्रिकेट टिम १ विकेटले जीत हासिल गरेको छ ।
शनिवार धनुषाको बेला र जनकपुरधाम ८ बलवा क्रिकेट टिमबीच भएको खेलमा बेला क्रिकेट टिमले दिएको १५१ रनको लक्षयलाई पछ्याउँदै बलवा क्रिकेट टिमले १४२ रन बनाएर अल आउट भई सबै विकेट गुमाएर पराजित भएको थियो ।
टस जितेर पहिलो इनिङमा ब्याटिङ गरेको बेला क्रिकेट टिमले खेलेको आक्रामक खेल दर्शकहरुका लागि आकर्षण बनेको थियो ।
उक्त खेलमा म्यान अफ दी म्याच बेला क्रिकेट टिमका जगदीश मुखियालाई घोषित गरिएको थियो ।
आजै धनुषाको कनकपट्टी र प्रको महुवा बीच भएको खेलको पहिलो इनिङमा टस जितेर ब्याटिङ गरेको कनकपट्टी क्रिकेट टिमले १०५ रन बनाएर अल आउट भएको थियो ।
दोश्रो इनिङमा प्रको महुवा क्रिकेट टिमले मात्र ६३ रन बनाएर अल आउट भएपछि कनकपट्टी क्रिकेट टिम ४२ रनले जीत हासिल गरेको थियो ।
दोश्रो खेलको म्यान अफ दी म्याच कनकपट्टी क्रिकेट टिमका सञ्जीवलाई घोषित गरिएको थियो ।
दूधमती युवा क्लब वडा नंं २३ वेला जनकपुरधामको आयोजनामा जारी भएको प्रतियोगितामा धनुषा तथा महोत्तरी जिल्लाका गरी १६ टिमको सहभागिता रहेको छ । १३ दिनसम्म चल्ने प्रतियोगितामा विजय हासिल गर्नेका लागि प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ र दोश्रो पुरस्कार २५ हजार ५ सय ५५ रुपैया , प्रमाण पत्र र कप रहेको आयोजक जनकपुरधाम उप महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष राघबेन्द्र प्रसाद साहले बताउनुभयो ।
उहाँले महामना राजेश्वर नेपाली टी ट्वेन्टी क्रिकेट प्रतियोगितालाई आगामी वर्षहरूमा निरन्तरता दिने र उक्त खेल जनकपुरधामको बेला लादो अवस्थित १४ बिघा जग्गा रहेको राजेश्वर नेपाली खेलकूद मैदानमा आयोजना गरिने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

5 महीना पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका कà..

6 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहेà¤..

7 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञà..

7 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

8 महीना पहिले