जनकपुरधाममा शहीद कप अन्तर प्रदेश स्तरीय क्रिकेट
कमल साह
जनकपुरधाम,वैशाख २४ गते । मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा विहिवार देखि शहीद कप अन्तरप्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिता २०८१ शुरु भएको छ ।
शहीद कप क्रिकेट कमिटीको संयोजन तथा नेपाल क्रिकेट सङ्घको सहयोगमा यहाँ निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा प्रतियोगिता शुरु भएको छ ।
सो प्रतियोगिताको उद्घाटन गर्दै मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहले मधेश प्रदेश सरकारले शहीदहरुको सम्मानका लागि प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो ।
उहाँले क्रिकेट खेलको विकासका लागि जनकपुरधाममा शुरु भएको शहीद कपले ठूलो मद्दत पुग्ने बताउनु भयो ।
मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गर्नु भएका धनुषाका नितु यादव, दिलीप यादव तथा संजय चौधरीका परिवारलाई दोसल्ला ओढाएर मन्त्री साहले सम्मान गर्नु भयो ।
प्रतिनिधि सभाका सदस्य मनिष झाले जनकपुरधामको रामजानकी बहुउद्देश्यीय रंगशालाको निर्माणका लागि संघीय खेलकुद मन्त्रालयले आगामी वर्षमा बजेट विनियोजन गर्न लागेको बताउँदै शहीद कपका लागि बजेट खेलकुद परिषद्ले व्यवस्थापन गर्ने बताउनु भयो ।
सो प्रतियोगितामा आयोजक जनकपुरसहित आठ टिमको सहभागिता रहेको छ ।
प्रदेश सरकारले शहीदहरुको सम्मानका लागि चौथो पटक शुरु भएको शहीद कप वैशाख २० गते देखि शुरु भएको छ । र यो वैशाख २८ गतेसम्म चल्ने शहीद कप क्रिकेट कमिटीका अध्यक्ष रुपेश सिंहले बताउनु भयो ।
सो उदघाटन सत्रमा जनकपुरधाम उप महानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले रामजानकी रंगशालाको निर्माण संघ सरकारले नै गर्नुपर्ने बिचार राख्दै यसमा स्थानीय तथा प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो ।
शहीद कप क्रिकेट कमिटीका अध्यक्ष रुपेश सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा कमिटीका सल्लाहकार कृष्णा सिंह सहितका वक्ताहरूले शुभकामना मन्तव्य राख्नु भयोे ।
प्रतियोगितामा विजयी हुने टिमलाई २ लाख ११ हजार नगद, कप, मेडल, प्रमाणपत्र र उपविजेता टिमलाई १ लाख ११ हजार नगद, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।
उद्घाटन खेल कोशी तथा मधेश प्रदेशका बीचमा जारी रहेको छ ।
कमेन्ट गर्नुहोस्
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
8 दिन पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
18 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 महीना पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
संवाददाता
