+977 9854027065 | akulpdsah@gmail.com

हिमाली इंग्लिस बोर्डिङ स्कूलले तीनदिने कार्यक्रमगरि ३१ औं स्थापना दिवस मनाइयो

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

603 Views

कमल साह
जनकपुरधाम,पुस २५ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा संचालित हिमाली इंग्लिस बोर्डिङ स्कूलले तीनदिने कार्यक्रमगरि ३१ औं स्थापना दिवस मनाइयो ।
पुस १७ गते रक्तदान कार्यक्रमबाट आरम्भ भएको हिमाली इंग्लिस बोर्डिंग स्कूलकोे ँवार्षिकोत्सव पुस १९ गते सांस्कृतिक कार्यक्रम गरेर सम्पन्न भयो ।
सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथी प्राध्यापक मुक्ति साह ले स्थापना दिवस अवसरमा केक काट्नु भयो । उहाँले हिमाली बोर्डिंग ईंगलिश स्कूलको स्थापना दिवस कार्यक्रमबाट समाजलाई पनि शिख मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो विद्यालयले विद्यार्थीलाई उर्जा प्रदनको लागि आयोजना गरेको सांस्कृतिक कार्यक्रम पनि उत्तम रहेको थप्नुभयो ।
सो कार्यक्रमका विशिष्ट अतिथी जनकपुरधाम उपमनापा २३ का वडा अध्यक्ष तथा रविन्द्र मेमोरियल फाउण्डेशनका अध्यक्ष राघवेन्द्र साह ले विद्यार्थीमा अतिरिक्त ज्ञान एवं कला आवश्यकता रहेको बताउँदै यस्ताखाले कार्यक्रम अगामी दिनहरुमा पनि आयोजना हुँदै रहोस् भनि कामना गर्नुभयो ।


त्यस्तै बरिष्ठ पत्रकार कमल साह ले विहिवार आयोजना भएको विज्ञान प्रदर्शनीको कार्यक्रममा यस प्रकारका प्रदर्शनीहरुबाट विद्यार्थीलाई प्रस्फुटनमा मद्दत मिल्ने विश्वास व्यक्त गर्नुृभयो ।
विद्यालयका संस्थापक तथा प्रधानध्यापक रमेश साह को अध्यक्षतामा आयोजित सांस्कृतिक कार्यक्रममा रविन्द्र मेमोरियलका मेडिकल सुप्रिडेण्ट डा.शम्भु साह, जनकपुरधाम उमनपाका वडा ध्यक्ष दिपेन्द्र साह र सांस्कृतिक कार्यक्रमका संयोजक तथा प्रशिक्षक लगायतलाई दोसाला ओढाएर सम्मान गरियो ।
सो समारोहका लागि भारत सितामढी,मधुवनी र पंजाबबाट एक–एक जना प्रशिक्षक आउनु भएको थियो ।
त्यस समारोहमा विद्यालयका शिक्षक शिक्षिकासमेतलाई सम्मान गरियो । विज्ञान प्रदर्शनीमा सहभागी भएका विद्यार्थीलाई र सो कार्यक्रममा प्रथम,दितिय तथा तृतिय हुने विद्यार्थीलाई समेत प्रमाण पत्र प्रदान गरियो ।


सांस्कृतिक कार्यक्रमको उद्घोषण हिमाली बो.ई.स्कूलका सहायक प्रधानध्यापक रुपेश कुमार आलेले गर्नुभयो ।
गणेश बन्दनाबाट आरम्ध भएको सांकृतिक कार्यक्रममा शहरलाई सफा राख्न फोहर जथाभावी नफाल्न, आक्सिजनमा कमि नल्याउनको लागि जथाभावी रुख नकाट्न सन्देश मुलक सामुहिक नृत्य समेत प्रदर्शन गरियो ।
त्यस्तै युवाहरुमा बढदै गएको लागु पदार्श सेवनबाट आफ्नो भविष्य खराब नगरौं लगायतका संदेश समेत सो सांस्कृतिक कार्यक्रममा छात्रछात्राहरुले प्रस्तुत गर्नुभयो । सो सांस्कृतिक कार्यक्रममा युकेजी देखि कक्षा १० सम्मका विद्यार्थी भाग लिएका हुन ।
त्यस्तै सोमबार आयोजित विज्ञान प्रदर्शनीमा पत्रकार कमल साह, डा. शम्भु साह, पत्रकार एवं वडाध्यक्ष राघवेन्द्र साह,प्राध्यापक सुरेश साह लगायतका वक्ताहरुले शुभकामना राख्दै विचार समेत व्यक्त गर्नुभयो ।


प्राधानाध्यापक रमेश साह को अध्यक्षतामा अयोजित समारोहको प्रमुख आतिथ्य जिल्ला शिक्षा समन्वय समिति प्रमुख युक्त प्रसाद शर्मा ले गर्नु भएको थियो । त्यस्तै विशिष्ट अतिथी प्रध्यापक दिनेशचन्द्र गुप्ता ले गर्नुभएको थियो ।
हिमाली ई.बो. स्कूलको वार्षिकोत्सव अवसरमा बुधबार विद्यालयको हातामै रक्तदान कार्यक्रम आयोजन गरिएको थियो । रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गर्नुभएको समाचार प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

2 महीना पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

2 महीना पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

2 महीना पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

2 महीना पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

2 महीना पहिले