+977 9854027065 | akulpdsah@gmail.com

नारायणी रंगशालाको पुनर्निर्माणमा गर्न सांसद यादवको माग, खेलकुदमन्त्रीको ध्यानाकर्षण

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

592 Views

रंजित चौरसिया, वीरगंज,
काठमाडौं, १ चैत । जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदिप यादवले वीरगंजको नारायणी रंगशाला पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले मन्त्रिमण्डल पुनर्गठन भएर नयाँ अर्थमन्त्री र युवा खेलकुद मन्त्री आएको भन्दै मधेश प्रदेशको गौरवको रुपमा रहेको ऐतिहासिक नारायणी रंगशाला पुनर्निर्माण अगाडि बढाउन माग गरेका हुन् ।
दुई अर्ब ६४ करोडको लागतमा पुनर्निमाण गर्ने भनेर चार वर्ष अगाडि डिपीआर बनेको र दुई वर्षसम्म आंशिक रुपमा काम भए पनि बजेट अभावले रोकिएको उल्लेख गर्दै यादवले बाँकी काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए ।
‘केही वर्षअगाडि राष्टिय खेलकुद परिषद्ले डिपिआर बनाएको थियो, त्यो डिपिआर दुई अर्ब ६४ करोडको लागतमा पुनर्निमाण हुन्छ भनेर सरकारलाई जानकारी गराएको थियो । सरकारले सात करोड रुपैयाँ विनियोजन गरेको थियो । टेण्डर पनि आह्वान गर्यो, तर हात्तीको मुखमा जिरा । चारवर्ष अगाडि सात करोड रुपैयाँ गएको, दुई वर्ष आंशिक निर्माण भएको र त्यसपछि बाँकी निर्माण अलपत्र परेको छ,’ उनले भने ।
काठमाडौंको दशरथ रंगशालासँगै स्थापना भएको नारायणी रंगशाला पुनर्निर्माणको पर्खाइमा खण्डहर बन्दा खेलहरु हुन छाडेको उनको भनाइ थियो । ‘काठमाडौंको दशरथ रंगशालासँगै निर्माण भएको १८ विगा जग्गामा अवस्थित नारायणी रंगशालामा क्रिकेट र फुटबललगायत खेल हुन्छ । तर, अहिले खण्डहर बनेको कारणले खेलहरु सुकेको छ । क्रिकेट हुन्छ तर, फुटबल खेल हुँदैन,’ उनले भने ।
यादवले रंगशालाको पुनर्निमाण गरेर क्षेत्रीय स्तरको बनाउन माग गरे । ‘अरु रंगशालामा सरकारको ध्यान छ । तर वीरगंजमा ध्यान पुग्न सकेको छैन । अब पुनर्गठित मन्त्रिमण्डलमा नयाँ अर्थमन्त्री र युवा खेलकुदमन्त्री आउनुभएको छ । रंगशालाका लागि खेलकुदमन्त्रीले बजेट माग गर्ने र अर्थमन्त्रीले यसै वर्ष २ अर्ब निकासा गर्ने विश्वास छ,’ उनले भने ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै जसपा प्रमुख सचेतक प्रदिप यादव मधेश प्रदेशको गौरवको रुपमा रहेको नारायणी रंगशाला खण्डहर बनेको छ, कोमामा गएको छ, रंगशाला पुनर्निर्माणको पर्खाइमा छ । नयाँ सरकारले निर्माण गर्छ भन्ने विश्वास लिएको छु ।
काठमाडौंको दशरथ रंगशालासँगै निर्माण भएको १८ विगा जग्गामा अवस्थित नारायणी रंगशालामा क्रिकेट र फुटबललगायत खेल हुन्छ । तर, अहिले खण्डहर बनेको कारणले खेलहरु सुकेको छ । क्रिकेट हुन्छ तर, फुटबल खेल हुँदैन ।
केही वर्षअगाडि राष्टिय खेलकुद परिषद्ले डिपिआर बनाएको थियो, त्यो डिपिआर दुई अर्ब ६४ करोडको लागतमा पुनर्निमाण हुन्छ भनेर सरकारलाई जानकारी गराएको थियो । सरकारले सात करोड रुपैयाँ विनियोजन गरेको थियो । टेण्डर पनि आह्वान गर्यो, तर हात्तीको मुखमा जिरा । चारवर्ष अगाडि सात करोड रुपैयाँ गएको, दुई वर्ष आंशिक निर्माण भएको र त्यसपछि बाँकी निर्माण अलपत्र परेको छ ।
मधेश प्रदेशमा ठूलो रंगशाला आवश्यक रहेको र वीरगंजमा पर्ने नारायणी रंगशालाको पुनर्निमाण गरेर राष्टिय स्तरको बनाउनुपर्छ । अरु रंगशालामा सरकारको ध्यान छ । तर वीरगंजमा ध्यान पुग्न सकेको छैन । अब पुनर्गठित मन्त्रिमण्डलमा नयाँ अर्थमन्त्री र युवा खेलकुदमन्त्री आउनुभएको छ । रंगशालाका लागि खेलकुदमन्त्रीले बजेट माग गर्ने र अर्थमन्त्रीले यसै वर्ष २ अर्ब निकासा गर्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..

रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..

17 दिन पहिले

पत्रकार रजकको हत्या विरोधमा रैली

कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..

20 दिन पहिले

हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी

कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..

20 दिन पहिले

सेतो अण्डा ९६ क्यारेट नष्ट

मिथिला जागरण समाचारदाताजनकपुरधाम, चैत्र १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्र..

22 दिन पहिले

कानु समाज नेपालको जनकपुर नगर कमिटी र युवा मंच गठन

कमल साहजनकपुरधाम,चैत्र १५ गते । कानु समाज नेपाल धनुषा जिल्ला कार्यसमितिको सक्रियतामा जनकपुरधाम उपमहानगर पालिका..

22 दिन पहिले