जानकी मन्दिरको जगमोहनमा रेलिंग लगाउँदा सर्वत्र विरोध
कमल साह
जनकपुरधाम,वैशाख २४ गते । देव भुमि जनकपुरधामको मुटु जानकी मन्दिर स्थित जगमोहनमा रेलिंग लगाउँदा सर्वत्र विरोध भईरहेको छ ।
हिन्दु दर्शन अनुसार सम्पूर्ण सनातनीको लागि जनकपुरधाम एक दर्शनिय स्थल हो । तस्र्थ श्री जानकी महारानीलाई दर्शन पूजन गर्न आउने दर्शनार्थीहरुको अचेल घुईंचो लाग्न थालेका छन । तिर्थालुलाई पाकेटमारबाट जोगाउनको लागि रेलिंग लगाएको मन्दिरका उच्चधिकारीहरु बताउँछन ।
तर,जानकी मन्दिरमा सुरक्षा निकायको ड्युटी बढाउनु, सिसी क्यामराको निगरानीमा राख्नुको सट्टा त्यहाँ महिला र पुरुषको लागि दुई वटा रेलिंग लगाएको भन्दै सर्वत्र बिरोध भईरहेकोछ ।
जगमोहनमा लगाईएको दुईटा रेलिंगको विरुद्धमा दर्शनाथीहरु भन्छन, ‘यो रेलिंग बिना बुद्धि बिबेक तथा सोंच समझ भएको मान्छेले लगाएको भन्दै खरो रुपमा प्रतिक्रिया व्यक्त गर्दैछन ।’
गर्भ गृहमा श्रीजानकी महारानी समेत श्रीरामदरबार को एक महारथी श्रीबजरंगवली जगमोहनमा एकापट्टी बिराजमान रहनु भएको छ । त्यस्तै अर्का पट्टी संतहरु बिराजमान रहेका छन।
श्रीरामजानकी को दर्शन पश्चात् श्रीहनुमान जी को दर्शन पुजन र अन्तमा साधु संतको दर्शनगर्ने चलन रहेको छ । तर, रेलिंग लागेपछि श्रद्धालु भक्तजनको दर्शन अधुरो बन्दै आएको उनिहरु बताउँछन ।
श्री जानकी दरबारमा दर्शन पुजन गर्न पुग्ने स्वदेशी या विदेशी पर्यटकदेखि स्थानिय धर्मभिरुहरु समग्रमा रामजानकी दर्शनबाट बंचित हुँदै आएको तर्क उनिहरु राख्दछन ।
पुरुष दर्शनार्थीहरु भन्छन,‘ दर्शन गर्न जानकी मन्दिर पुग्दा श्री रामजानकीसमेत चारवटै दुलहा र चारैवटी दुलहीको दर्शन हुन्छ । तर, हुनमान जी को दर्शन गर्नमा रोक लगाउनु राम्रो कुरा होइनन् ।’
यसैगरी महिला श्रद्धालुहरु भन्छिन, जानकी मन्दिरको श्रीरामजानकी दर्शन राम्रै तरिकाबाट भयो बताउँदै थप्छन हामी त साधु संतको दर्शन पुजन गर्नबाट बंचित हुँदै आएका हौं ।
जेष्ठको पहिलो सात्तामा हुने जानकी नवमीमा मन्दिर ले कसरी जानकी बधाई ज्ञान कार्यक्रम आयोजान हुन्छ एक जना दर्शनार्थीले प्रश्न हुन्छ ।
त्यस्तै अर्का एकजना दर्शनार्थीले श्रावण शुक्ल पक्षमा कसरी जगमोहनमा १५ दिनसम्म झुला आयोजना गर्ने हुन बिचार राख्नु हुन्छ ।
उत्ता, त्यस सम्बन्धमा जानकी मन्दिरका मानमहंथ रामतपेश्वर दास वैष्णव संग जिज्ञासा राख्न खोज्दा उहाँ दुधमती भ्रमणमा जानु भएको खबर एक साधु कर्मचारी ले बताउनु भयो ।त्यस्तै जानकी मन्दिरका छोटे महंथ रोशन दास संग बिचार बुझन जाँदा उहाँ कुनै अर्कै कार्यमा व्यस्त रहनु भएको जानकारी प्राप्त भयो ।
दर्शनार्थीहरुले भारतको प्रख्यात तिरुपति बालाजीदेखि काशी विश्वनाथ मन्दिरसम्मको उदाहरण दिनुहुन्छ । काशि विश्वनाथ बाबामा जलापर्ण गर्न जाँदा श्रद्धालु भक्तजनलाई दुई लाईन लगाएको हुन्छ । तर, बाबा विश्वनाथ समक्ष पुग्नु भन्दा अघि एउटै लाईन बनाएको हुन्छ ।
तर, जानकी मन्दिरामा सुरक्षा निकायको गस्ती बढाउनु बद्लामा रेलिंग लगाउने कार्यले दर्शनार्थीहरुलाई कुण्ठित पार्ने कार्य भएको तर्क राख्दैछन ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
16 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
