नगरस्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न, महादेव जनता मावि प्रथम

सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ ११ गते ।सर्लाहीको हरिवन नगरपालिका वडा नं ८ मा अवस्थित महादेव जनता माध्यमिक विद्यालयको वार्षिक कार्यतालिका अनुसार आज पहिलो दिन शुक्रबार नगरस्तरिय अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
हरिवन नगरपालिकाका १२ विद्यालय सहभागी रहेको प्रतियोगितामा महादेव जनता माध्यमिक विद्यालय प्रथम भएको छ ।
प्रतियोगितामा सनराइज बोर्डिंग स्कुल दोस्रो भएको छ भने जनजागृती मावि बेताली तेस्रो हुन सफल भएको छ । एम्बिसन एकेडेमी नयाँरोड र राम अवतार मावी अत्रौली सान्त्वना स्थान हासिल गर्न सफल भएका छन ्।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक तथा विद्यालयका प्रधानाध्यापक गिरिराज रानाले बताए ।
विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष मोहन कुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा पुर्व विद्यार्थी समाजका उप संयोजक बिप्लब कार्कीले अतिरिक्त क्रियाकलापले विद्यार्थीको अन्तर्निहित क्षमताको विकास हुने र सकारात्मक जीवन जिउन सहज हुने प्रस्ट्याएका थिए ।
शिक्षक टीका भन्डारी र दुर्लभ भट्टराईले सञ्चालन गरेको कार्यक्रममा निर्णायकको भुमिकामा कोरियोग्राफर रेनु स्याङ्तान रहनु भएको थियो । अतिरिक्त क्रियाकलाप अन्तर्गत जेठ १८ गते शुक्रबार नगर स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिने विद्यालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..
रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..
10 दिन पहिले
पत्रकार रजकको हत्या विरोधमा रैली
कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..
13 दिन पहिले
हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी
कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..
13 दिन पहिले
सेतो अण्डा ९६ क्यारेट नष्ट
मिथिला जागरण समाचारदाताजनकपुरधाम, चैत्र १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्र..
15 दिन पहिले
कानु समाज नेपालको जनकपुर नगर कमिटी र युवा मंच गठन
कमल साहजनकपुरधाम,चैत्र १५ गते । कानु समाज नेपाल धनुषा जिल्ला कार्यसमितिको सक्रियतामा जनकपुरधाम उपमहानगर पालिका..
15 दिन पहिले
संवाददाता
संवाददाता

